राजनीति

    Showing १-१० of ४२ items.
  • उदयपुरगडिका ५ वटा वडामा माओवादी केन्द्रको वडा सम्मेलन सम्पन्न

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले उदयपुरगडी गाउँपालिकाका पाँच वटा वडामा वडा सम्मेलन सम्पन्न गरेको छ। भाद्र १६ गते देखि सञ्चालन भएको जनतासँग माओवादी बिशेष रूपान्तरण अभियानको समापनको रूपमा शनिबार उदयपुरगडीका वडा नम्बर १,२,३,४ र ८ मा वडा सम्मेलन सम्पन्न गरिएको हो।१ नं. वडाको वडा सम्मेलम हजारेस्थित जनजाति भवनको प्राङ्गणमा भएको थियो। उक्त समारोहलाइ उदयपुर जिल्ला संयोजक विनोद कुमार कटुवाल र पालिका कमिटी सहसचिवले सम्बोधन गरे। वडा नम्बर १ मा  गम्भीर बहादुर लुङेली मगरको अध्यक्षतामा १९ सदस्यिय कमिटी गठन भएको छ।त्यसैगरी वडा नम्बर २ को सम्मेलन घट्टामा भएको थियो। सम्मेलनले बहादुर था

    • प्रकाशित मितिः पुष १५, २०८०
    • २१९ पटक पढिएको
  • एमाले कोशी प्रदेश अध्यक्षमा खतिवडा विजयी

    विराटनगर । नेकपा एमालेको कोशी प्रदेश अध्यक्षमा घनश्याम खतिवडा निर्वाचित भएका छन् । सोमबार दिउँसोबाट सुरु भएको गणना भर्खरै सकिएको हो । अध्यक्षका अर्का प्रत्यासी विनोद ढकाललाई पराजित गर्दै खतिवडा निर्वाचित भएका हुन् ।खतिवडाले ५१२ मत ल्याइ विजयी हुँदा उहाँका प्रतिस्पर्धि विनोद प्रसाद ढकालले ४३९ मत प्राप्त गरे ।  यस्तै २६ मत भने बदर भएको छ ।  खतिवडा मोरङ १ बाट निर्वाचित पूर्व सांसद् तथा नेकपा एमाले कोशी प्रदेश सचिवालय सदस्य हुन भने ढकाल केन्द्रीय कमिटी सदस्य हुन् ।   प्रदेशको नयाँ कार्यसमितिका लागि आइतबार राति मतदान भएको थियो । एमाले पोलिटब्युरो सदस्य विशाल भट्टराईका

    • प्रकाशित मितिः आश्विन १६, २०८०
    • ९३ पटक पढिएको
  • प्रधानमन्त्री प्रचण्ड बेइजिङमा

    बेइजिङ  । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज बेइजिङ आइपुगेका छन् । चीनको औपचारिक भ्रमणका लागि शनिबार हाङ्जाउ आइपुगेका प्रधानमन्त्री प्रचण्ड आज स्थानीय समयअनुसार विहान ११ बजे बेइजिङ आइपुगेका हुन् ।प्रधानमन्त्री प्रचण्डले आज बेइजिङमा हुने नेपाल–चीन बिजनेस समिटलाई सम्बोधन गर्नेछन् । चीनस्थित नेपाली राजदूतावासको समन्वय तथा नेपाल उद्योग वाणिज्य महासङ्घ र चिनियाँ उद्योगी व्यवसायीहरूको संस्था सिसिपिआइटीले सम्मेलनको आयोजना गरेका हुन् । उक्त लगानी सम्मेलनमा नेपाल र चीनका एक सयभन्दा बढी उद्योगी–व्यवसायी सहभागी हुनेछन् । सम्मेलनका क्रममा नेपाल र चीनबीच लग

    • प्रकाशित मितिः आश्विन ७, २०८०
    • ८६ पटक पढिएको
  • आज प्रतिनिधिसभा बैठक बस्दै

    काठमाडौँ ।  आज प्रतिनिधिसभा बैठक बस्दै छ ।  दिउँसो ३ बजेका लागि बोलाइएको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरण सम्बन्धी पत्रबारे सदनलाई जानकारी गराउने सम्भावित कार्यसूची रहेको छ । त्यसैगरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्र तथा विषयगत समितिमा सदस्य हेरफेरबारे जानकारी गराउनेलगायत कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । साउन १० गतेयता अवरुद्ध रहेको सदनलाई सुचारु गराउने विषयमा दलहरू सहमति नजिक पुगेकोले आजको बैठकले निरन्तरता पाउने अपेक्षा गरिएको छ । संसद् सचिव

    • प्रकाशित मितिः भदौ ६, २०८०
    • ५३ पटक पढिएको
  • कोशीका मुख्यमन्त्री थापाले आज शपथ लिँदै

    विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले बुधबार ९आज० पद तथा गोपनीयताको शपथ लिँदै छन् । मुख्यमन्त्री थापाले आज बिहान साढे १० बजे  शपथ लिन लागेका हुन् । कांग्रेसका २९, माओवादीका १३, एकीकृत समाजवादीका ४ र जसपाका एक सांसदको समर्थनमा उनी मंगलबार मुख्यमन्त्री नियुक्त भएका थिए ।सविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश प्रमुख पर्शुराम खापुङले उनलाई मुख्यमन्त्री पदमा नियुक्त गरेका थिए ।   

