विराटनगर । मोरङमा रड प्रहारबाट एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा जहदा गाउँपालिका-२ मोहनपुरका ४० वर्षीय बुधराम सोरेन रहेका छन् ।
गएराति करिब १० बजेको समयमा उनकै श्रीमती ३५ वर्षीय कमली मास्के र भारतीय नागरिक २७ वर्षीय सुनील मिश्रले उनीमाथि रड प्रहार गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी निरीक्षक लेखनाथ दाहालले जानकारी दिए ।
रड प्रहार गर्ने मध्ये मिश्र पक्राउ परेको र श्रीमती कमलीको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

















