अन्तरास्ट्रिय

    Showing १-१० of ५३ items.
  • बङ्गलादेशमा डेंगुका कारण मृत्यु हुनेको सङ्ख्या नौ सयभन्दा बढी पुग्यो

    एजेन्सी । बङ्गलादेशमा यस वर्ष हालसम्म एक लाख ८७ हजार ७२५ जनामा डेङ्गुको सङ्क्रमण देखिएकोमा ९०० भन्दा बढीको मृत्यु भएको स्वास्थ्य विभागले आइतबार जनाएको छ ।स्वास्थ्य मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा महानिर्देशनालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार सेप्टेम्बरमा ३१६, अगस्टमा ३४२ र जुलाईमा २०४ गरी कूल ९०९ जना  डेङ्ग सङ्क्रमित विरामीको मृत्यु भएको हो ।महानिर्देशनालयका अनुसार सेप्टेम्बरमा ६३ हजार ९१७, अगस्टमा ७१ हजार ९७६ र जुलाईमा ४३ हजार ८५४ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । दक्षिण एसियाली मुलुकमा स्थानीय समयअनुसार आइतबार बिहान ८ बजेसम्म पछिल्लो २४ घण्टामा १६ जनाको मृत्यु भएको छ

    • प्रकाशित मितिः आश्विन ८, २०८०
    • ५४ पटक पढिएको
  • भारतका पूर्वमन्त्रीको घरमा करोडौँको लुटपाट, तीन नेपाली पक्राउ

    एजेन्सी । भारतका पूर्वमन्त्रीको घरमा चोरी गरेको आरोपमा तीन जना नेपाली पक्राउ परेका छन् । पक्राउ पर्नेमा २० वर्षीय करन बहादुर, २१ वर्षीय सर्जन शाही र ३१ वर्षीय कृष्णबहादुर रहेका छन् । घटनामा डेभिड नाम गरेका अर्का नेपाली फरार रहेको भारतीय प्रहरीले जनाएको छ ।शिरोमनी अकाली दलका पूर्वमन्त्री ८८ वर्षीय जगदीश सिंह ग्राचाको घरमा सोमबार लुटपाट भएको थियो । महाराजा रञ्जितसिंह नगरमा ग्राचासहित उनकी पत्नी, बहिनी र एक महिला कामदार सोमबार आफ्नो निवासमा बेहोस फेला परेका थिए । उनको घरमा काम गर्ने एक नेपाली कामदार फरार रहेका थिए । उनलाई केही महिनाअघि मात्र काममा राखिएको थियो ।लगत्तै लुधियाना प्रहरीले दिल्ल

    • प्रकाशित मितिः आश्विन ४, २०८०
    • ७६ पटक पढिएको
  • ब्राजिलको अमेजनको जङ्गलमा विमान दुर्घटना, १४ जनाको मृत्यु

    काठमाडौँ । ब्राजिलको अमेजनको जङ्गलबीच बार्सेलोस सहरमा शनिवार भएको एक विमान दुर्घटनामा १४ जनाको मृत्यु भएको छ ।  दुर्घटनाग्रस्त विमान  खराब मौसमका बीच अमेजोनासको मानुसबाट बार्सेलोस जाँदै थियो । अधिकारीका अनुसार भारी वर्षाका कारण विमान ल्यान्ड गर्ने कोसिस गरिरहेका बेला दुर्घटनाग्रस्त भएको हो ।  दुर्घटनामा विमानमा सवार सबैको मृत्यु भएको छ । यसमा चालक दलका दुई सदस्यसहित  १२ यात्री थिए जसमा केही पर्यटक रहेको बताइएको छ । समाचार एजेन्सीका अनुसार सबै यात्री ब्राजिलियन मूलका थिए । उनीहरु बार्सेलोसमा स्पोर्ट फिसिङका लागि जाँदै थिए । समाचार एजेन्सी रोयटर्सका अनुसार

    • प्रकाशित मितिः भदौ ३१, २०८०
    • ६३ पटक पढिएको
  • लिबियामा आँधीका कारण ज्यान गुमाउनेको संख्या दुई हजार ३ सय पुग्यो

    काठमाण्डौ । लिबियामा विनाशकारी आँधी र बाढीका कारण ज्यान गुमाउनेको संख्या दुई हजार ३ सय जना पुगेको छ । पूर्वी लिबिया सरकारका नेताले कम्तिमा दुई हजार ३ सय मानिसको ज्यान गएको र हजारौँ बेपत्ता भएको बताएका बीबीसीले जनाएको छ । अन्तर्राष्ट्रिय रेडक्रसका अनुसार आँधीका कारण झण्डै दश हजार मानिस बेपत्ता रहेका र मृतकको संख्या अझै बढ्न सक्ने अनुमान छ ।  गएको आइतबार ड्यानियल आँधीका कारण संकट उत्पन्न भएको हो ।सबैभन्दा बढी प्रभावित सहर डेरनामा दुई वटा बाँध र चार वटा चारवटा पुल भत्किएपछि सहर पुरै डुबेको छ ।उद्धार टोलीहरू समुद्रमा बगेको शव निकाल्न संघर्ष गरिरहेका छन् । सहरको बीचमा खोला बगेको

    • प्रकाशित मितिः भदौ २७, २०८०
    • ७६ पटक पढिएको
  • मेक्सिकोमा आप्रवासी बोकेको बस दुर्घटना हुँदा १६ को मृत्यु, ३६ जना घाइते

    काठमाडौँ । मध्य मेक्सिकोको कुआक नोपालन ओक्साका राजमार्गमा बस दुर्घटना हुँदा कम्तीमा १६ जनाको मृत्यु भएको छ भने ३६ जना घाइते भएका छन् ।अधिकारीहरूका अनुसार स्थानीय र आप्रवासी बोकेको बस ओक्साका र पुएब्ला राज्यको सिमानामा रहेको राजमार्गमा एउटा ट्रेलर ट्रकसँग ठोक्किँदा उक्त दुर्घटना भएको हो ।ओक्साका अभियोजकको कार्यालयका अनुसार सवारी दुर्घटनामा एक नाबालिग सहित कम्तीमा आठ पुरुष र आठ महिलाको मृत्यु भएको छ । घाइतेहरूलाई उपचारका लागि पुएब्लाको अस्पतालमा लगिएको छ ।

    • प्रकाशित मितिः भदौ ६, २०८०
    • ६० पटक पढिएको
  • भारतको बिहारमा पत्रकारको गोली हानी हत्या

    काठमाडौँ । भारतको बिहारस्थित अररिया जिल्लामा शुक्रवार९आज० बिहान एक पत्रकारको गोली हानी हत्या भएको छ । हिन्दी पत्रिका ‘दैनिक जागरण’ का स्थानीय संवाददाता विमल कुमार यादवको अज्ञात अपराधीले घरमा प्रवेश गरी गोली हानेका हुन् । सन् २०१९ मा विमलका भाइको पनि हत्या भएको थियो । त्यो घटनामा विमल एक्लो साक्षी थिए र प्राप्त जानकारीका अनुसार उनीमाथि लगातार आफ्नो बयान फेर्न दबाब दिइएको थियो । 

    • प्रकाशित मितिः भदौ १, २०८०
    • ४९ पटक पढिएको
  • रुसमा पेट्रोल पम्पमा आगो लाग्दा सत्ताइस जनाको मृत्यु

    एजेन्सी । रुसको ककेसस गणतन्त्र दागेस्तानमा रहेको एक पेट्रोल पम्पमा आगलागीसँगै विस्फोट हुँदा २७ जनाको मृत्यु भएको छभने सयभन्दा बढी घाइते भएका छन् । आपतकालीन प्रतिकार्य मन्त्रालयका अनुसार माखचकलामा रहेको पेट्रोल पम्मपमा सोमबार राति उक्त दुर्घटना भएको हो । अग्नि नियन्त्रण कार्यालयका साथै सुरक्षा निकायको सहयोगमा आगो पूर्णरुपमा निभाइएको छ ।रूसी स्वास्थ्य मन्त्रालयले भने मखाचकलाका अस्पतालमा धेरै घाइते भर्ना भएका र मृतकको सङ्ख्या बढ्नसक्ने बताएको छ । दागेस्तानका प्रमुख सर्गेई मेलिकोभले पत्रकारहरूसँगको कुराकानीमा दुर्घटनाको अनुसन्धान भइरहेको जनाउँदै व्यक्तिगत लापरबाहीका कारण घटना भएको ह

