इटहरी – टिभिएसका आधिकारिक वितरक जगदम्बा मोटर्सले इटहरीमा सुरु गरेको "टिभिएस एक्सचेञ्ज म्यानिया" अभियानले दुई दिनमै ४६ बाइक बिक्री गरेको छ, जसमा ३७ भन्दा बढी बाइक पुराना साटासाट (एक्सचेञ्ज) मा बिक्री भएका छन्।
श्रावण ४ देखि ९ गतेसम्म राजस्व ढाटमा सञ्चालन हुने कार्यक्रम अन्तर्गत जुनसुकै कम्पनीको पुरानो बाइकमा रु. ३०,००० सम्म मूल्याङ्कन, रु. ८,००० छुट, ०% ब्याजमा किस्ताबन्दी, इन्जिनमा लाइफटाइम वारेन्टी र गिफ्ट प्याकेज प्रदान गरिँदैछ।
पुराना बाइक मूल्याङ्कन गर्न १० भ्यालुएटर खटाइएको छ। आयोजकले मूल्य पारदर्शी र पूर्वमै उच्चतम हुने दाबी गरेको छ।
टिभिएसका २३ मोडेल बजारमा उपलब्ध छन्। पूर्वी नेपालका ग्राहकका लागि यो अभियान अवसरले भरिएको बताइएको छ।


















