समाचार

    Showing १-१० of ५,९९३ items.
  • भोटेकोशी बाढीमा बेपत्ता तरहराका खड्का दम्पत्तिको कुशको शव बनाएर आज गरियो अन्त्येष्टी

    इटहरीः भदौ १० गते भोटेकोशीको बाढीमा परी बेपत्ता भएका इटहरी–२० तरहराका खड्का दम्पत्तिको कुशको शव बनाएर शुक्रबार इटहरीको बुढी खोलामा दाहसंस्कार गरिएको छ ।कैलाश मानसरोवरको दर्शन गर्न गएका अम्बरकाजी खड्का र उनकी श्रीमती मनकुमारी खड्का बेपत्ता भएपछि थप कुनै जानकारी नआएपछि धार्मिक विधिअनुसार आज कुशको शव बनाएर अन्त्येष्टि गरिएको हो ।भारतीय सेनाका पूर्वहवल्दारसमेत रहेका अम्बरकाजीले भदौ १० गते बिहान कान्छा छोरा सुवास, जेठा छोरा सञ्जय र ९० वर्षीय बुवा चन्द्रबहादुरसँग ह्वाट्सएपमा भिडियो कल गरेका थिए । आफू पुगेको ठाउँका दृश्य देखाउँदै उनले परिवारसँग खुशी साटेका थिए ।त्यसको केही समयपछि खड्का दम्पत्तिसहित उ

    • प्रकाशित मितिः असोज ९, २०८३
    • ११ पटक पढिएको
  • आज अनन्त चतुर्दशी

    इटहरी ।  आज अनन्त चतुर्दशीको दिन । भाद्र शुक्ल चतुर्दशीका दिन अनन्तनाथ (भगवान् विष्णु) को पूजा आराधना गरी अनन्त चतुर्दशी मनाउने गरिन्छ । आज चोखो धागोमा अनन्त मन्त्रण गरी बाँध्नाले वर्षभर शुभ हुन्छ भन्ने विश्वास छ ।जनै पूर्णिमा अर्थात् श्रावण शुक्ल पूर्णिमाका दिन कुनै कारणवश जनै (यज्ञोपवीत) मन्त्रन नपाएकाले आजै जनै मन्त्रने शास्त्रीय विधान रहेको बताइन्छ । चतुर्दशीमा इन्द्रजात्रा मनाएपछि पूर्णिमामा इन्द्रदहमा गई स्नान गर्नुपर्ने धार्मिक विधि छ ।

    • प्रकाशित मितिः असोज ९, २०८३
    • २८ पटक पढिएको
  • आज इन्द्रजात्रा, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

    काठमाडौंः आज इन्द्रजात्रा । वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी आज इन्द्रजात्रा पर्व मनाइँदैछ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायतका स्थानमा मनाइन्छ ।भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाउने प्रचलन छ । ठड्याइएको लिङ्गोलाई ‘इन्द्रध्वजोत्थान’ पनि भनिन्छ । लिङ्गोको फेदमा भैरवको पूजा गरिन्छ । शत्रु पराजय भएपछि विजय मनाउने पर्वका रुपमा इन्द्रजात्रा मनाउने गर

    • प्रकाशित मितिः असोज ९, २०८३
    • ३६ पटक पढिएको
  • सुन्दरहरैँचा नगरपालिकाका युवा तथा रोजगारदातालाई सीप तथा रोजगार मेलामा सहभागी हुन आग्रह

