इटहरी–जगदम्बा मोटर्सद्वारा इटहरीमा सञ्चालन भइरहेको "टिभिएस एक्सचेञ्ज म्यानिया" अभियान चौथो दिनमा प्रवेश गर्दा पनि ग्राहकहरूको उल्लेख्य सहभागिता देखिएको छ।

इटहरी पश्चिम लाइनस्थित राजस्व ढाटमा जारी उक्त कार्यक्रममा बाइक किनमेल र एक्सचेञ्जका लागि आउने ग्राहकको भिड दिनप्रतिदिन बढिरहेको आयोजकको भनाइ छ। ब्याजरहित किस्ता, लाइफटाइम वारेन्टी, निःशुल्क हेल्मेटलगायतका विशेष अफर तथा सहज प्रक्रिया अभियानको प्रमुख आकर्षण बनेका छन्।

IMG-20250718-WA0001

श्रावण ९ गतेसम्म सञ्चालन हुने यस अभियानमा बाँकी दिनहरूमा अझ बढ्दो उत्साहसाथ सहभागिता हुने अपेक्षा गरिएको छ।