    • प्रकाशित मितिः श्रावण ३०, २०८०
    • ४० पटक पढिएको
  • भारतले आज स्वतन्त्रता दिवस मनाउँदै

    काठमाडौँ । भारतमा आज ७७ औँ स्वतन्त्रता दिवस मनाइँदैछ । दिवस मनाउनका लागि राजधानी नयाँदिल्लीमा सुरक्षा व्यवस्था कडा पारिएको छ । त्यहाँ १० हजारभन्दा धेरै सुरक्षाकर्मी परिचालन गरिएको छ ।सन् १९४७ अगस्ट १५ मा भारत बेलायतबाट स्वतन्त्र भएको थियो । भारतले हरेक वर्ष अगस्ट १५ तारिखमा स्वतन्त्रता दिवस मनाउने गर्छ । दिवसको अवसरमा लाल किल्लामा हुने कार्यक्रमलाई प्रधानमन्त्री नरेन्द्र मोदीले सम्बोधन गर्ने तयारी छ ।

    • प्रकाशित मितिः श्रावण ३०, २०८०
    • २९ पटक पढिएको
  • बेइजिङमा बाढीका कारण अहिलेसम्म २० जनाको मृत्यु, १९ बेपत्ता

    काठमाडौँ । चीनको राजधानी बेइजिङमा भारी वर्षाका कारण जनजीवन प्रभावित भएको छ।केही दिनदेखि परेको अविरल वर्षाका कारण यहाँ बाढीजस्तो अवस्था सिर्जना भएको छ, जसमा हालसम्म २० जनाको मृत्यु भइसकेको छ भने १९ जना बेपत्ता छन्। मिडिया रिपोर्टमा मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने दाबी गरिएको छ।सरकारी प्रसारक ‘सीसीटीभी’ का अनुसार अगस्ट १ मा भारी वर्षाका कारण रेलवे स्टेशनहरू बन्द गर्नुपरेको बताएको छ। यससँगै अलपत्र परेका रेल यात्रुहरूलाई तत्कालका लागि विद्यालयमा राखिएको छ। साथै,उनीहरूलाई सामग्री पुर्‍याउन सैन्य हेलिकप्टरहरू तैनाथ गरिएको छ। 

    • प्रकाशित मितिः श्रावण १७, २०८०
    • ४२ पटक पढिएको
  • थाइल्यान्डमा पटका गोदाममा विस्फोट : ९ जनाको मृत्यु, सय जना बढी घाइते

    काठमाडौँ । थाइल्यान्डको एक पटाका गोदाममा भएको विस्फोटमा परि नौ जनाको मृत्यु भएको छ ।घटनामा एक सय जनाभन्दा धेरै व्यक्ति घाइते भएका प्रहरी वरिष्ठ अधिकारीलाई उद्धृत गरी समाचार संस्था एएफपीले जनाएको छ ।दक्षिणी प्रान्त नारथिवातको सुङ्गाई कोलोक सहरमा भवन निर्माणको काम भइरहेका बेला वेल्डिङका कारण विस्फोट भएको अनुमान गरिएको छ । नारथिवाटका गभर्नर सेनन पोङ्गाकसोर्नले पटाका भण्डारण गर्ने गोदाममा विस्फोट भएको र एक सय १५ जना घाइते भएका बताए । उनीहरुको उपचार भैरहेको छ । गोदाममा लागेको आगो निभाइएको छ । विस्फोटका कारण थुप्रै घर, पसल र गाडीमा पनि क्षति पुगेको छ । दक्षिणी प्रान्त नारथिवातको सुङ्ग

    • प्रकाशित मितिः श्रावण १४, २०८०
    • ३७ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि इटहरी द्रारा संचालित itaharikhabar.com

दर्ता न.: २२६९५२/२०७६/७७

सम्पर्क: 9852041138


Copyright © 2021 / 2024 / Itaharikhabar.com / All Rights Reserved.