विराटचोकः पूर्वाञ्चल ल्युब आयल (पीएलओ) आगामी नेपाल प्रिमियर लिग (एनपीएल) मा पनि विराटनगर किङ्सलाई प्रायोजन गर्ने भएको छ । एनपीएलको तेस्रो सिजनका लागि पीएलओ र विराटनगर किङ्सबीच प्रायोजनसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो ।प्रायोजक पीएलओद्वारा सञ्चालित मोरङको सुन्दरहरैंचा–९ स्थित विराटचोकमा रहेको नेपालीरिका होटलमा दुवै पक्षबीच सम्झौता भएको हो ।सम्झौतापत्रमा विराटनगर किङ्सका तर्फबाट स्वामित्वकर्तामध्येका सुयस प्याकुरेल र पीएलओका तर्फबाट प्रबन्ध निर्देशक भोलेश्वर दुलालले हस्ताक्षर गर्नुभएको हो । हस्ताक्षर समारोहमा विराटनगर किङ्सका खेलाडी प्रतिस जीसी र नारायण जोशीको पनि उपस्थिति रहेको थियो ।
कानेपोखरीः मोरङको कानेपोखरी गाउँपालिका वडा नं. ६ स्थित जनसेवा माध्यमिक विद्यालयको खेलमैदानमा ‘जिल्लास्तरीय प्रथम वडाध्यक्ष कप’ तेक्वान्दो प्रतियोगिता आयोजना हुने भएको छ ।आयोजक मोरङ सी.एच.आईटीएफ तेक्वान्दो संघले कानेपोखरीमा पत्रकार सम्मेलन गरी दिएको जानकारीअनुसार आगामी कार्तिक १३ र १४ गते प्रतियोगिता सञ्चालन गर्न लागिएको हो ।प्रतियोगितामा कोशी प्रदेशका मोरङ, पाँचथर र तेह्रथुमका खेलाडीहरूको सहभागिता रहने छ । प्रतियोगितामा ११० जना पुरुष र १०५ जना महिला खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।१५ जना अफिसियल र ५ जना निर्णायक टोलीमा सहभागी हुनेछन् । सहभागी अफिसियल, निर्णायक र खेलाडीहरूका लागि खाना तथा बस्नक
इटहरीः लागूऔषधविरुद्ध चेतना फैलाउँदै युवाहरूलाई खेलकुदतर्फ आकर्षित गर्ने उद्देश्यले तरहरा स्पोर्ट्स क्लब इटहरी–२० को आयोजनामा ‘तरहरा आर्म रेस्लिङ कम्पिटिसन’ सम्पन्न भएको छ ।इटहरी–२० स्थित तरहरा साझा लाइनको रिजन होटल बाँसघारी कटेजमा भएको प्रतियोगिताले युवाहरूलाई कुलतबाट टाढा राख्दै स्वस्थ तथा सकारात्मक गतिविधिमा जोड्न सहयोग पुगेको आयोजकले विश्वास लिएको जनाएको छ ।तरहरा स्पोट्र्स क्लबका अध्यक्ष विभश विष्ट (राजा)को अध्यक्षतामा भएको कार्यक्रममा धरान एकता समाजका संस्थापक संरक्षक तथा नेपाली कांग्रेसका युवा नेता सन्दीप श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको प्रतियोगितामा नेपाली कांग्रेसका नेता तथा तरुण दल स
काठमाडौँ । एसीसी प्रिमियर कप अन्तर्गत नेपालले सेमिफाइनलमा ओमानसँग प्रतिस्पर्धा गर्दैछ । मलेसियाको बायुमास क्रिकेट ओभलमा हुने खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ ।ओमानका कप्तान विनायक शुक्लाले टस जितेर नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको हो । नेपाल समूह ए को विजेता बनेर सेमिफाइनलमा स्थान बनाएको हो। ओमानले समूह बी को उपविजेताको रुपमा सेमिफाइनल खेल्न लागेको हो ।
इटहरीः इटहरीमा आयोजित इन्टर जिम ५ ए साइड फुटसल टुर्नामेन्टको उपाधि आयोजक ओएसिस फिटनेसले जितेको छ ।शनिबार एसडी फुटसलमा सम्पन्न प्रतियोगिताको फाइनलमा ओएसिस फिटनेसले तरहरा फिटनेसलाई २–१ गोल अन्तरले पराजित गर्दै उपाधि हात पारेको हो । प्रतियोगितामा न्युट्री हब फिटनेस तेस्रो भएको छ ।ओएसिस फिटनेसको आयोजनामा भएको प्रतियोगितामा विभिन्न जिम तथा फिटनेस सेन्टरका १२ टोलीको सहभागिता रहेको थियो ।उपाधि विजेता ओएसिस फिटनेसले नगद २५ हजार रुपैयाँ तथा उपविजेता तरहरा फिटनेसले १५ हजार रुपैयाँ प्राप्त गरेका छन् । दुवै टोलीलाई ट्रफी, मेडल र प्रमाणपत्र दिइएको थियो ।व्यक्तिगत विधातर्फ ओएसिस फिटनेसका स्मीत तामाङ म्यान अ
