सूचना प्राविधि

    Showing १-९ of items.
  • आज कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना

    काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा अवस्थित छ। साथै नेपालमा हाल भारतको झारखण्ड आसपासको क्षेत्रमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको छ।जसको प्रभावले हाल देशभर आंशिक देखि सामान्य बदली रही गण्डकी र लुम्बिनी प्रदेशका केहि स्थानहरूमा साथै कोशी र बागमती प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी, मधेस, बागमती, गण्डकी

    • प्रकाशित मितिः आश्विन १७, २०८०
    • १०३ पटक पढिएको
  • आज कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा वर्षाको सम्भावना

    काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको दक्षिणतर्फ र पूर्वमा सरदर स्थानभन्दा पूर्वतर्फ अवस्थित छ। साथै भारतको दक्षिण पूर्वी उत्तरप्रदेश आसपासमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव नेपालमा रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ। आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक वा दुई स्थानमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। यी प्रदेशमा राति पनि चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाउको छ।

    • प्रकाशित मितिः आश्विन ९, २०८०
    • ७६ पटक पढिएको
  • यस्तो छ आजको मौसम

    काठमाडौँ । हाल मनसुनको  न्यून  चापीय  रेखा सरदर  स्थानको  दक्षिणतिर  अवस्थित  छ। जसको प्रभावले हाल देशभर आंशिक देखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशभर आंशिकदेखि  सामान्य  बदली रहनेछ ।  कोशी,  बागमती,  गण्डकी  र  लुम्बिनी प्रदेशका  केही  स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा    चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको  सम्भावना रहेको छ। आज राति भने  देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी,  मधेस,  बागमती,  गण्डकी  र 

    • प्रकाशित मितिः आश्विन ३, २०८०
    • ७८ पटक पढिएको
  • एप्पल आइफोन १५ सार्वजनिक : के छन् विशेषता र ठुला परिवर्तन

    एजेन्सी । एप्पलले आफ्नो नयाँ आईफोनमा लाइटनिङ चार्जिङ पोर्टको सट्टा सी–टाइप चार्जिङ पोर्ट भएको पुष्टि गरेको छ । युरोपेली सङ्घको दबाबमा कम्पनीले यो कदम चालेको हो ।अहिलेसम्म, आईफोनमा अन्य फोनभन्दा छुट्टै लाइट चार्जिङ पोर्ट थियो, जुन आईफोनको पहिचान पनि थियो । तर अब एप्पलले यसलाई परिवर्तन गर्ने निर्णय गरेको छ ।मङ्गलवार आफ्नो वार्षिक लन्च कार्यक्रममा, कम्पनीले अब ‘विश्वव्यापी रूपमा स्वीकृत मानक’ युएसबी–सी केबल नै प्रयोग गरिने बताएको छ ।मङ्गलवार एप्पलले आफ्नो नयाँ सिरिजको घडी पनि सार्वजनिक गरेको छ । यसमा पहिले भन्दा धेरै उन्नत चिप हुनेछ ।यद्यपि, विश्लेषकहरू विश्वास गर्छन् कि एप्पलले यो वर्ष ल्या

    • प्रकाशित मितिः भदौ २७, २०८०
    • ४३ पटक पढिएको
  • कोशी सहित पाँच प्रदेशमा वर्षाको सम्भावना

    काठमाडौँ । नेपालमा हाल भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ। हाल सुदूरपश्चिम, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ।देशका बाँकी भूभागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ ।साथै लुम्बिनी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ। आज रा

    • प्रकाशित मितिः भदौ २५, २०८०
    • ४१ पटक पढिएको
  • मौसम पूर्वानुमान : देशका केही भागमा भारी वर्षाको सम्भावना

    काठमाडौं । देशका केही भागमा आज भारी वर्षाको सम्भावना रहेको छ । केही क्षेत्रमा गएरातिदेखि नै भारी वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । विभागका अनुसार कोसी, मधेस, लुम्बिनी, गण्डकी र

