इटहरी । आज विश्वभर विश्व बिरामी सुरक्षा दिवस मनाइँदैछ ।प्रत्येक वर्ष सेप्टेम्बर १७ मा मनाइने यो दिवसले बिरामी सुरक्षाको बारेमा विश्वव्यापी चेतना जगाउने र बिरामीको हानि कम गर्न सबै देशहरू र अन्तर्राष्ट्रिय साझेदारहरूद्वारा ऐक्यबद्धता र एकताबद्ध कार्यको लागि आह्वान गर्ने उद्देश्य राखिएको छ ।विश्व बिरामी सुरक्षा दिवसलाई स्वास्थ्य सेवा प्रणालीका सबै सरोकारवालाहरूका लागि सँगै काम गर्न र बिरामी सुरक्षा सुधार गर्न संलग्नता साझेदारी गर्ने अभियानका रूपमा पनि लिइन्छ ।
काठमाडौंः सरकारले सुत्केरीलाई कम्तीमा ६ महिना तलबसहितको प्रसुति बिदा र श्रीमानलाई ४२ दिनसम्म तलब सहितको प्रसुति स्याहार बिदा दिने व्यवस्था प्रस्ताव गरेको छ ।सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ संशोधनका लागि स्वास्थ्य मन्त्रालयले तयार पारेको विधेयकमा यस्तो व्यवस्था प्रस्ताव गरिएको हो ।कानुन मन्त्री सोबिता गौतमले सामाजिक सञ्जालमार्फत् विधेयक मन्त्रिपरिषद् हुँदै संसदमा लैजाने तयारी भइरहेको जानकारी दिनुभएको हो ।कामको चाप र बदलिँदो जीवनशैलीका कारण अधिकांश परिवार एक वा दुई सन्तानमै सीमित भइरहेको तथा बच्चा जन्माउन युवाको आकर्षण घटेकाले जीवनमा एक वा दुई पटक आउने मातृत्व र पितृत्वको य
इटहरी । नेपाली कांग्रेसका नेता डा. सुनिलकुमार शर्माले आर्थिक अभावका कारण उपचार गर्न नसक्ने एक हजार बिरामीको शल्यक्रिया निःशुल्क गर्ने घोषणा गर्नुभएको छ ।शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै काठमाडौं मेडिकल कलेज (केएमसी) र दुवाकोट तथा विराटनगरस्थित नोबेल मेडिकल कलेजमार्फत् एक हजार बिरामीको गम्भीर रोगको शल्यक्रिया निःशुल्क गर्ने घोषणा उहाँले गर्नुभएको हो ।मेडिकल कलेजमा अध्ययन गर्न आउने विपन्न विद्यार्थीको लागि छात्रवृत्तिको प्याकेज ल्याउने तयारी भइरहेको पनि उहाँले बताउनुभयो ।
विराटचोकः सुन्दरहरैंचा उद्योग वाणिज्य संघको आयोजनामा निःशुल्क महिला स्वास्थ्य परीक्षण तथा सचेतना शिविर सम्पन्न भएको छ । शिविरमा १०० जनाभन्दा बढीको स्वास्थ्य परीक्षण गरिएको छ ।सुन्दरहरैंचा–१० स्थित सुकुना सामुदायिक अस्पतालमा आयोजित शिविरमा नोबेल मेडिकल कलेज, विराटनगर र सुकुना सामुदायिक अस्पतालले प्राविधिक सहयोग तथा विशेषज्ञ चिकित्सकीय सेवा प्रदान गरेका थिए ।शिविरमा स्त्रीरोग, स्तन क्यान्सर, पाठेघरको क्यान्सर, पिसाब संक्रमण, गर्भावस्था, उच्च रक्तचाप, मधुमेहलगायत विभिन्न स्वास्थ्य समस्याको परीक्षण तथा स्वास्थ्यसम्बन्धी सचेतना प्रदान गरिएको कार्यक्रम संयोजक अनिता अधिकारीले बताउनुभयो ।महिलाहरूलाई आ
हरैंचाः सुन्दरहरैंचा नगर अस्पतालमा चार विशेषज्ञ सेवा थप गरिएको छ । आज आयोजित एक कार्यक्रमबीच नगरप्रमुख केदारप्रसाद गुरागाईंले सम्बन्धित चिकित्सकलाई बिरामी पूर्जा हस्तान्तरण गर्दै विशेषज्ञ सेवा शुभारम्भ गर्नुभएको हो ।अस्पतालमा वरिष्ठ जनरल फिजिसियन डा. सन्तोषकुमार महतो, वरिष्ठ हाडजोर्नी तथा नशारोग विशेषज्ञ डा. सुरज दाहाल, वरिष्ठ नवजात शिशु तथा बालरोग विशेषज्ञ डा. मनीषप्रसाद गुप्ता र वरिष्ठ स्त्री तथा प्रसूतिरोग विशेषज्ञ डा. कल्पनाकुमारी यादवको सेवा थप गरिएको हो । यसअघि अस्पताल प्रमुख डा. विशालचन्द्र सुवेदी विशेषज्ञ चिकित्सकको रूपमा हुनुहुन्थ्यो । अब उहाँ सहित पाँच जना विशेषज्ञ चिकित्सकबाट सेवा स