इटहरीः राष्ट्रिय माध्यमिक विद्यालय तथा स्काउट ट्रुपको आयोजनामा स्काउट विद्यार्थीहरूको शारीरिक, मानसिक तथा व्यावहारिक ज्ञान अभिवृद्धि गर्ने उद्देश्यले आयोजित गाँठो प्रतियोगिता सम्पन्न भएको छ ।विद्यालयको प्राङ्गणमा भएको प्रतियोगिता विद्यालयका प्रधानाध्यापक तथा ट्रुप कमिटी अध्यक्ष शरणकुमार बस्नेतको सभापतित्व र विद्यालय व्यवस्थापन समिति अध्यक्ष एवं इटहरी उपमहानगरपालिका–१ का वडाध्यक्ष रतन कार्कीको प्रमुख आतिथ्यतामा भएको थियो ।कार्यक्रममा आमा समूहकी अध्यक्ष जुनु गेलाल, सहायक प्रधानाध्यापक लक्ष्मीप्रसाद सुवेदी, यमुना बस्नेत, इटहरी युथ ओपन क्र्युका अध्यक्ष फणीन्द्रप्रसाद दाहाल, रोभर लिडर डिल्लीकुमार श
काठमाडौंः नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले काठमाडौंमा आयोजना गरेको २३ औँ संस्करणको एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड २०८२ को उत्कृष्ट खेलाडी बक्सिङका चन्द्रबहादुर थापा मगर र करातेकी एरिका गुरुङ घोषित हुुनुभएको छ ।हिजो आयोजित कार्यक्रममा चन्द्रबहादुरलाई वर्ष उत्कृष्ट पुरुष र एरिकालाई वर्ष उत्कृष्ट महिला खेलाडीको अवार्ड प्रदान गरिएको हो ।दुबईमा सम्पन्न आइबा पुरुष विश्व च्याम्पियनसिपमा कास्य पदक जित्दै इतिहास रचेका चन्द्रबहादुर विश्व बक्सिङमा पदक जित्ने पहिलो नेपाली बक्सर खेलाडी हुनुहुन्छ ।एरिकाले लगातार तेस्रोपटक वर्ष उत्कृष्ट महिला खेलाडीको अवार्ड जित्नुभएको हो । उहाँले विभिन्न अन्तर्राष्ट
गछियाः गछिया युवा समाज सुन्दरहरैंचा, मोरङका खेलाडी कुशल तामाङ अण्डर फिफ्टिन फिफा वर्ल्ड कप छनोटका लागि हुने राष्ट्रियस्तरको छनोटअन्तर्गत अन्तिम खेलका लागि छनोट भएका छन् ।कोशी प्रदेशस्तरीय छनोटमा उत्कृष्ट प्रदर्शन गर्दै कुशल राष्ट्रियस्तरको अन्तिम छनोटमा प्रवेश गरेका हुन् । अब उनले काठमाडौंमा हुने फाइनल छनोटमा सहभागी हुँदै आफ्नो प्रतिभा प्रस्तुत गर्नेछन् ।कुशलको सफलताप्रति खुसी व्यक्त गर्दै गछिया युवा समाजका अध्यक्ष सरोज दाहालले यो उपलब्धि खेलाडी मात्र नभई सुन्दरहरैंचाकै लागि गौरवको विषय भएको बताउनुभयो । काठमाडौंमा हुने अन्तिम छनोट खेलमा पनि उत्कृष्ट प्रदर्शन गर्दै सफल हुन कुशललाई शुभकामना दिनु
इटहरीः स्वर्गीय बुद्धरानी चेम्जोङ लिम्बू स्मृति ७–ए साइड अन्तरविद्यालय फुटसल प्रतियोगिता–२०८३ को उपाधि पूर्वाञ्चल सेकेन्डरी स्कुल, तरहराले जितेको छ ।अल स्पोर्टस कलेक्सनको आयोजनामा इटहरी–५, काव्यबाटिकास्थित पाथीभरा फुटसल प्रालिमा भएको प्रतियोगितामा सुनसरीका ३२ विद्यालय सहभागी थिए ।प्रतियोगिताको फाइनलमा पूर्वाञ्चल सेकेन्डरी स्कुल, तरहरा र सयपत्री सेकेन्डरी स्कुल, इटहरी–१९ बीच प्रतिस्पर्धा भएको थियो ।निर्धारित समयमा दुवै टोलीले १–१ गोल गरेपछि टाइब्रेकरमा पूर्वाञ्चलले सयपत्रीलाई ३–२ गोलले पराजित गर्दै उपाधि हात पारेको हो ।समापन कार्यक्रममा इटहरी उपमहानगरपालिका वडा नं. ६ का वडाध्यक्ष दिवस पोखरेल प्
काठमाडौंः कलाकार सीताराम कट्टेल (धुर्मुस) अमेरिका फर्किएका छन् । उनले नेपाल बसाइको दुई महिनामा अथक प्रयास गर्दा पनि चितवनकोे रंगशालालाई विनियोजित बजेट फ्रिज पारिएको तर ऋणमुक्त हुन नसकिएको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखदै उनले आशा भने जीवितै रहेको बताएका छन् ।‘यो पटक त शतप्रतिशत न्याय पाउनेछौँ, आफ्नै माटोमा दुःख–सुख साट्नेछौँ र पहिलेजस्तै फेरि हजुरहरूलाई हँसाउनेछौँ भन्ने ठूलो सपना बोकेर छोरीसहित मातृभूमि फर्किएको थिएँ,’ उनले लेखेका छन्, ‘दुई महिना अथक प्रयास गरेँ, राज्यका ढोका–ढोका पुगेँ, न्यायको आशामा राज्यलाई गुहारेँ, तर न राज्यले आवाज सुन्यो, न त आफ्नो पीडा मन खोलेर सुनाउने