इटहरी । इटहरीमा  मलामी आएका व्यक्तिले चिर्पट प्रहार गर्दा एक जनाको ज्यान गएको छ।  सुनसरीको इटहरी उप–महानगरपालिका–४ स्थित मुक्ति घाटमा मलामी आएका व्यक्तिले  चिर्पट प्रहार गर्दा मुक्ति घाटका कामदारको मृत्यु भएको हो । मङ्गलवार दिउँसो करिब पौने २ बजे मुक्ति घाट वृहत् मुक्ति घाट क्षेत्र विकास समिति मा दाउराको हार मिलाउने र शव जलाउने काम गर्दै आएका स्थानीय २७ वर्षीय विनोद तामाङको चिर्पट प्रहार बाट मृत्यु भएको छ ।  इटहरी उप–महानगरपालिका –४ गैरी गाँउबाट मलामी आएका ३७ वर्षीय उमेश तामाङ र धरानका ३० वर्षीय अनिल तामाङले कुटपिट गरी चिर्पटले टाउकोमा प्रहार गर्दा गम्भीर घाइते भएका विनोद तामाङको उपचारको क्रममा वेदान्त हस्पिटल इटहरीमा  मृत्यु भएको हो । घटनामा संलग्न उमेश तामाङलाई इलाका प्रहरी कार्यालय इटहरीले पक्राउ गरी थप अनुसन्धान गरी रहेको छ भने फरार रहेका तामाङको खोजतलास भई रहेको  प्रहरीले जनाएको छ ।