काठमाडौंः काठमाडौं मेडिकल कलेज (केएमसी) का चिकित्सकले आठ वर्षीया बालिकाको पेटबाट करिब डेढ किलो तौलको जटिल ट्युमर सफलतापूर्वक निकालेका छन् ।त्रियुगा नगरपालिका–२ का नवीन राईकी छोरी नियामा राईको पेटमा रहेको टेरेटोमा नामक ट्युमर शल्यक्रियामार्फत् पूर्ण रूपमा निकालिएको हो ।करिब डेढ महिनादेखि बान्ता हुने र ज्वरो आउने समस्या देखिएपछि अभिभावकले नियामालाई उपचारका लागि केएमसी ल्याएका थिए । स्वास्थ्य परीक्षणका क्रममा पेटभित्र असामान्य रूपमा ठूलो ट्युमर रहेको शंका भएपछि सीटी स्क्यान गरिएको थियो । सीटी स्क्यानमा पेटभित्र ठूलो आकारको ट्युमर रहेको र त्यसले आसपासका महत्वपूर्ण अंग तथा रक्तनलीमा दबाब दिइरहेको द
ठडियाः मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ७ मा मापदण्डविपरीतको अलकत्रा प्लान्ट स्थानान्तरण वा बन्द गर्ने बिषयमा स्थानीय बासिन्दा र टुन्डी जे. भी. कम्पनी बीचको बार्ता निष्कर्षमा पुग्न सकेको छैन ।डाँडागाउँ टोलमा आईतबार दुवै पक्षबीच अलकत्रा प्लान्ट स्थानान्तरण वा बन्द गर्ने विषयमा छलफल भएको थियो । स्थानीयवासीले अलकत्रा प्लान्ट सञ्चालन नगर्न र अन्य गिटी बालुवा ढुङ्गाको प्रशोधनबाट आएको धुलो धुवाँले स्थानीयको आँखा, कान, फोक्सो र स्वासप्रश्वासमा समस्या आई जनस्वास्थ्यमा प्रत्यक्ष असर देखिन थालेकाले स्वास्थ्य परीक्षणको लागि चाँडै स्वास्थ्य शिविर राख्न माग गरेका छन् ।कसैले पनि अमुक ब्यक्ति वा संस्थ
लेटाङः मोरङको लेटाङ नगरपालिकाले नगर अस्पतालको नयाँ भवन उद्घाटन गरी सेवा सञ्चालनमा ल्याएको छ । लेटाङ–३, बिरनमा सञ्चालन हुँदै आएको नगर अस्पताललाई लेटाङ–५ खेरुवास्थित नवनिर्मित सुविधा सम्पन्न भवनमा स्थानान्तरण गरी नयाँ भवनबाट सेवा शुरु गरिएको हो ।नगर प्रमुख भुपेन्द्रकुमार लावतीले सोमबार आयोजित एक कार्यक्रमबीच शिलालेख अनावरण गरेर तथा नगर उपप्रमुख कृष्णकुमारी निरौला र विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुले प्रवेशद्वारमा राखिएको रिबन काटेर अस्पताल भवनको उद्घाटन गर्नुभएको हो । संघीय सरकार र लेटाङ नगरपालिकाको लागत साझेदारीमा २०७९ पुसमा निर्माण शुरु गरिएको १० शैय्याको आधारभूत अस्पताल भवन २०८२ फागुनमा निर
विराटचोकः मोरङको सुन्दरहरैंचास्थित विराटचोकमा राजयोगिनी दादी प्रकाशमणिज्यूको १९ औँ पुण्यतिथिको अवसरमा ‘विश्व बन्धुत्व रक्तदान महाअभियान’ अन्तर्गत हिजो रक्तदान कार्यक्रम आयोजना गरिएको छ ।समाज सेवा प्रभाग, ब्रह्माकुमारीज सुन्दरहरैंचा, विराटचोकको आयोजनामा भएको रक्तदान कार्यक्रमको सुन्दरहरैंचा नगरपालिकाका नगरप्रमुख केदारप्रसाद गुरागाईंले उद्घाटन गर्नुभयो । ‘सेवा नै प्रेम हो’ भन्ने भावनाका साथ रक्तदान कार्यक्रम आयोजना गरिएको बताइएको छ ।आयोजक ब्रह्माकुमारीजले रक्तदानलाई सामाजिक उत्तरदायित्व र मानवीय सेवाको महत्वपूर्ण कार्यका रूपमा लिँदै आगामी दिनमा पनि यस्ता सेवामूलक कार्यक्रमलाई निरन्तरता दिने जनाए
विराटचोकः मोरङको सुन्दरहरैँचा नगरपालिका वडा नं. ११ मा रहेको सुवर्ण फर्मास्युटिकल सेन्टरलाई सञ्चालनमा ल्याउन प्रतिनिधिसभा सदस्य प्रेमलाल चौधरीले पहल थाल्नुभएको छ ।प्रयोगविहीन अवस्थामा रहेको सेन्टरको वास्तविक अवस्था बुझ्न सांसद चौधरीले हालै स्थलगत निरीक्षण गर्नुभएको थियो । निरीक्षणपछि सेन्टर सञ्चालनका लागि आवश्यक पहल अघि बढाउँदै उहाँले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानकी उपकुलपति स्मृति कार्कीसँग भेटघाट गर्नुभएको छ ।भेटका क्रममा सांसद चौधरीले राज्यको ठूलो लगानीमा निर्माण भएको संरचनालाई अब जसरी पनि सञ्चालनमा ल्याउनुपर्नेमा जोड दिनुभएको छ ।औषधि उत्पादन तथा स्वास्थ्य क्षेत्रमा महत्वपू