इटहरी - इटहरीको राजस्व ढाटमा सञ्चालन भइरहेको टीभीएसको ‘अचम्मैको महाएक्सचेञ्ज’ मेला भोलि असोज ३१ गते समापन हुँदैछ । मेलामा हालसम्म ७५ वटाभन्दा बढी बाइक तथा स्कुटी बिक्री तथा साटिएका छन् ।पारस अटोमोबाइल्सका सञ्चालक लीलानाथ लुइँटेलका अनुसार हालसम्म ४५ वटा बाइक तथा स्कुटी नगदमा बिक्री भएका छन् भने ३० वटा पुराना सवारीसाधनसँग साटिएका छन् । उनले मेलामा ग्राहकको उत्साहजनक सहभागिता रहेको बताए ।असोज २१ गतेदेखि सञ्चालन भइरहेको मेलामा टीभीएसका विभिन्नमोडलका बाइक तथा स्कुटी खरिदमा १० लाख रुपैयाँसम्म नगद छुट, ‘गोल्डेन की’, क्यासब्याक तथा अन्य उपहारको अवसर उपलब्ध छ । विद्युतीय स्कुटी खरिदमा १० हजार रुप
इटहरी - दशैंको चहलपहलसँगै नयाँ सवारीसाधन खरिद गर्ने ग्राहकलाई लक्षित गर्दै इटहरीमा सञ्चालन भइरहेको टीभीएसको ‘अचम्मैको महाएक्सचेञ्ज’ मेलामा ग्राहकको उत्साहजनक सहभागिता देखिएको छ ।पारस अटोमोबाइल्सले आयोजना गरेको मेलामा आज असोज २४ गते एकै दिन २० वटा बाइक तथा स्कुटी एक्सचेञ्ज तथा बिक्री भएका छन् ।पारस अटोमोबाइल्सका सञ्चालक लीलानाथ लुइँटेलका अनुसार दशैंको अवसरमा सञ्चालन गरिएको मेलामा ग्राहकको उत्साहजनक सहभागिता देखिएको छ । ग्राहकले नयाँ सवारीसाधन खरिद गर्नुका साथै पुराना बाइक तथा स्कुटी साटेर नयाँ सवारीसाधन लैजाने क्रम पनि बढेको उनले बताए ।इटहरीको राजस्व ढाटमा असोज २१ गतेदेखि सुरु भएको मेला असोज ३१
इटहरी । इटहरीमा रहेको भरोसा एजुकेसन कन्सल्टेन्सीमा अध्ययन गरी जापानको भिसा प्राप्त गरेका ८ जना विद्यार्थीलाई आज एक कार्यक्रमबीच बिदाइ गरिएको छ। विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना गर्दै आयोजित कार्यक्रममा उनीहरूलाई सफलताको शुभकामना दिइएको हो।कार्यक्रममा सीबी कलेज इटहरीका अध्यक्ष देशबन्धु कार्की प्रमुख अतिथि थिए। आफू पनि लामो समय अस्ट्रेलियामा बसेर नेपाल फर्किएको अनुभव सुनाउँदै कार्कीले विदेशमा अध्ययन तथा काम गर्दा मेहनत, अनुशासन र सीपलाई प्राथमिकता दिन विद्यार्थीहरूलाई सुझाव दिए। अहिले आफू इटहरीमै व्यवसायमा सक्रिय रहेको बताउँदै उनले विदेशमा सिकेको ज्ञान र अनुभवलाई भविष्यमा आफ्नै देशमा उपयोग
इटहरी । नेपाली कांग्रेसको संगठनभित्र नयाँ पुस्ताको सहभागिता र नेतृत्व हस्तान्तरणको बहस तीव्र भइरहेका बेला सुनसरीमा २५ वर्षीय युवा नेता सुमन रेग्मीले आफूलाई पुस्तान्तरणको अभियानसँग जोड्दै सक्रिय राजनीतिक यात्रा अघि बढाएका छन्। युवा पुस्ताको आवाज पार्टीको निर्णय प्रक्रियामा स्थापित हुनुपर्ने धारणा राख्दै रेग्मीले सुनसरी क्षेत्र नं. २ को सचिव पदमा उम्मेदवारी घोषणा गरेका छन्।सानै उमेरमा पार्टी संगठन र लोकतान्त्रिक गतिविधिमा सक्रिय हुँदै आएका रेग्मी पछिल्लो समय सुनसरी कांग्रेसमा नयाँ पुस्ताको प्रतिनिधिका रूपमा चर्चामा छन्। उनी डेमोक्रेटिक जेन्जी सुनसरी क्षेत्र नं. २(क) का संयोजक समेत हुन्। जेन्जी प
इटहरी - युवा, श्रम तथा रोजगार मन्त्रालयको आयोजनामा इटहरीमा आगामी असोज १४ देखि २० गतेसम्म ‘सीप तथा रोजगार मेला–२०८३’ आयोजना हुने भएको छ।‘सीप र रोजगारी : साझा जिम्मेवारी’ भन्ने नारासहित आयोजना हुने मेलामा उद्योग, सेवा, कृषि, निर्माणलगायत १० वटा विधाका ६५ वटा स्टल रहनेछन्। मेलामार्फत सीपयुक्त जनशक्ति र रोजगारदाताबीच प्रत्यक्ष सम्पर्क स्थापित गरी रोजगारीका अवसर सिर्जना गर्ने लक्ष्य राखिएको छ।यसैबीच, सुन्दरहरैँचा नगरपालिकाले नगर क्षेत्रका सीप तथा रोजगारीको खोजीमा रहेका युवा तथा रोजगारदातालाई मेलामा सहभागी हुन आग्रह गरेको छ। नगरपालिकाका रोजगार संयोजक दिनेश घिमिरेले मेलामा सहभागी भई उपलब्ध रोजग
