All Posts By इटहरी खबर सम्वाददाता

    Showing १-१० of ८६५ items.
  • नेपालले हङकङलाई दियो १४० रनको लक्ष्य ।

    इटहरी – एसीसी प्रिमियर कप क्रिकेटअन्तर्गत हङकङलाई नेपालले एक सय ४० रनको लक्ष्य दिएको छ । ओमानको अल अमिरात मैदानमो टस जितेर ब्याटिङ रोजेको नेपालले आठ विकेट गुमाएर एक सय ३९ रन मात्रै बनाउन सक्यो ।नेपालका दीपेन्द्रसिँह ऐरीले अविजित ४४ रन बनाए । यस्तै सन्दीप जोराले २२, रोहित पौडेलले २१, कुशल मल्लले १३, सोमपाल कामीले १२, गुल्सन झाले छ, आशिफ शेखले पाँच, करण केसीले तीन र ललित राजवंशीले दुई रन बनाए । हङकङका आयुष शुक्लाले तीन विकेट लिए ।हिजो यूएईसँगको खेलमा पहिलो बलमै आउट भएका कुशल भुर्तेल आज पनि एक रन पनि नजोडी आउट भए । हिजो यूएईसँगको खेलमा पनि नेपालले खराब ब्याटिङ गर्दै जम्मा एक सय २० रनको लक्ष्य दिए

    • प्रकाशित मितिः बैशाख ८, २०८१
    • ६१ पटक पढिएको
  • युएईले टस जित्यो नेपालले पहिला ब्याटिङ गर्दै ।  

    सुनसरी। ओमनमा जारी एसिसी प्रिमियर कपको सेमिफाइनलमा नेपालले युएईविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।ओमनस्थित अलअमरेत क्रिकेट ग्राउन्ड(१ मा युएईले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएका हुन् ।नेपाल समूह ुएु को विजेता र युएई समूह ‘बी’को उपविजेता हो । समूह चरणमा नेपालले चार वटै खेलमा जित हासिल गर्दा यूएईले ३ खेलमा जित र एक खेलमा हार बेहोरेको छ । प्रतियोगिताको विजेता टोलीले २०२५ मा हुने एसिया कप खेल्न पाउनेछ ।

    • प्रकाशित मितिः बैशाख ७, २०८१
    • १२८ पटक पढिएको
  • एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपाल आज युएईसँग भिड्दै ।

    इटहरी  । ओमनमा जारी एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालले आज युएईसँग भिड्दै छ। खेल नेपाली समयअनुसार बिहान पौने १२ बजे सुरु हुनेछ ।समूह ‘ए’ को विजेता नेपालले समूह ’बी’ को उपविजेता युएईसँग सेमिफाइनल खेल्न लागेको हो । समूह ’ए’ उपविजेता हङकङले समूह ’बी’ को विजेता ओमनसँग आजै सेमिफाइनल खेल्दैछ ।समूह चरणमा नेपाल र ओमनले चार ओटै खेलमा जित हासिल गरेका छन् । यूएई ३ खेलमा जित र एक खेलमा हार र हङकङ दुई खेलमा जित र दुई खेलमा हार बेहोरेको छ ।प्रतियोगिताको विजेता टोलीले २०२५ मा हुने एसिया कप खेल्न पाउनेछ ।

    • प्रकाशित मितिः बैशाख ७, २०८१
    • ८६ पटक पढिएको
  • दीपेन्द्र आइसीसी टि-२० अल-राउण्डर वरियतामा ११औं स्थानमा ।