    इटहरी -  युवा, श्रम तथा रोजगार मन्त्रालयको आयोजनामा इटहरीमा आगामी असोज १४ देखि २० गतेसम्म ‘सीप तथा रोजगार मेला–२०८३’ आयोजना हुने भएको छ।‘सीप र रोजगारी : साझा जिम्मेवारी’ भन्ने नारासहित आयोजना हुने मेलामा उद्योग, सेवा, कृषि, निर्माणलगायत १० वटा विधाका ६५ वटा स्टल रहनेछन्। मेलामार्फत सीपयुक्त जनशक्ति र रोजगारदाताबीच प्रत्यक्ष सम्पर्क स्थापित गरी रोजगारीका अवसर सिर्जना गर्ने लक्ष्य राखिएको छ।यसैबीच, सुन्दरहरैँचा नगरपालिकाले नगर क्षेत्रका सीप तथा रोजगारीको खोजीमा रहेका युवा तथा रोजगारदातालाई मेलामा सहभागी हुन आग्रह गरेको छ। नगरपालिकाका रोजगार संयोजक दिनेश घिमिरेले मेलामा सहभागी भई उपलब्ध रोजग

    • प्रकाशित मितिः असोज ८, २०८३
    • ३७६ पटक पढिएको
  • ताप्लेजुङको दोभान बजारमा आगलागी

    ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिक–३ दोभानमा भीषण आगलागी भएको छ । आगलागीबाट करिब १० घर जलेका छन् । आगलागी नियन्त्रणका लागि सुरक्षाकर्मीको टोली परिचालन भएको छ ।सशस्त्र प्रहरी बल नेपाल नं. १ कंचनजंघा गुल्मबाट सुरक्षाकर्मी परिचालन गरिएको सशस्त्रका सहप्रवक्ता शैलेन्द्र थापाले बताए । उक्त ठाउँमा करिब ५० घर धुरी रहेका छन् ।नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको प्रयासमा आगलागी नियन्त्रणमा लिने प्रयास भइरहेको बताइएको छ।स्थानीय दावा शेर्पाको घरबाट आगालागी सुरु भएको बताइएको छ।

    • प्रकाशित मितिः असोज ८, २०८३
    • १६८ पटक पढिएको
  • जुफाल विमानस्थलमा सीता एयरको जहाज दुर्घटना

    डोल्पाः डोल्पाको जुफाल विमानस्थलमा सीता एयरको जहाज अवतरणका क्रममा विमान दुर्घटना भएको छ ।नेपालगञ्जबाट यात्रु लिएर गएको जहाज आज बिहान ८ बजेर २५ मिनेटमा अवतरणका क्रममा दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय डोल्पाका सूचना अधिकारी इन्स्पेक्टर पदम रावलका अनुसार जहाज अवतरणका क्रममा पछाडिको दाहिनेतर्फको चक्का फुत्किएर बाहिर निस्किएको थियो ।जहाजमा सवार सबै यात्रु सुरक्षित रहेको प्रहरीले जनाएको छ । जहाजमा ७ जना विदेशी र ६ जना नेपाली गरी १३ जना सवार रहेका थिए । 

    • प्रकाशित मितिः असोज ८, २०८३
    • २५ पटक पढिएको
  • लुम्बिनी प्रदेशमा भारी वर्षा

    इटहरी ।  बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको प्रभावले काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा वर्षा भएको छ । वर्षाका क्षेत्र र मात्रा आजदेखि झन् बढ्ने मौसमविदहरुले बताएका छन् ।नेपाल मौसम विज्ञान विभागका अनुसार पछिल्लो १२ घण्टामा सबैभन्दा धेरै वर्षा लुम्बिनी प्रदेशका पाल्पा र कपिलवस्तुमा जिल्लामा भएको छ ।पाल्पाको बल्ड्याङगढीमा वर्षा मापन केन्द्रमा १२८.६ मिलिमिटर र कपिलवस्तुको भगवानपुरमा १२२ मिलिमिटर वर्षा भएको छ । कपिलवस्तुकै शिवराज नगरपालिकास्थित मैनार वर्षामापन केन्द्रमा पनि ११७ मिलिमिटर वर्षा भएको छ ।गण्डकीको तनहुँ, कास्की, स्याङ्जा, पाल्पा र आसपासका क्षेत्रमा पनि वर्षा भएको

    • प्रकाशित मितिः असोज ८, २०८३
    • ३१ पटक पढिएको
  • भारी वर्षासम्बन्धी जानकारी घण्टा–घण्टामा दिइने

    इटहरी । शुक्रबारदेखि हुने सम्भावित भारी वर्षा र त्यसबाट हुन सक्ने बाढी तथा पहिरोको जोखिमलाई मध्यनजर गर्दै सरकारले नदीको अवस्था र सम्भावित विपद्को निरन्तर निगरानी गरी सर्वसाधारणलाई घण्टा–घण्टामा पूर्वसूचना र जानकारी दिने भएको छ ।भोलिदेखि तीन दिनसम्म देशका अधिकांश भू–भागमा भारी वर्षाको सम्भावना रहेकाले विपद् जोखिम न्यूनीकरण तथा प्रतिकार्यको तयारीस्वरुप पूर्वसूचना प्रणालीलाई चुस्त बनाइएको जनाइएको छ ।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार जल तथा मौसम विज्ञान विभाग र बाढी पूर्वानुमान महाशाखासँग निरन्तर समन्वय गरी नदीहरूको जलसतह र जोखिमको अवस्था ‘रियल टाइम’ मा निगरानी

    • प्रकाशित मितिः असोज ८, २०८३
    • ४१ पटक पढिएको
  • जापानी कलेजका प्राध्यापकलाई भरोसा एजुकेसनमा विशेष स्वागत

    इटहरी  - नेपाल भ्रमणमा रहनुभएका जापानको Chiyoda International Language Academy का प्राध्यापक ओहाता रियोन (Ohata Rion) लाई इटहरीस्थित भरोसा एजुकेसन कन्सल्टेन्सीले विशेष स्वागत तथा सम्मान गरेको छ। उहाँ सँगै अनुपा खवासलाइ समेत कन्सल्टेन्सीमा स्वागत गरिएको हो भरोसा एजुकेसन कन्सल्टेन्सीका सञ्चालक धनबहादुर पुरीले प्राध्यापक ओहाता रियोनलाई स्वागत गर्दै नेपाल र जापानबीचको शैक्षिक सम्बन्धलाई थप मजबुत बनाउन यस्ता भेटघाट र सहकार्य महत्वपूर्ण रहेको बताउनुभयो।जापानमा अध्ययन गर्न चाहने नेपाली विद्यार्थीलाई जापानी भाषा, उच्च शिक्षा तथा करियरका अवसरबारे सही परामर्श र मार्गदर्शन प्रदान गर्दै आएको भरो

    • प्रकाशित मितिः असोज ७, २०८३
    • १५७ पटक पढिएको
  • १०१ बालबालिकाको हातबाट विरही र नवशिलाका बाल साहित्यिक कृति विमोचन

    विराटचोकः फरकफरक लेखकका बालचित्रकथा र बाल कविता सङ्ग्रह मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नम्बर १० स्थित रोजाइ मण्टेश्वरी स्कुलमा १०१ जना बालबालिकाको हातबाट हिजो संयुक्त रूपमा विमोचन गरिएको छ ।कोसी साहित्य कला परिषद्का अध्यक्ष केशु विरहीको ‘उपहार’ र सचिव नवशिलाको ‘परी भएँ म’ नामक बाल साहित्यिक कृतिको विमोचन गरिएको हो । १०१ जना बालबालिकाको हातबाट बाल साहित्यका पुस्तक विमोचन गरिएको सम्भवतः देशमै पहिलो घटना भएको आयोजकले जनाएको छ ।विमोचन समारोहका प्रमुख अतिथि अग्रज स्रष्टा तथा भाषाविद् अमृतप्रसाद आचार्यले बालबालिकाको हातबाट पुस्तक विमोचन गरिनु नौलो र अनुकरणीय कार्यक्रम भएको बताउनुभयो । उहाँले नयाँ

    • प्रकाशित मितिः असोज ७, २०८३
    • ७३ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल