अन्तरास्ट्रिय

    Showing १-१० of २५६ items.
  • नेपालमा सुरुङभित्रबाट ९ दिनपछि जीवितै उद्धार गरिएको विषय विश्वभरका सञ्चारमाध्यममा बन्यो मुख्य समाचार

    इटहरी । बाढी आएको ९ दिनपछि जीवितै उद्धार गरिएको घटनालाई विश्वका चर्चित मिडियाहरूले प्राथमिकताका साथ समाचार बनाएका छन् ।नेपालमा आएको विनाशकारी बाढीपछि त्रिशुली–३ ‘ए’ जलविद्युत आयोजनाको सुरुङबाट ९ दिनसम्म थुनिएका दुई व्यक्तिलाई उद्दार गरिएको छ ।उद्धार गरिएका व्यक्ति ३० वर्षीय सञ्जय साह र ४५ वर्षीय कबिर महर्जन रहेका छन् । सप्तरीका साह त्रिशूली ३ ए एच.ई.पीमा फोरम्यान (मेकानिकल)का रूपमा कार्यरत थिए । महर्जन सोही हाइड्रोपावरमा अटोमेसन प्रोजेक्टमा कार्यरत मेकानिकल सुपरभाइजर हुन् ।यो घटनालाई अमेरिकी समाचार संस्था सीएनएन, एसोसिएटेड प्रेस (एपी), न्युयोर्क टाइम्स, बेलायती प्रसारण संस्था बीबीसी तथा र

    • प्रकाशित मितिः भदौ १९, २०८३
    • ११४ पटक पढिएको
  • जापानको शिजुओकामा जहाजमा आगलागी : एक जनाको मृत्यु

    काठमाडाैँ। मध्य जापानको सिजुओका प्रान्तमा शुक्रबार बिहान निर्माणाधीन जहाजमा आगलागी भएपछि एक जनाको मृत्यु हुनुका साथै कम्तीमा ९ जनालाई अस्पतालमा भर्ना गरिएको स्थानीय मिडियाले जनाएका छन्।सरकारी मिडिया एनएचकेका अनुसार कामदारहरूले मुरेड जहाजमा अपरेसन गरिरहेको अवस्थामा आगलागी भएको हो सिजुओका सहरको जहाज निर्माण कम्पनीका एक कर्मचारीले आपतकालीन सेवाहरूलाई टेलिफोनमार्फत घटनाको जानकारी गराएको जनाइएको छ।प्रहरी र अग्नि अधिकारीहरूलाई उद्धृत गर्दै जारी गरीएको प्रतिवेदनमा एकजना कामदारको घटनास्थलमै मृत्यु भएको पुष्टि भएको छ भने कम्तीमा ९ जनालाई धुवाँको प्रभावलगायतका अन्य लक्षणहरू देखापरेपछि अस्पताल लगिएको जना

    • प्रकाशित मितिः भदौ ५, २०८३
    • २२८ पटक पढिएको
  • कुबेतमा ड्रोन हमलामा परी मृत्यु भएका सोमकुमार तामाङको शव नेपाल ल्याइँदै

    इटहरी ।  कुवेतमा ड्रोन हमलामा परी मृत्यु भएका सोमकुमार तामाङको शव नेपाल ल्याइँदैछ ।परराष्ट्र मन्त्रालयले विज्ञप्ती जारी गरी तेह्रथुमका सोमकुमारको शव आज स्वदेश ल्याउन लागिएको जानकारी दिएको छ ।कुवेत एयरवेजमार्फत् शव नेपाल ल्याउन कुबेतस्थित नेपाली दूतावास र स्थानीय तथा सम्बन्धित कम्पनीसँग आवश्यक समन्वय गरी प्रक्रिया पूरा भइसकेको मन्त्रालयले जनाएको छ ।४४ वर्षीय सोमकुमार कुबेतमा सवारी चालकको रूपमा कार्यरत थिए ।

    • प्रकाशित मितिः साउन १७, २०८३
    • ५६३ पटक पढिएको
  • संयुक्त राष्ट्रसंघीय प्रहरी शिखर सम्मेलनमा प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको दमदार सम्बोधन