    इटहरी  – नेपाल  राष्ट्रिय क्रिकेट टोलीका अल-राउण्डर दीपेन्द्र सिंह ऐरीले आइसीसी टि-२० अल-राउण्डर वरियतामा ठूलो छलाङ मारेका छन् । दीपेन्द्रले १४ स्थान सुधार गर्दै वरियतामा ११औं स्थानमा पुगेका छन् ।दीपेन्द्र आईसीसी टी–२० को अलराउन्डर वरियतामा एसोसिएट अलराउन्डरको शीर्ष स्थानमा समेत पुगेका छन् । एसोसिएट राष्ट्र मध्य नामिबियाका जेरार्ड एरास्मस १३औं स्थानमा छन् । यसअघि उनी वरियतामा २५औं स्थानमा रहेका थिए । ओमानमा जारी एसीसी प्रिमियर कपमा उत्कृष्ट प्रदर्शन गरिरहेका दीपेन्द्रले पहिलो दुई खेलमा प्लेयर अफ द म्याच समेत जितेका थिए । यो सँगै उनले कतार विरुद्ध अन्तिम ओभरमा ६ बलमा ६ छक्का प्रग

    • प्रकाशित मितिः बैशाख ६, २०८१
    • ११७ पटक पढिएको
  • एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपाल र युएई खेल्ने ।

    इटहरी ।एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालले युएईसँग खेल्ने भएको छ। बुधबार समुहका अन्तिम चरणका खेल सकिएसँगै सेमिफाइनल समिकरण पूरा भएको हो।समूह ए को बिजेता नेपालले समुह बी को उपविजेता युएईसँग खेल्दा समुह ए को उपविजेता हङकङले समुह बी को विजेता ओमानसँग खेल्नेछ।समुह ए बाट नेपाल समुह विजेता र हङकङ समुह उपविजेता बन्दै सेमिफाइनलमा स्थान बनाएका हुन्। समुह बी बाट ओमान समुह विजेता र युएई समुह विजेता बन्दै सेमिफाइनल पुगेका हुन्।नेपाल र ओमान समूहका खेलमा अपराजित रहँदै सेमिफाइनलमा पुगेका हुन्।युएईले भने कम्बोडियामाथि ९ विकेटको फराकिलो जित निकाल्दै अन्तिम चारको यात्रा तय गरेको हो। कुवेत ओमानसँग अन्ति

    • प्रकाशित मितिः बैशाख ५, २०८१
    • १२५ पटक पढिएको
  • एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले साउदी अरबलाई ६ विकेटले हरायो ।

    इटहरी : एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले साउदी अरबलाई ६ विकेटले हराएको छ। साउदी अरेबियाले दिएको  ७४ रनको चुनौती पछ्याउने क्रममा गुलशन झाले सर्वाधिक ३२ रन र  रोहित पौडेलले १६ रन अविजित रहे।  

    • प्रकाशित मितिः बैशाख ५, २०८१
    • १२३ पटक पढिएको
  • आईपीएलमा आज दिल्ली र गुजरात खेल्दै ।

    इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत आज दिल्ली क्यापिटल्स र गुजरात टाइटन्सबीच खेल हुँदैछ।अहमदावादस्थित नरेन्द्र मोदी स्टेडियममा हुने आजको खेल साँझ ७ः४५ बजेबाट सुरु हुनेछ।ऋषभ पन्तको कप्तानीमा रहेको दिल्ली जारी सिजनमा कमजोर प्रदर्शन गर्दै आएको छ भने शुभमन गिलको कप्तानीमा रहेको गुजरात मध्यम प्रदर्शन गर्दै आएको छ। हालसम्म दिल्ली र गुजरात दुबैले समान ६÷६ खेल खेलेका छन्। जसमा दिल्लीले २ मा मात्रै जित हात पारेको छ भने गुजरातले ३ खेलमा जित हात पारेको छ। ४ अङ्कका साथ दिल्ली अङ्क तालिकाको पुछारबाट दोस्रो स्थानमा छ भने गुजरात ६ अङ्कका साथ माथिबाट छैटौँ स्थानमा रहेको छ।

    • प्रकाशित मितिः बैशाख ५, २०८१
    • १०० पटक पढिएको
  • अपराजित रहँदै सेमिफाइनलमा जाने नेपालको लक्ष्य आज साउदी अरबसँग खेल्दै ।