इटहरी - नेपाल भ्रमणमा रहनुभएका जापानको Chiyoda International Language Academy का प्राध्यापक ओहाता रियोन (Ohata Rion) लाई इटहरीस्थित भरोसा एजुकेसन कन्सल्टेन्सीले विशेष स्वागत तथा सम्मान गरेको छ। उहाँ सँगै अनुपा खवासलाइ समेत कन्सल्टेन्सीमा स्वागत गरिएको हो भरोसा एजुकेसन कन्सल्टेन्सीका सञ्चालक धनबहादुर पुरीले प्राध्यापक ओहाता रियोनलाई स्वागत गर्दै नेपाल र जापानबीचको शैक्षिक सम्बन्धलाई थप मजबुत बनाउन यस्ता भेटघाट र सहकार्य महत्वपूर्ण रहेको बताउनुभयो।जापानमा अध्ययन गर्न चाहने नेपाली विद्यार्थीलाई जापानी भाषा, उच्च शिक्षा तथा करियरका अवसरबारे सही परामर्श र मार्गदर्शन प्रदान गर्दै आएको भरो
सुन्दरहरैँचा - नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मोरङको सुन्दरहरैँचा नगरपालिका–३ को वडा सभापतिमा जीवन ढुंगाना निर्वाचित भएका छन्।अधिवेशनबाट ढुंगाना सभापतिमा निर्वाचित हुँदा माधवप्रसाद घिमिरे र भिमकुमारी भट्टराई उपसभापतिमा निर्वाचित भएका छन्। भट्टराई महिला समावेशी समूहअन्तर्गत उपसभापतिमा निर्विरोध निर्वाचित भएकी हुन्।त्यस्तै, सचिवमा रीता दाहाल र सहसचिवमा झलका देवी दाहाल निर्वाचित भएका छन्। अधिवेशनबाट आठ सदस्यसहित वडा कार्यसमिति गठन भएको छ।
खोटाङ - कोशी प्रदेश सरकारले प्रदेशबाट विनियोजन भएको बजेट हाललाई रोकिएपछि प्रदेशअन्तर्गतका आयोजना तथा कार्यक्रमको ठेक्का प्रक्रिया प्रभावित भएको छ। बजेट संशोधनको प्रक्रियामा रहेकाले अर्को सूचना जारी नभएसम्म प्रदेश बजेटअन्तर्गतका योजनाको ठेक्का प्रकाशन नगर्न मन्त्रालयले निर्देशन दिएको छ।यता, संघीय सरकारबाट प्राप्त सशर्त बजेटअन्तर्गतका योजनाको ठेक्का प्रक्रिया भने अघि बढाइएको छ। पूर्वाधार विकास कार्यालय, खोटाङले संघीय सशर्त बजेटअन्तर्गतका योजनाको ठेक्का प्रक्रिया अघि बढाएको हो।ठेक्का प्रक्रियामा सहभागी हुने निर्माण व्यवसायी तथा सम्बन्धित पक्षलाई सहज होस् भन्ने उद्देश्यले कार्यालयले बोलपत्रसम्बन्ध
काठमाडौ - प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नागरिकसँगको विश्वास र साझेदारीलाई प्रहरी कार्यको प्राथमिकतामा राख्दै नागरिकमैत्री प्रहरी सेवामा जोड दिन निर्देशन दिनुभएको छ ।नेपाल प्रहरी प्रधान कार्यालयमा सोमबार सम्पन्न राष्ट्रिय प्रहरी समन्वय तथा समीक्षा बैठक-२०८३ लाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कार्कीले बदलिँदो सुरक्षा चुनौतीको सामना गर्न प्रहरी र नागरिकबीचको विश्वास तथा सहकार्यलाई थप सुदृढ बनाउनुपर्ने बताउनुभएको हो ।उहाँले अपराधको प्रवृत्ति र जोखिमको विश्लेषण गरी जोखिमआधारित प्रहरी परिचालन गर्ने तथा प्रमाणमुखी एवं प्रविधिको रणनीतिक उपयोगमा आधारित अपराध अनुसन्धान गर्नुपर्नेमा जोड दि
इटहरी - पूर्वी नेपालको पत्रकारिता क्षेत्रमा लामो समयदेखि निरन्तर प्रकाशित हुँदै आएको ब्लास्ट टाइम्स राष्ट्रिय दैनिक स्थापनाको ३२औँ वर्षमा प्रवेश गरेको छ। पत्रिका असोज २ गतेदेखि ३२औँ वर्षमा प्रवेश गरेको हो।तीन दशकभन्दा लामो यात्राका क्रममा ब्लास्ट टाइम्स ले मुलुकका विभिन्न राजनीतिक परिवर्तन, सामाजिक उतारचढाव, प्राकृतिक विपत्ति तथा जनजीवनसँग जोडिएका विविध घटनालाई समाचारका माध्यमबाट पाठकसमक्ष प्रस्तुत गर्दै आएको छ।समयसँगै सञ्चारको स्वरूप र प्रविधिमा व्यापक परिवर्तन आए पनि सत्य, तथ्य र विश्वसनीय सूचना प्रवाह गर्ने आफ्नो मूल दायित्वलाई पत्रिकाले निरन्तरता दिँदै आएको जनाएको छ।पूर्वी नेपालको माटोबाट