मनोरञ्जन

    Showing १-१० of १४२ items.
  • चलचित्र पत्रकार संघ नेपाल (कोशी प्रदेश) को नयाँ नेतृत्व चयन, तेस्रो अधिवेशन सम्पन्न

    विराटनगर । चलचित्र पत्रकार संघ नेपाल (कोशी प्रदेश) को तेस्रो अधिवेशन सम्पन्न भएको छ। चैत्र ९ गते विराटनगरस्थित मुनालपथको रुबिज होटलमा आयोजित अधिवेशनमा चलचित्र क्षेत्रसँग सम्बन्धित पत्रकारहरूको उल्लेखनीय सहभागिता रहेको थियो।चलचित्र पत्रकार संघ कोशी प्रदेशको आयोजनामा सम्पन्न अधिवेशनले चलचित्र पत्रकारिताको विकास, पत्रकारहरूको पेशागत क्षमता अभिवृद्धि तथा चलचित्र उद्योगसँग सहकार्यलाई अझ प्रभावकारी बनाउने विषयमा विस्तृत छलफल गरेको जनाएको छ।उद्घाटन सत्र तत्कालीन अध्यक्ष सञ्जु राईको अध्यक्षतामा भव्य रूपमा सम्पन्न भएको थियो। कार्यक्रममा प्रमुख अतिथि विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले नेपाली च

    • प्रकाशित मितिः चैत ९, २०८२
    • २७२ पटक पढिएको
  • जेलमा छैन राजपाललाई भीआइपी सुविधा: अरु कैदी सरह दिनचर्या, सुनाउँछन् कमेडी डाइलग

    एजेन्सी । बलिउड अभिनेता राजपाल यादव चेक-बाउन्स मुद्दाको सम्बन्धमा तिहाड जेलमा छन्। मिडिया रिपोर्टका अनुसार उनी पहिलो २४ घण्टा एकदमै शान्त रहे। तर, अहिले उनी अन्य कैदीहरूसँग घुलमिल भएका छन् र उनीहरूलाई हसाएर मनोरञ्जन दिइरहेका छन्।कैदीको मागमा उनले आफ्ना फिल्मका हास्य संवादहरू पनि सुनाउने गरेको भारतीय सञ्चारमाध्यमले लेखेका छन्। नवभारत टाइम्सको रिपोर्ट अनुसार राजपाल जेल नम्बर २ मा छन्। उनको दिनचर्या अन्य कैदीहरू जस्तै छ। बिहान ब्यारेकबाट निस्कने, फ्रेस हुने, ब्रेकफास्ट गर्ने र बेलुका ७ बजे खाना खाने। उनी राति १० बजेतिर सुत्न जान्छन् र बिहान ५-६ बजे उठ्छन्। उनलाई कुनै पनि भिआइपी सुविधा प्रदान

    • प्रकाशित मितिः फागुन १, २०८२
    • २६६ पटक पढिएको
  • वरिष्ठ कलाकार सुनील थापा ‘राते काइँला’को निधन

    इटहरी । नेपाली तथा भारतीय चलचित्र क्षेत्रका दिग्गज कलाकार सुनील थापाको आज बिहान ७:३० बजे निधन भएको छ।मुटुमा समस्या देखिएपछि थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा उनको हृदयाघातका कारण मृत्यु भएको हो। कलाकार संघका अध्यक्ष मोहन निरौलाले उनको निधनको पुष्टि गरेका छन्।शंखमुलस्थित अपार्टमेन्टमा बस्दै आउनुभएका थापा लामो समयदेखि कला क्षेत्रमा सक्रिय थिए।नेपाली चलचित्रमा ‘खलनायक’ को भूमिकालाई पनि नायक सरह उचाइ, चर्चा र सम्मान दिलाउन उनको अतुलनीय योगदान रहेको छ। विशेषगरी चलचित्र ‘चिनो’ मा निभाएको ‘राते काइँला’ को भूमिकाबाट उनी दर्शकमाझ अत्यन्तै चर्चित थिए। नेपाल र भारतका थुप्रै चलचित्रहरूमा आफ्नो

    • प्रकाशित मितिः माघ २४, २०८२
    • ३४२ पटक पढिएको
  • फिल्म हेरेर दर्शक रोएको दाबी गर्दै ‘आबाट आमा’ टिमले माग्यो माफी