    काठमाडौ - संयुक्त राज्य अमेरिकामा जारी संयुक्त राष्ट्रसंघीय प्रहरी शिखर सम्मेलनलाई सम्बोधन गर्दै नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दान बहादुर कार्कीले विश्वव्यापी शान्ति, सुरक्षा तथा कानूनको शासन सुदृढीकरणका लागि अन्तर्राष्ट्रिय प्रहरी सहकार्यको अपरिहार्यतामा जोड दिनुभयो।उहाँले बदलिँदो विश्व सुरक्षा परिवेशसँगै साइबर अपराध, मानव बेचबिखन, अन्तरदेशीय संगठित अपराध, आतंकवाद, आर्थिक अपराध तथा डिजिटल प्रविधिको दुरुपयोगबाट सिर्जित चुनौतीहरू कुनै एक राष्ट्रको प्रयासबाट मात्र समाधान हुन नसक्ने उल्लेख गर्दै सूचना आदान–प्रदान, क्षमता अभिवृद्धि, संयुक्त तालिम तथा प्रविधिको प्रभावकारी उपयोगमार्फत अ

    • प्रकाशित मितिः असार २५, २०८३
    • २९९ पटक पढिएको
  • छोरीसँग बिहे गर्न ठिक्क परेका केटासँग फरार महिला फेरि भिनाजुसँग भागेको आरोप

    एजेन्सी । भारतको उत्तर प्रदेशस्थित अलीगढमा १० महिनाअघि छोरीसँग बिहे गर्न ठिक्क परेका हुनेवाला ज्वाइँसँग फरार भएर चर्चामा आएकी महिलालाई अहिले फेरि भिनाजुसँग भागेको आरोप लागेको छ। सन् २०२५ अप्रिलमा आफ्नी छोरीको विवाह हुनुभन्दा १२ दिनअगाडि भावी ज्वाइँ राहुलसँग भागेकी सपना देवी अहिले आफ्नी दिदीको श्रीमान्‌सँग गएको आरोप लागेको हो। राहुलले २ लाख रुपैयाँ र गरगहना लिएर श्रीमती घरबाट गायब भएको भन्दै प्रहरी थानामा उजुरी दिएपछि यो घटना सार्वजनिक भएको हो।  भारतीय सञ्चारमाध्यमका अनुसार राहुलले यही फेब्रुअरी ११ मा अलीगढको दादोन प्रहरी चौकी पुगेर बिहारबाट श्रीमती

    • प्रकाशित मितिः फागुन १, २०८२
    • ३९६ पटक पढिएको
  • बंगलादेश निर्वाचन : विद्यार्थी विद्रोहबाट स्थापित एनसीपीको लज्जास्पद परिणाम

    एजेन्सी । बंगलादेशमा विद्यार्थी विद्रोहको जगमा गठन भएको नेशनल सिटिजन पार्टी (एनसीपी) ले निर्वाचनमा लज्जास्पद परिणाम हासिल गरेको छ ।बंगलादशेमा जारी मत गणनाका क्रममा एनसीपीले जितेको सिटका आँकडा फरक फरक छ ।‘ढाका ट्रिब्युन’का अनुसार हालसम्म यो पार्टीले ४ सिट जितेको छ र एक सिटमा अग्रता लिएको छ । सीएनएन र रोयटर्सले भने ५ सिट जितेको समाचार लेखेका छन् । सीएनएनका अनुसार एनसीपीले ३० निर्वाचन क्षेत्रमा उम्मेदवारहरू खडा गरेको थियो ।निर्वाचनमा अपेक्षाअनुरूप नतिजा नआएपछि एनसीपीले मतगणनामा अनियमितता भएको आरोप लगाउँदै पुन: मतगणनाको माग गरेको बीबीसीमा समाचार छ ।सन् २०२४ मा भएको विद्यार्थी आन्दोलनबाट शेख हसिना

    • प्रकाशित मितिः फागुन १, २०८२
    • ४२८ पटक पढिएको
  • पाकिस्तानको बलुचिस्तानमा हिंसात्मक झडप, १२९ को मृत्यु

    एजेन्सी । पाकिस्तानको बलुचिस्तानका विभिन्न स्थानमा हिंसात्मक झडप भएको छ । सुरक्षा बलले शनिबार बलुचिस्तानका विभिन्न स्थानमा पृथकतावादी बन्दुकधारीहरूद्वारा गरिएका श्रृंखलाबद्ध र समन्वयात्मक आक्रमणहरूलाई असफल तुल्याएको जनाएको छ ।सर्वसाधारणको हत्या भएपछि गरिएको प्रतिकारात्मक कारबाहीमा सुरक्षा बलले कम्तीमा ६७ ुआतंककारीुहरूलाई मारेको जनाइएको छ । योसँगै विगत दुई दिनमा प्रदेशभर मारिने बन्दुकधारीहरूको कुल संख्या १०८ पुगेको संचारमाध्यमहरूले जनाएका छन् ।सरकारी प्रसारक पाकिस्तान टेलिभिजनका अनुसार सशस्त्र समूहका सदस्यहरूले क्वेटा, नुस्की, दलबन्दिन, पास्नी र ग्वादरलगायत एक दर्जनभन्दा बढी स्थानमा एकैसाथ आक्र

