इटहरी – नेपालका लागि टीभीएस ब्रान्डको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि. द्वारा इटहरीमा सञ्चालन गरिएको “टीभीएस एक्सचेञ्ज म्यानिया” अभियानप्रति ग्राहकहरूको चासो र सहभागिता उल्लेखनीय देखिएको छ।

श्रावण ४ गतेदेखि सुरु गरिएको अभियानलाई माग अनुसार श्रावण १४ गतेसम्म थप गरिएको आयोजकले जानकारी दिएको छ। इटहरी पश्चिम लाइनस्थित राजस्व ढाटमा जारी कार्यक्रमले बाइक खरिद तथा एक्सचेञ्ज गर्ने ग्राहकहरूको उल्लेख्य भीड आकर्षित गरिरहेको छ।

IMG-20250724-WA0013अभियानमा ०% ब्याजदरमा किस्ताबन्दी, लाइफटाइम इन्जिन वारेन्टी, निःशुल्क हेल्मेट, आकर्षक छुट र उपहार प्याकेज जस्ता विशेष सुविधा उपलब्ध छन्। पुराना बाइकको मूल्याङ्कनका लागि १० जना अनुभवी भ्यालुएटर परिचालन गरिएको छ।

पारस अटो मोबाइल्सका सञ्चालक पौरख लुइँटेलका अनुसार, अफर तथा सहज प्रक्रिया भएकाले मेलामा दिनदिनै ग्राहकको चाप बढ्दो छ।

IMG-20250724-WA0010

ग्राहक रेवती भट्टराईले नयाँ बाइक सस्तो मूल्यमा पाउँदा खुसी लागेको प्रतिक्रिया दिँदै पुरानो सवारी राम्रो मूल्यमा एक्सचेञ्ज गर्न पाएको बताए ।

जगदम्बा मोटर्सका क्षेत्रीय प्रबन्धक अमित चौहानका अनुसार, जुनसुकै कम्पनीका पुराना बाइक लिएर आउँदा ग्राहकले उच्च मूल्याङ्कन, विशेष छुट र आर्थिक सहजता सहित नयाँ सवारी किन्न सक्ने व्यवस्था गरिएको छ।

हाल नेपाली बजारमा टीभीएसका २३ मोडेल उपलब्ध छन्। इटहरी, धरान, इनरुवा, दुहबी लगायत पूर्वी नेपालका ग्राहकका लागि यो अभियान उपयुक्त अवसरको रूपमा स्थापित भएको छ।