मनोरञ्जन

    Showing १-१० of ५६ items.
  • बिरेन तितुङको निर्देशनमा ‘अल्लारे कान्छी’ सार्वजनिक (भिडियोसहित)

    काठमाडौँ । भिडियो निर्देशनमा आफ्नो छुट्टै पहिचान बनाएका बिरेन तितुङको निर्देशन रहेको  नेपाली गीत ‘अल्लारे कान्छी’को  म्युजिक भिडियो सार्वजनिक भएको छ ।  अस्मिता अधिकारी र हस्त लामाको आवाज रहेको गीतको भिडियोमा तामाङ समुदायको चर्चित मोडेल रस्मिला तामाङ र पूर्ण लिम्बूको अभिनयमा रहेको छ । गीतमा शब्द हस्त तामाङकै रहेको छ भने एरेन्ज मिक्स वाङ्छ्यु फ्युबाले गरेका छन्।एचजी मोसन पिक्चर्स नामक युट्युव च्यानलबाट सार्वजनिक गरिएको गीतले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ ।

    • प्रकाशित मितिः आश्विन १६, २०८०
    • ११७ पटक पढिएको
  • रानीको ‘सेल्फी खिचौँला’ विना र निक्सको रोमान्स (भिडियोसहित)

    काठमाडौँ । अमेरिकामा रहेर पनि नेपाली गीतसङ्गीत निरन्तर सार्वजनिक गर्ने रानी शाक्यको नयाँ गीत ‘सेल्फी खिचौँला’ सार्वजनिक गरिएको छ । रानी शाक्य र किरण भुजेलको स्वर रहेको गीतमा हरि उप्रेतीको शब्द, नागेन्द्र श्रेष्ठको सङ्गीत छ ।गीतको भिडियोमा सरोज प्रजा, विना राउत र निक्स शर्माको अभिनय छ । तीन जनाले माया गर्दै सेल्फी खिच्ने कुरा गीतमा गरेका छन् । प्रहिल कार्कीको निर्देशनमा तयार भएको यो भिडियोमा उत्तम हुमागाँइको छायाङ्कन, सन्तोष राजबहाकको कोरियोग्राफी, राकेश दाहालको सम्पादन छ । गीत रोमान्टिक डान्सिङ नम्बरमा तयार पारिएको छ । 

    • प्रकाशित मितिः आश्विन १६, २०८०
    • १११ पटक पढिएको
  • ‘राजै’मा ललनासँग बलेको रोमान्स (भिडियोसहित)

    काठमाडौँ । म्युजिक भिडियो निर्देशनमा लामो समयदेखि क्रियाशील महिला हुन् बबिता श्रेष्ठ । उनै क्षेत्र निर्देशित पछिल्लो भिडियो ‘राजै’ सार्वजनिक भएको छ ।भिडियोमा सागर लम्साल ‘बले’, ललना चिमरियाको प्रेम, रोमान्स र ट्रयाजेटिको कथा समेटिएको छ । राजकुमार शाह, आर्यन पुडासैनी, दीपेश श्रेष्ठ पनि भिडियोमा देखिएका छन् । नेहार बुढाथोकीको शब्द तथा संगीत रहेको गीतमा रेजिना रिमाल र नेहार बुढाथोकीको स्वर छ । गीतको एरेन्ज विशाल निरौलाले गरेका हुन् ।माया प्रेमका कथा बुनिएको भिडियोको निर्माता राजेन्द्र पुरी हुन् । भिडियोमा कल्पेश विश्वकर्माको सम्पादन र उत्सव दाहालको छायाकन छ । गीतलाई प्रेयसी म्युजिकले बाहिर ल

    • प्रकाशित मितिः आश्विन ७, २०८०
    • ६३ पटक पढिएको
  • अभिनेता गौरव पहारीले गरे इन्गेजमेन्ट

    काठमाडौँ । अभिनेता गौरव पहारीले इन्गेजमेन्ट गरेका छन्। पहारीले बुधबार श्रेयानी खतिवडासंग इन्गेजमेन्ट गरेका हुन्।होटेल र्‍याडिसनमा आयोजित समारोहमा उनीहरूको इन्गेजमेन्ट भएको हो। परिवार र निकट साथीहरूको उपस्थितिमा यी दुईले इन्गेजमेन्ट गरेका हुन्।गौरव र श्रेयानीले आगामी मंसिरमा विवाह गर्ने तयारी गरिरहेका छन्।

    • प्रकाशित मितिः आश्विन ४, २०८०
    • ७६ पटक पढिएको
  • परदेशीको कथा बोल्ने ‘परदेशी–२’को गीत सार्वजनिक (भिडियोसहित)

    काठमाडौँ । नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी–२’को नयाँ गीत ‘हिजो काम’  सार्वजनिक गरिएको छ । बडादसैँको अवसर पारेर असोज २६ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्रको गीतले परदेशीकै कथा बोलेको छ ।सतिश चापागाईँको शब्द, प्रशान्त तामाङको स्वर रहेको गीतमा बि।बि अनुरागीको सङ्गीत छ । गीतको श्याम श्वेत रसाइलीले मिक्सिङ गरेका हुन् ।गीतको भिडियोमा चलचित्रका शीर्ष कलाकार प्रकाश सपूत र दिलीप रायमाझीसँगै रमा थपलिया लगायतलाई प्रस्तुत गरिएको छ । नारायण इन्टरनेसनलको प्रस्तुतिमा राजेश बंशल र नारायण रायमाझीको संयुक्त निर्माण रहेको ‘परदेशी–२’मा प्रकाश र दिलीपसँगै प्रशान्त तामाङ, केकी अधिकारी, वर्

    • प्रकाशित मितिः आश्विन ३, २०८०
    • ३७ पटक पढिएको
  • बालगीत ‘पंखहरु’ सार्वजनिक (भिडियोसहित)

    काठमाडौंँ । बालगीत ‘पंखहरु’ सार्वजनिक भएको छ । भास्कर स्वारको शब्द तथा स्वारकै र सुवास पौडेलको संगीत तथा एरेन्ज रहेको गीतमा सुर्याश कार्की, सहर्ष स्वार, वासवी भट्ट, समय भट्ट, रिबिस्का आचार्य, अब्य रेग्मी, प्रज्ञा पोखरेल, प्रतिभा ठकुरी, भेरी कुमार, आध्या पौडेल, प्रतिभा ठकुरी, सुप्रभ जोशी, कृषा लोहनी लगायतको स्वर रहेको छ ।गीतको भिडियोमा भने बालबालिकाको बिभिन्न क्रियाकलपा देखाईको छ । भिडियो रविन श्रेष्ठ, अभिषेक गिरी र इलेक्स श्रेष्ठले तयार पारेका हुन् ।भिडियोमा पनि बालगायक गायिका देखिएका छन् । गीतको रेकडिङ ५१५० स्टुडियोमा स्टीवन तामाङले गरेका हुन् । 

    • प्रकाशित मितिः भदौ ३१, २०८०
    • ४१ पटक पढिएको
  • स्वीजरल्याण्डको हिउँमा अनिलाको ‘बादलसँगै’ (भिडियोसहित)

    काठमाडौँ । गायिका अनिला राईले ‘बादलसँगै’ बोलको आफ्नो गीतको  भिडियो स्वीजरल्याण्डमा छायाँकन गरेकी छन् । उक्त गीतको भिडियोलाई उनले आफ्नै अफिसियल युट्युब च्यानल ‘अनिला राई अफिसियल’ मार्फत हालै सार्वजनिक गरेकी हुन् ।बेलायतलाई कर्मथलो बनाउँदै आएकी अनिला नेपाली गीतसंगीत क्षेत्रमा पनि सक्रिय रहँदै आएकी छन् । हालैका दिनमात्र उनका झण्डै एक दर्जन गीतको भिडियो शृंखलावद्ध रुपमा रिलिज भएको थियो । यसैबेला अनिलाले स्वीजरल्याण्ड घुम्न गएको मौकामा ‘बादलसँगै’ गीतको भिडियो निर्माण गरेकी हुन् ।गायिका अनिला केही साताअघि परिवारसहित स्वीजरल्याण्ड घुम्न गएकी थिइन् । सोही मौकामा ‘बादलसँगै’ गीतको भिडियो निर्म

    • प्रकाशित मितिः भदौ २९, २०८०
    • ६१ पटक पढिएको
  • आदर्श मिश्रको ‘एकादेशको सहर’ गीत सार्वजनिक

    काठमाडौँ । कमेडियन आदर्श मिश्रको मुख्य अभिनय रहेको गीत एकादेशको सहर बजारमा आएको छ।   उक्त गीत सुरज महर्जनको स्वरमा सजिएको छ भने शब्द रचना र निर्देशन समेत उनकै रहेको छ।संयुक्ता महर्जनको निर्माण र राकेल मानन्धरको सहायक निर्देशन रहेको उक्त गीतलाई  विकास केसीले छायाङ्कन तथा सम्पादन गरेका छन् ।आदर्श मिश्र, महेन्द्र (मैन), निरज श्रेष्ठ र अर्चना श्रेष्ठको मुख्य भूमिका रहेको म्युजिक भिडियोमा हालको अवस्थामा जस्तोसुकै वर्गका व्यक्ति अन्तिममा आफ्नो भविष्य खोज्दै विदेशी भूमिमा पुग्नु परेको र तीनै बिदेसिएका व्यक्तिले पठाएको रेमिटेन्सले देशको अर्थतन्त्र धानिरहेको दृश्य देख्न सकिन्छ। 

    • प्रकाशित मितिः भदौ २७, २०८०
    • ३१ पटक पढिएको
  • पुष्पको ‘निष्ठुरी’मा साक्षी (भिडियोसहित)

    काठमाडौँ । गायक तथा संगीतकार पुष्प गजमेरको ‘निष्ठुरी’ बोलको गीतको भिडियो बजारमा आएको छ । गीतमा शब्द, संगीत समेत गायक पुष्प गजमेरकै छ । चान्द सिंहको एरेन्ज रहेको गीतको भिडियोमा भिडियोमा साक्षी लम्साल र रमेश दियालीको अभिनय देख्न सकिन्छ । साक्षी पछिल्लो समय रुचाइएकी मोडल हुन् । थुप्रै भिडियो अभिनय गरेकी साक्षी यसमा अहिले सम्मकै फरक अबतारमा देखा परेकी छन् । प्रकाश धितालको निर्देशन रहेको भिडियो हिमालयन म्युजिक एकेडेमीले बजारमा ल्याएको हो । प्रवासमा रहेर नेपाली गति गाउदै आएका गायक गजमेरले यसअघि दर्जन बढी गीत बजारमा आएका छन् ।

    • प्रकाशित मितिः श्रावण ३२, २०८०
    • ४६ पटक पढिएको
  • डिबीको गजलमा रविना र भुवनको रोमान्स (भिडियोसहित)

    काठमाडौँ । गायक डिबी खड्काको स्वर रहेको गजल गीत ‘माया गरे झै गरी’ सार्वजनिक भएको छ । मनमोहक शैलीमा तयार ट्रयाजेटिका शब्दले भरिएको गीतमा शब्द तथा सङ्गीत भूपेन्द्र खत्रीको छ ।कुसल सिंहको सङ्गीत संयोजन रहेको गीतको भिडियो पनि बनेको छ । जसमा रविना केसी र भुवन श्रेष्ठको रोमान्स देख्न सकिन्छ । भिडियोमा उद्धव नेपाली, सिसेमी लिम्बु र कृष्ण चौलागाइको समेत अभिनय छ ।एक जोडी प्रेमीको प्रेम, रोमान्स र ट्रयाजेटी देखाएको भिडियो सुवास श्रेष्ठ प्रधानले निर्देशन गरेका हुन् । भिडियोमा विनोद तामाङको छायाङ्कन र  टेकेन्द्र शाहको सम्पादन  छ ।

    • प्रकाशित मितिः श्रावण ३२, २०८०
    • ४४ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि इटहरी द्रारा संचालित itaharikhabar.com

दर्ता न.: २२६९५२/२०७६/७७

सम्पर्क: 9852041138


Copyright © 2021 / 2024 / Itaharikhabar.com / All Rights Reserved.