    • प्रकाशित मितिः माघ १८, २०८२
    • ४०१ पटक पढिएको
  • ट्रम्पले फेरि धम्की दिएपछि इरानको जवाफ: ‘हाम्रा सेनाका औँला ट्रिगरमै छन्’

    एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले सैन्य कारबाहीबाट बच्ने भए दुईवटा काम गर्नुपर्ने बताएका छन्।बीबीसीका अनुसार अमेरिकाले खाडी क्षेत्रमा आफ्नो सैन्य उपस्थिति बढाइरहेका बेला ट्रम्पले इरानलाई आक्रमणको चेतावनी दिएका हुन्।ट्रम्पले भनेका छन्, ‘पहिलो- आणविक हतियार नराख। र, दोस्रो- प्रदर्शनकारीहरूलाई मार्न बन्द गर।’उनले इरानमा जारी विरोध प्रदर्शनमा ‘हजारौँ मानिस मारिएको’ आरोप लगाएका छन्।ट्रम्पले चेतावनी दिँदै भनेका छन्, ‘धेरै ठुला र शक्तिशाली अमेरिकी जहाज हाल इरानतिर गइरहेका छन्। हामीले तिनको प्रयोग गर्न नपरे राम्रो हुनेछ।’जवाफमा इरानले पनि अमेरिकालाई कडा चुनौती दिएको छ।&n

    • प्रकाशित मितिः माघ १६, २०८२
    • ३४५ पटक पढिएको
  • अमेरिकामा नेपालीलाई सरकारी सहुलियत लिन कडाइ, गलत विवरण बुझाए भिसा र ग्रिनकार्ड रद्द हुने

    एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आप्रवासी नीतिमा थप कडाइ गरेसँगै अमेरिकामा रहेका नेपालीहरूले त्यहाँको सरकारबाट पाउने विभिन्न सामाजिक सहुलियतहरू उपभोग गर्न नपाउने भएका छन्।पछिल्लो समय आप्रवासीहरूका हकमा अनुदार बन्दै गएको ट्रम्प सरकारले स्वास्थ्य, आवास र शिक्षा जस्ता क्षेत्रमा विदेशी नागरिकले पाउँदै आएको सहुलियतमा बन्देज लगाएको हो। वासिङ्टन डिसीस्थित नेपाली दूतावासका अनुसार नयाँ नियम उल्लंघन गरी सहुलियत लिएको पाइएमा सम्बन्धित व्यक्तिको भिसा र ग्रिनकार्डसमेत रद्द हुन सक्नेछ।कुन-कुन सुविधामा लाग्यो रोक?अमेरिकी सरकारले आफ्ना नागरिकका लागि लक्षित गरेका निम्न सुविधाहरू अब विदेश

    • प्रकाशित मितिः माघ १६, २०८२
    • २३६ पटक पढिएको
  • बंगलादेशका तीन वरिष्ठ प्रहरीलाई मृत्युदण्ड : विद्यार्थी आन्दोलनमा अत्यधिक बल प्रयोग गरेको ठहर

    एजेन्सी । बंगलादेशको अन्तर्राष्ट्रिय अपराध ट्राइबुनल (आईसिटी) ले सोमबार जुलाई २०२४ को आन्दोलनका क्रममा मानवताविरुद्ध अपराध गरेको अभियोगमा ढाकाका तीन वरिष्ठ प्रहरी अधिकारीलाई मृत्युदण्डको सजाय सुनाएको छ। ढाका महानगरकी तत्कालीन प्रहरी कमिस्नर हबिबुर रहमान, सह–कमिस्नर सुदिप कुमार चक्राव्रत र उप–कमिस्नर शाह आलम मोहम्मदलाई सजाय सुनाइएको हो। यसै मुद्दामा अन्य पाँच प्रहरी अधिकारीलाई जेल चलान गरिएको छ।फैसला सुनाइँदा तीनै जना अभियुक्त अदालतमा उपस्थित थिएनन्। उनीहरूको अवस्था अज्ञात रहेको बंगलादेशी सञ्चारमाध्यमले जनाएका छन्।गत जुलाई–अगस्ट २०२४ मा बंगलादेशमा भएको विद्यार्थी आन्दोलनका क्रममा करिब एक हजार च

    • प्रकाशित मितिः माघ १३, २०८२
    • २६७ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल