इटहरी । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत आज दुई खेल हुँदैछन् ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज दिउँसो साढे १२ बजे हुने पहिलो खेलमा कर्णाली याक्स र पोखरा एभेन्जर्स भिड्ने भएका छन् ।
आज दिउँसो साढे ४ बजे हुने दोस्रो खेलमा चितवन राइनोज र काठमान्डु गोर्खाज आमने–सामने हुनेछन् ।
हिजो एनपीएलअन्तर्गत कुनै पनि खेल समावेश थिएनन् ।
भोलि पनि एनपीएलमा एउटा खेल रहेको छ । भोलि साँझ ५ बजे सुदूर पश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीच खेल हुने तालिका छ ।

