    इटहरी । फिल्म ‘आबाट आमा’को हेरेर दर्शकलाई मानसिक समस्यासमेत परेको दाबी गर्दै निर्माण टिमले उनीहरुसँग माफी मागेको छ । फिल्मका लेखक तथा निर्देशक चन्द्र पन्तले विज्ञप्ति नै जारी गरी माफी मागेका हुन् ।फिल्म हेरेर दर्शक बेहोसमेत भएको उक्त विज्ञप्तिमा दाबी गरिएको छ । लेखिएको छ, ‘हाम्रो फिल्म हेरेर तपाईंहरु रुनुभयो, भक्कानिनुभयो र पुराना पीडाहरु सम्झेर मन दुखाउनुभयो । कतिपय दर्शकहरु फिल्म हेर्दा हेर्दै बेहोस हुनुभएको, कोही बिरामी पर्नुभएको र धेरैलाई मानसिक रुपमा गाह्रो भएको खबर हामीले पायौं ।’आफूहरुको उद्देश्य दर्शकलाई यस्तो कठिनाइमा पार्ने नभएको पन्तले स्पष्ट पारेका छन् ।उनले अगाडि लेखेका छन्,‘जब फि

    • प्रकाशित मितिः माघ २१, २०८२
    • २६९ पटक पढिएको
  • नेतालाई दयाहाङको प्रश्न: भोट माग्ने तपाईंसँग आधार के छ?

    इटहरी । यतिखेर देशभर चुनावी माहोल छ। फागुन २१ गते हुने प्रतिनिधी चुनावका लागि नेताहरुलाई प्रचारप्रसारको चटारो छ। उनीहरु घर घर पुगेर मतदाताहरु रिझाइरहेका छन्।यता जनताहरु भने पटक पटक चुनाव जितेपनि वास्ता नगर्ने उम्मेदवारको व्यवहारले दिक्क छन्। यसैबीच, दयाहाङ राईले पनि चुनावकेन्द्रित व्यङ्ग्य गरेका छन्।बुधबार एक स्टाट्स लेख्दै आफूसँग पनि भोट रहेको बताउँदै यो भोट माग्ने तपाईंहरुसँग आधार के भन्दै प्रश्न गरेका हुन्।‘देशमा चुनाव आइरहेको छ। म सँग एक भोट छ। यो भोट माग्ने तपाईंसँग आधार के छ?,’उनले लेखेका छन्।उनको यस स्टाट्सप्रति धेरैले सहमति जनाएका छन्। अभिनेता राईले गरेको प्रश्न एकदम जायज भएको उनीहरुको

    • प्रकाशित मितिः माघ २१, २०८२
    • १६२ पटक पढिएको
  • ‘बिकाउ मतदाता’प्रति कलाकार गिरीको व्यंग्य: म चाहीँ दहिचिउरे श्रेणीको मतदाता!

    इटहरी । कलाकार दीपकराज गिरीले निर्वाचनको बेला मतदातामा देखिने बिकाउ प्रवृतिप्रति व्यंग्य गरेका छन्। उनले निर्वाचनको बेला ‘मासुभात र दहिचिउरामा बिक्ने’ प्रवृतिलाई सामाजिक सञ्जालमार्फत् व्यंग्य गरेका हुन्। उनले आफू ‘दही चिउरे’ श्रेणीको मतदातामा पर्ने बताएका छन्। ‘चुनावमा ‘मासु भात’ भन्ने शब्द र ‘दहि चिउरे’ भन्ने शब्द एकदम हिट रहेछ,’ उनले बुधबार बिहान सामाजिक सञ्जालमा लेखेका छन्, ‘एउटैको पछि लाग्ने मासु भात! अनि कहिले उस्को, कहिले उस्को पछि लाग्ने दहि चिउरे!’उनले एउटैको भजन गाउनुको सट्टा मुद्दाअनुसार, अवस्थाअनुसार फरकफरक समयमा, फरकफरक व्यक्ति र दललाई समर्थन गर्ने हुनाले आ

    • प्रकाशित मितिः माघ २१, २०८२
    • १८९ पटक पढिएको
  • फूल खसिगो, माया बसिगो’ : बेल बहादुर परियारको लोकसंगीत यात्रा जारी

    बर्दिबास - लोक तथा दोहोरी संगीतको क्षेत्रमा निरन्तर सक्रिय गायक बेल बहादुर परियारले आफ्नो नयाँ दोहोरी गीत ‘फूल खसिगो, माया बसिगो’ को म्युजिक भिडियो मंगलबार बर्दिबासमा सार्वजनिक गरेका छन् ।राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, महोत्तरीको आयोजनामा गौतम होटल, बर्दिबासमा आयोजित कार्यक्रममा मधेश प्रदेशकी पूर्व राज्य मन्त्री सारदा देवी थापा र बर्दिबास नगरपालिकाका मेयर प्रह्लाद कुमार क्षेत्रीले संयुक्त रूपमा भिडियो विमोचन गरे । विमोचनपछि भिडियो उपस्थित दर्शक–श्रोतामाझ प्रोजेक्टरमार्फत देखाइएको थियो ।बेल बहादुर परियार र प्रतिमा अर्यालको स्वर रहेको गीतमा प्रेम, बिछोड र भावनालाई लोकलयमा बु

    • प्रकाशित मितिः माघ २०, २०८२
    • ३१८ पटक पढिएको
  • दिवंगत पति धर्मेन्द्रलाई ‘पद्म विभूषण’ प्राप्त भएपछि हेमा मालिनी: मलाई धेरै गर्व लागेको छ

    एजेन्सी । बलिउड अभिनेत्री तथा सांसद हेमा मालिनीले आफ्ना दिवंगत पति प्रसिद्ध अभिनेता धर्मेन्द्रलाई भारत सरकारले पद्म विभूषण पुरस्कार प्रदान गरेकामा खुसी व्यक्त गरेकी छन्। गणतन्त्र दिवसको पूर्वसन्ध्यामा आइतबार भारतले धर्मेन्द्रलाई पद्म विभूषण प्रदान गर्ने घोषणा गरेको हो। पद्म विभूषण भारतकै दोस्रो सर्वोच्च नागरिक पुरस्कार हो।सामाजिक सञ्जाल प्लाटफर्म इन्स्टाग्राममा धर्मेन्द्रकी पत्नी हेमा मालिनीले सम्मानको लागि खुसी र कृतज्ञता व्यक्त गरेकी छन्।उनले लेखेकी छन्, ‘सरकारले धर्मजीलाई प्रतिष्ठित पद्म विभूषण प्रदान गरेर फिल्म उद्योगमा उनको अतुलनीय योगदानको कदर गरेकामा मलाई धेरै गर्व लागेको छ।’ध

    • प्रकाशित मितिः माघ १२, २०८२
    • १९४ पटक पढिएको
  • र्याप गायक यम बुद्धको नाममा अक्षयकोष स्थापना गर्न श्रद्धाञ्जली साङ्गीतिक कार्यक्रम हुने

    विराटचोकः विपन्न परिवारका विद्यार्थीलाई उच्च शिक्षामा सहज होस् भनेर र्याप गायक यमबुद्ध (स्व. अनिल अधिकारी)को नाममा मोरङको सुन्दरहरैंचा स्थित सुकुना बहुमुखी क्याम्पसमा अक्षयकोष स्थापना गरिने भएको छ ।मङ्गलबार यमबुद्ध फाउन्डेशनले सुकुना बहुमुखी क्याम्पसका पत्रकार सम्मेलन गरी दिएको जानकारीअनुसार विपन्न परिवारका जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने गरी अक्षयकोष स्थापना हुन लागेको जानकारी दिएको हो । फाउण्डेसनका अनुसार यमबुुद्धको सपना पूरा गर्न अक्षयकोष स्थापना गर्न यमबुद्धको स्मृति दिवसको अवसर पारेर श्रद्धाञ्जली कार्यक्रमका साथमा साङ्गीतिक कार्यक्रम हुन लागेको हो ।साङ्गीतिक कार्यक्र

    • प्रकाशित मितिः पुस ३०, २०८२
    • २७५ पटक पढिएको
  • पाँचौँ दिन आज बेलबारी महोत्सवमा स्वप्न सुमन र लक्ष्मी पौडेलको साङ्गीतिक प्रस्तुति

    बेलबारीः दोस्रो बेलबारी महोत्सवको पाँचौँ दिन आज युवापुस्ताका अत्यन्तै लोकप्रिय र चर्चित गायक स्वप्न सुमनले साङ्गीतिक प्रस्तुति दिने भएका छन् ।बेलबारी उद्योग वाणिज्य संघको आयोजनामा भइरहेको महोत्सवको आजको साङ्गीतिक साँझमा स्वप्न सुमनलाई कलाकार लक्ष्मी पौडेलले साथ दिनेछिन् । नेपाल आइडलको सिजन ४ मा तहल्का मच्चाएकी उनी बेलबारीकै बासिन्दा हुन् ।पुस २५ गतेदेखि शुरु भएको यो महोत्सव आगामी माघ ५ गतेसम्म सञ्चालन हुनेछ । आजको मुख्य साङ्गीतिक कार्यक्रम बेलुकी ७ बजे शुरु हुने आयोजकले जनाएको छ ।

    • प्रकाशित मितिः पुस २९, २०८२
    • २९६ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल