All Posts By इटहरी खबर संवाददाता

    Showing १,४६१-१,४७० of ३,०८० items.
  • माछा मार्न गएका दुई युवक राप्ती नदीमा बेपत्ता

    चितवन । चितवनको मेघौलीका दुई जना राप्ती नदीले बगाएर बेपत्ता भएका छन् । शुक्रवार अपरान्ह तीन जना नदीमा माछा मार्न गएका थिए । उनीहरुमध्ये एक जना भेटिएका छन् । भरतपुर महानगरपालिका –२५ का ४३ वर्षीय सञ्जिव चौधरी, वडा नम्बर २७ का ४५ वर्षीय सुकबहादुर परियार र २८ वर्षीय रोहितकुमार चौधरीलाई नदीले बगाएको इलाका प्रहरी कार्यालय पर्साढापले जनाएको छ ।बगेको केहीबेरमा उत्रिएका रोहितकुमारले अन्य दुई जना साथीलाई जमुनाघाटबाट नदीले बगाएको जानकारी प्रहरीलाई दिएका थिए । सोही सूचनाको आधारमा हराएकाहरुको शुक्रबार रातिबाटै खोजी सुरु गरेको थियो । निकुञ्ज सुरक्षार्थ खटिएको नयाँ गोरख गणका नेपाली सेना, स्थान

    • प्रकाशित मितिः भदौ २२, २०८१
    • ११८ पटक पढिएको
  • दसैं नजिकिए सँगै धरानकाे कृषि बजारमा खसी–बोकाको व्यापार बढ्यो

    धरान । चाडपर्व नजिकिएसँगै धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारमा दैनिक उपभोग्य वस्तुसँगै खसीबोका किनबेच बढ्न थालेको छ । साताको बिहीबार र शुक्रबार दुई दिन खसी र बोकाको व्यापार हुने कृषि बजारमा तराईका ग्रामीणक्षेत्रदेखि पहाडी भेगबाट व्यापारीले खसीबोका बिक्रीका लागि धरान ल्याउने गरेका छन् ।धनकुटाबाट खसीबोका बिक्री गर्न धरान आएका ललित लिम्बूले विगत २५ वर्षदेखि खसीबोका पशुपालन व्यावसाय गर्दै आएका छन् । उनले भने, ‘धरानको कृषि बजारमा खसीबोका बिक्रीका लागि प्रत्येक हप्ता आउने गरेको छु । बिहीबार २० खसीबोका ल्याएर धरान आएको थिए, अब दुईवटा मात्र बिक्री गर्न बाँकी छन्’, लिम्बूले भने, ‘खसीबोका पाँच हज

    • प्रकाशित मितिः भदौ २२, २०८१
    • १७२ पटक पढिएको
  • मधेसमा पहिलो पटक सरकारीस्तरमा एमबिबिएसको पढाइ हुने

    धनुषा । चिकित्सा शिक्षा आयोगले मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि चिकित्साशास्त्रमा स्नातक (एमबिबिएस)का लागि ५० सिट निर्धारण गरेको छ । यससँगै मधेस प्रदेशमा पहिलोपटक सरकारी तहमा चिकित्साशास्त्रतर्फ उच्च शिक्षाको अध्यापन हुने भएको छ । मधेस प्रदेश सरकारका मुख्यमन्त्री एवं प्रतिष्ठानका कुलपति सतिशकुमार सिंहले कार्यकालको पहिलो दिन नै प्रतिष्ठानमा एमबिबिएसको अध्यापन चाँडै सुरु गर्ने प्रतिबद्धता व्यक्त गरेको उनको सचिवालयले जनाएको छ । सोहीअनुरूप मुख्यमन्त्री सिंहले सरकारको नीति तथा कार्यक्रममा यसलाई समेटेको थियोसोही क्रममा उनले चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. अञ्जनीकुमार झालगायत स

    • प्रकाशित मितिः भदौ २२, २०८१
    • २४० पटक पढिएको
  • मुस्ताङमा वन्यजन्तुसँगै रमाउँछन् पर्यटक

    म्याग्दी । मुस्ताङ भन्ने बित्तिकै धेरैले मुक्तिनाथ मन्दिर, कागबेनी, दामोदरकुण्ड, लोमान्थाङ, जोमसोम, लेते, मार्फालगायत स्थान, तालतलैया, हिमाल, मौलिक कला, संस्कृति र अनि पृथक भूगोलको दृश्यको कल्पना गर्दछन् । प्रकृति, संस्कृति, उजाड भूगोल र हिन्दू तथा बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल, ऐतिहासिक दरबार, गुम्बा, नदी, तालतलैया, हिमाली जीवनशैली, तालतलैया र गुफा रहेको मुस्ताङमा पछिल्लो समय दुर्लभ वन्यजन्तुहरुको सहजै देखिन थालेपछि अर्को आकर्षण थपिएको छ । लोमान्थाङ गाउँपालिका–५ लोमान्थाङका वडा सदस्य समेत रहेका पर्यटन व्यवसायी छेवाङ रिनजिन गुरुङले जोमसोम–कोरला सडक आसपासकै क्षेत्रमा दुर्लभ वन्यज

    • प्रकाशित मितिः भदौ २२, २०८१
    • १३४ पटक पढिएको
  • दुर्गा प्रसाईको बीएन्डसीलाई एमबीबीएस पढाउन औपचारिक स्वीकृति

    झापा । दुर्गा प्रसाईको बीएन्डसी मेडिकल कलेज टिचिङ एन्ड रिसर्च प्रालिले लामो पर्खाइपछि चिकित्सा शिक्षा आयोगबाट चिकित्साशास्त्रको स्नातक तह (एमबीबीएस) मा ५० जना विद्यार्थी अध्यापन गराउने औपचारिक स्वीकृति पाएको छ ।कलेजका जनसम्पर्क अधिकृत प्रमिश गिरीले आयोगबाट पहिलोपल्ट यसै शैक्षिक वर्षमा ५० जना विद्यार्थी पढाउन पाउनेगरी सिट निर्धारण भएको बताए । आयोगले शुक्रबार नै सिट निर्धारणबारेमा सार्वजनिक सूचना जारी गरिसकेको उनले जानकारी दिए ।विर्तामोड नगरपालिका वडा नं. ५ विर्तामोडमा चिकित्साशास्त्रको स्नातक तहमा अध्यापन गराउने उद्देश्यले विसं २०७१ फागुन १८ गतेदेखि ३०० शय्याको अस्पतालसहित बीएन्डसी मे

    • प्रकाशित मितिः भदौ २२, २०८१
    • १५८ पटक पढिएको
  • ससुराली हिंडेका युवकलाई खोलाले बगाउँदा बेपत्ता

    मकवानपुर । मकवानपुरको पूर्वीक्षेत्रमा रहेको बकैया खोलाले बगाउँदा एक युवा बेपत्ता भएका छन् । रौतहट जिल्लास्थित पौराई गाउँपालिका–२ घर भएको २८ वर्षीय अकल माझी ससुराली जाने क्रममा खोला तर्दा बगाएको प्रहरीले जनाएको छ ।मकवानपुर बकैया गाउँपालिका–६, जसपालस्थित फास्ट ट्रयाकमा काम गर्दै आएका माझी शुक्रबार दिउँसो २ बजे ससुराली हिँडेका थिए । उनी बकैया–६ जुइनामा जानलाई बकैया खोला तर्ने क्रममा बाढीले बगाएको र हालसम्म फेला नपरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिइन् । उनका अनुसार माझीको खोजी कार्य भइरहेको छ ।

    • प्रकाशित मितिः भदौ २२, २०८१
    • ६५ पटक पढिएको
  • इटहरी देखि काठमाडाैं सम्मका भान्सामा भाेजपुरे निगुरो

    भोजपुर । भोजपुरका ग्रामीण भेगका खोलाखोल्सीमा पाउने निगुरो बिक्री हुन थालेको छ । सडकको पहुँच विस्तार भएसँगै गाउँघरमा खेर गइरहेको निगुरो अहिले ठूला सहरका भान्सामा पुग्न थालेको हो । टेम्केमैयुङ गाउँपालिका–५ चोलन्ती, मझौलेका स्थानीयले वनजङ्गलबाट सङ्कलन गरेको निगुरो अहिले धरान, इटहरी, विराटनगर, झापा, काठमाडौंलगायतका सहरमा जाने गरेको छ । सङ्कलित निगुरो गाउँघरबाट नै  बिक्री हुने स्थानीयवासी रमेश विष्टले बताए ।विगतमा त्यतिकै वन, पाखा खोलाखोल्सीमा खेर गइरहेको निगुरोले अहिले गाउँघरबाट नै बिक्री भइरहेको छ । हालसम्म यो क्षेत्रबाट करिब दुई हजार पाँच सय निगुरो केजी निर्यात भएको उनको भनाइ छ ।

    • प्रकाशित मितिः भदौ २१, २०८१
    • २४६ पटक पढिएको
  • महावीरको ‘मेहनत’ ले आशा जगाउँदै कृषि औजार कारखाना

    पर्सा । राष्ट्रिय अविष्कार केन्द्रका अध्यक्ष महावीर पुनलाई आफ्नो जीवनीसँग सम्बन्धित ‘महावीर पुन, सम्झना, सपना र अविरल यात्रा’ पुस्तक बिक्री गर्न भ्याइनभ्याइ छ ।  उनले बिहीबार बिहानदेखि वीरगञ्जको घण्टाघरबाट पनि पुस्तक बिक्री गर्ने कार्यमा अनवरत रुपमा दौडधुप गर्दै आइरहेका छन् । उनले दौडधुप गर्नुका पछाडि भने दुई दशकदेखि बन्द रहेको वीरगञ्जस्थित कृषि औजार कारखानालाई पुनःजीवन दिने उद्देश्यसहित आवश्यक स्रोतसाधन जुटाउन भन्दै कम्मर कसेर लागिरहेका छन् । ‘मलाई त अहिले पुस्तक बिक्री गर्न भ्याइनभ्याइ छ । वीरगञ्जको कृषि कारखानाका लागि स्रोत जुटाउनका लागि देशव्यापी रुपमा पुस्तक बिक्री गर्दै आइ

    • प्रकाशित मितिः भदौ २१, २०८१
    • १५९ पटक पढिएको
  • रोनाल्डो बने ९०० गोल पूरा गर्ने पहिलो खेलाडी, पोर्चुगल विजयी

    एजेन्सी । क्रिस्टियानो रोनाल्डोले विश्व फुटबलमा ९०० गोल पूरा गर्ने पहिलो खेलाडी बनेका छन् । नेशनल लिग फुटबलमा विजयी सुरुवात गर्ने क्रममा पोर्चुगलले क्रोएसियालाई २–१ ले पराजित गर्दा रोनाल्डोले टिमका लागि निर्णायक गोल गरेका थिए ।३९ वर्षीय रोनाल्डोले सिक्सयार्ड बक्सबाट ३४ औं मिनेटमा नुनो मेन्डेसको क्रसलाई सदुपयोग गर्दै टिमको दोस्रो गोल गरे । त्यसअघि म्यानचेस्टर युनाइटेडका ‘फुल ब्याक’ डियोगो डलोटले टिमका लागि पहिलो गोल गरेका थिए । उनले ७ औं मिनेटमै गोल गर्दे टिमलाई अग्रता दिलाए ।रोनाल्डोले अग्रता दोब्बर बनाउँदा पहिलो हाफमै आत्माघाती गोलमार्फत क्रोएसियाले खेलमा फर्किने प्रयास गरेको थियो । डलोटलेनै

    • प्रकाशित मितिः भदौ २१, २०८१
    • ३९६ पटक पढिएको
  • सुनको मुल्यमा अर्काे किर्तीमान , तोलाकै पुग्याे १ लाख ५३ हजार ३ सय रूपैया

     इटहरी । स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । अघिल्लो दिन स्थिर रहेको सुनको मूल्य शुक्रबार भने बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाला सुनको मूल्य १३ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ५३ हजार ३ सय रुपैयाँ कायम भएको छ । यो मूल्य हालसम्मकै उच्च हो ।यसअघि गत भदौ १३ गते सुनको मूल्य हालसम्मकै उच्च कायम भएको थियो ।  त्यस दिन छापावाला सुनको मूल्य १ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ५३ हजार २ सय रुपैयाँ कायम भएको थियो । यस्तै, शुक्रबार चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य ३० रुपैयाँले बढ्दै प्रतितोला १ हजार ७९५ रुपैयाँमा कारोब

    • प्रकाशित मितिः भदौ २१, २०८१
    • २१६ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल