बैतडी । बैतडीमा एक युवती जंगलमा मृत फेला परेकी छन् । बैतडीको पाटन नगरपालिका–१० मटेकी १९ वर्षीया बिमला पाण्डेय मृत फेला परेकी जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए ।
घर नजिकैको जंगलमा सल्लाको रुखमा झुण्डिएको अवस्थामा शुक्रबार दिउँसो २ बजेतिर बिमलाको शव फेला परेको उनले बताए । घटनाको अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पाटनबाट प्रहरी निरीक्षक राजेन्द्र साउद नेतृत्वको प्रहरी टोली खटिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

