    इटहरी  : ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालले आज साउदी अरबसँग खेल्दैछ। ओमानमा जारी प्रदर्शनमा नेपाल अपराजित रहँदै एक खेल अगावै समूह विजेता बनेर अन्तिम चारमा प्रवेश गरेको हो। खेल आज नेपाली समय अनुसार बिहान पौने १२ बजे सुरु हुनेछ। साविक विजेता नेपाललले आसिफ सेखको एक हजार रन र दीपेन्द्रसिंह ऐरीको ६ छक्का तथा टिमको सन्तुलित प्रदर्शनले विपक्षीलाई दबाबमा राख्दै आइरहेको छ।  आज साउदी अरेबियालाई हराउँदै समूह विजेता बनेर अन्तिम चारमा जाने योजनामा छ।एसीसी प्रिमियर कपको समूह बीमा अप्रत्यासित नतिजा देखिएका छन्। कतारले मलेसियालाई हराएको छ भने साउदी अरेबियाले हङकङविरुद्ध सहज जित हात पारेको

    • प्रकाशित मितिः बैशाख ५, २०८१
    • १४८ पटक पढिएको
  • गजलकार प्रकट पङ्गेनीको निधन ।

    इटहरी  ।साहित्यकार प्रकट पंगेनी शिवको आज निधन भएको छ।मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा साहित्यकार पंगेनीको ७० वर्षको उमेरमा मङ्गलवार दिउँसो निधन भएको हो ।निमोनियाका कारण स्वास्थ्यमा समस्या देखिएपछि उनी सोमबार मणिपाल शिक्षण अस्पताल भर्ना भएका थिए । भेन्टिलेटरमा उपचार गराइराखेका उनको मङ्गलवार दिउँसो निधन भएको हो ।गीत र गजललाई प्रमुख विधाका रूपमा पंगेनीका ‘यो मन कतै अल्झेको छ’ र ‘जूनको चिठी जुना’ लाई गरी दुई गीत संग्रह प्रकाशित भएका छन् । यसबाहेक प्रणयवेदका ऋचाहरू (गजल संग्रह) र अक्षरभरि अक्षता (कविता संग्रह) उनका प्रकाशित कृतिहरू छन् ।

    • प्रकाशित मितिः बैशाख ४, २०८१
    • २२७ पटक पढिएको
  • कोशी प्रदेश : ऐन विपरीत लोक सेवाले विज्ञापन खुलाएको आरोप।

    बिराटनगर  । कोशी प्रदेश लोक सेवा आयोगले प्रदेश निजामती ऐन विपरीत गत चैत २६ गते नवौँ तहको विज्ञापन आह्वान गरेको आरोप लागेको छ । प्रदेश लोक सेवा आयोगले प्रदेश निजामती सेवातर्फ विभिन्न सेवा समूहका प्राविधिक तथा अप्राविधिक तर्फका अधिकृतस्तर नवौँ तहका पदहरूमा दरखास्त आह्वान गरेको थियो ।आठौँ तहका लेखा अधिकृतहरूले सो विज्ञापन रद्द गर्न माग गरेका छन् । चैत ३० गते मुख्यमन्त्री कार्यालयका प्रमुख सचिवलाई उक्त विज्ञान रद्द गर्न पत्र पठाउँदै दर्जनभन्दा बढी अधिकृतहरूले लोक सेवाले विज्ञापन आह्वान गर्नुभन्दा अगाडि संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) गर्नुपर्ने ऐनमा व्यवस्था भएको जिकिर गरेका छन् ।‘....

    • प्रकाशित मितिः बैशाख ४, २०८१
    • १६१ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि इटहरी द्रारा संचालित itaharikhabar.com

दर्ता न.: २२६९५२/२०७६/७७

सम्पर्क: 9852041138


Copyright © 2021 / 2024 / Itaharikhabar.com / All Rights Reserved.