    • प्रकाशित मितिः श्रावण ९, २०८०
    • ८० पटक पढिएको
  • टेलिकमले ल्यायो तीज अफर

    काठमाडौं । नेपाल टेलिकमले तीज अफर ल्याएको छ । भदौ १२ गतेदेखि १७ गतेसम्म लागु हुने गरी टेलिकमले तीज अफर ल्याएको हो ।यस अफर अन्तर्गत ९८ रूपैयाँमा तीन दिनका लागि ६ जीबी डेटा पाइने छ । त्यस्तै २९४ रूपैयाँमा १० दिनका लागि मान्य हुने २० जीबी डेटा पाइने टेलिकमले जनाएको छ । टेलिकमले तीज अफर अन्तर्गत डेटा र भ्वाइसको कम्बो अफर पनि ल्याएको छ । यस अन्तर्गत ४९ रूपैयाँमा १ दिनका लागि मान्य हुने १ एमबीपीएस स्पीडको अनलिमिटेड डेटा र अन नेट अनलिमिटेड भ्वाइस सेवा उपलब्ध हुनेछ । नेपाल टेलिकमका प्रयोगकर्ताहरूले *१४१५# डायल गरी वा एनटी एप प्रयोग गरी तीज अफरको फाइदा उठाउन सक्नेछन् । 

    • प्रकाशित मितिः भदौ १२, २०७९
    • ६१ पटक पढिएको
  • आइफोन-१४ भदौ २३ गते सार्वजनिक हुने

    काठमाडौँ । विश्वको चर्चित मोबाइल कम्पनी एप्पलले आइफोन–१४ अन्तर्गतको स्मार्ट फोन २३ भदौमा सार्वजनिक गर्ने भएको छ ।एप्पलले २३ भदौमा ‘एप्पल इभेन्ट’को आयोजनामार्फत आइफोन–१४ सिरिजको स्मार्टफोन सार्वजनिक गर्न लागेको हो । एप्पलले एक भिडियो क्लिप्स सार्वजनिक गर्दै विश्वमा नै सबैभन्दा बढी रुचाइएको स्मार्ट फोनका लागि प्रतीक्षा गर्न सर्वसाधारणलाई अनुरोधसमेत गरेको छ ।

    • प्रकाशित मितिः भदौ १०, २०७९
    • ७३ पटक पढिएको
  • अब ह्वाट्सएप प्रोफाइलमा पनि अवतार राख्न सकिने

    काठमाडौं । ह्वाट्सएप प्रयोगकर्ताले अब आफ्नो प्रोफाइलमा ‘अवतार’ बनाउनसक्ने भएका छन् ।फेसबुकको प्रोफाइल तथा कभर फोटोमा अवतार राख्ने सुविधा दिएको मेटाले सोही फिचर अब ह्वाट्सएपमा पनि उपलब्ध गराउने भएको हो । ह्वाट्सएपको बेटा भर्सनबारे जानकारी दिने संस्था वाबेटाइन्फोका अनुसार फेसबुक र इन्स्टाग्राममा जस्तै आवश्यकता अनुसार परिमार्जन गरी आफ्नो अवतार बनाएर ह्वाट्सएपको प्रोफाइलमा राख्न सकिने छ ।यसका साथै उक्त अवतारको ब्याकग्राउण्डमा कस्तो रंग राख्ने भन्ने विषयमा पनि प्रयोगकर्ता आफैँले छनोट गर्न सक्नेछन् ।यो फिचर कहिलेबाट प्रयोगकर्तामाझ उपलब्ध हुनेछ भन्ने विषयमा भने कुनै जानकारी उपलब्ध छैन । यसअ

    • प्रकाशित मितिः श्रावण ३०, २०७९
    • ६४ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि इटहरी द्रारा संचालित itaharikhabar.com

दर्ता न.: २२६९५२/२०७६/७७

सम्पर्क: 9852041138


Copyright © 2021 / 2024 / Itaharikhabar.com / All Rights Reserved.