    • प्रकाशित मितिः श्रावण १७, २०८०
    • ४३ पटक पढिएको
  • कोशी प्रदेशबारे बाबुराम भट्टराईको प्रतिक्रिया–मध्यावधिमा जानु उपयुक्त

    काठमाडौँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले कोशी प्रदेशमा सरकार निर्माणमा जटिलता देखिएको भन्दै मध्यावधि निर्वाचनमा जानु उपयुक्त हुने बताएका छन् । ‘१ नं प्रदेशमा घोषित रूपमा गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता विरोधी र सारतत्वमा यो व्यवस्था उल्टाएर प्रतिक्रान्ति गर्न उद्यत शक्तिको पाउ परेर सरकार बनाउन मरिहत्ते गर्नु भन्दा यो संविधानका अन्तर्वस्तु स्विकार्ने शक्तिहरू मिलेर सरकार बनाउने, नत्र मध्यावधिमा जाने विकल्प स्विकार्नु उपयुक्त होइन र ?’ उनले भनेका छन्,। सभामुखसहितको हस्ताक्षरमा नेपाली कांग्रेस र माओवादी केन्द्रले सरकार निर्माण गरेपछि गत शुक्रवार सर्वोच्च अदाल

    • प्रकाशित मितिः श्रावण १४, २०८०
    • ३७ पटक पढिएको
  • हिक्मत कार्कीले आज पुन मुख्यमन्त्रीको कार्यभार सम्हाल्दै

    विराटनगर । सर्वोच्च अदालतले उद्धव थापाको मुख्यमन्त्री नियुक्तिलाई बदर गरेपछि हिक्मत कार्कीले कामचलाउ मुख्यमन्त्रीको  रूपमा पुन कार्यभार सम्हाल्दै छन् । सभामुख बाबुराम गौतम सहितको हस्ताक्षरलाई गणना गरेर प्रदेश प्रमुख परशुराम खापुंगले नेपाली काँग्रेस संसदीय दलका नेता उद्धव थापालाई कोशी प्रदेशको मुख्यमन्त्री नियुत्ती गरेपछि कार्की निवर्तमान भएका थिए । तर सर्वोच्च अदालतको बिहीबारको फैसलाले थापाको नियुक्त असंवैधानिक भन्दै नियुत्ती बदर गरेपछि अर्को सरकार गठन नभए सम्मका लागि कार्की काम चलाऊ सरकारको मुख्यमन्त्री भएका हुन । 

    • प्रकाशित मितिः श्रावण १२, २०८०
    • ३८ पटक पढिएको
  • सुन तस्करी प्रकरणबारे एमाले संसदीय दलको बैठक बस्दै

    काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक दिउँसो १२ बजे बस्ने तय भएको हो । एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले दलको बैठक बोलाएका हुन् । आज प्रतिनिधिसभा बैठक पनि बस्दै छ । त्यसअघि ओलीले संसदीय दलको बैठक बोलाएका हुन् । संसद भवन बानेश्वरमा बस्ने बैठकले तस्करीको सुन प्रकरणबारे धारणा बनाउँन बैठक बोलाइएको एक नेताले बताए । प्रतिनिधि सभाको बैठक आजै दिउँसो १ बजे बोलाइएको छ ।  

    • प्रकाशित मितिः श्रावण १०, २०८०
    • २९ पटक पढिएको
  • नेपाली कांग्रेसका सभापति देउवा सुनसरी आउने

    सुनसरी ।  नेपाली कांग्रेस सुनसरी जिल्ला सम्मेलनलाई सम्बोधन गर्न सभापति शेर बहादुर देउवा साउन ६ गते सुनसरी आउने भएको छन् । सभापति शेर बहदुर देउवाको प्रमुख आतिथ्यमा नेपाली कांग्रेस सुनसरी जिल्ला सम्मेलन हुने भएको हो । .पी कोइराला ४१ औँ स्मृति दिवसको अवसरमा सुनसरी कांग्रेसले जिल्ला सम्मेलन गर्न लागेको जिल्ला सभापति केदार भण्डारीले जानकारी दिए  । पाटी सभापति शेर बहादुर देउवाले महामानव वि।पी कोइरालाको इनरुवा ९ बबियामा रहेको पूर्ण कदको सालिक अनावरण गर्ने कार्यक्रम सुनसरी कांग्रेसले तय गरेको छ । सभापति देउवाले सोही दिन जिल्लास्थित कार्यकर्ता हरुसँग भेटघाट गर्ने कार्यक्रमसमेत

    • प्रकाशित मितिः श्रावण ५, २०८०
    • ३७ पटक पढिएको
  • आज राष्ट्रियसभा बैठक बस्दै

    काठमाडौँ । राष्ट्रिय सभा बैठक आज बस्दै छ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ः०१ बजेका लागि बैठक  बोलाइएको छ । सङ्घीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार राष्ट्रिय सभा अध्यक्षले राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धि पत्रको ब्यहोरा जानकारी गराउने छन् । साथै, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले विद्युतीय व्यापार विधेयक २०८० लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख  छ । 

    • प्रकाशित मितिः श्रावण ४, २०८०
    • २९ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि इटहरी द्रारा संचालित itaharikhabar.com

दर्ता न.: २२६९५२/२०७६/७७

सम्पर्क: 9852041138


Copyright © 2021 / 2024 / Itaharikhabar.com / All Rights Reserved.