इटहरी – जगदम्बा मोटर्स प्रा.लि.द्वारा इटहरी पश्चिम लाइनस्थित राजस्व ढाटमा सञ्चालन भइरहेको “टीभीएस एक्सचेञ्ज म्यानिया” अभियानले ग्राहकको चासो र सहभागिता उल्लेखनीय रुपमा पाइरहेको छ। श्रावण ४ गतेदेखि सुरु भएको यो अभियान श्रावण १४ गतेसम्म जारी रहनेछ।
यसमा ०% ब्याजदरमा किस्ताबन्दी, लाइफटाइम इन्जिन वारेन्टी, निःशुल्क हेल्मेट र विशेष छुटजस्ता आकर्षक सुविधा उपलब्ध छन्। १० जना अनुभवी भ्यालुएटरले पुराना बाइकको उच्च मूल्याङ्कन गरिरहेका छन्।
पारस अटो मोबाइल्सका सञ्चालक पौरख लुइँटेलका अनुसार सहज प्रक्रिया र लाभदायी अफरका कारण ग्राहकको चाप दिनदिनै बढिरहेको छ। ग्राहक रेवती भट्टराईले सस्तो मूल्यमा नयाँ बाइक पाउँदा खुसी व्यक्त गरे।
जगदम्बा मोटर्सका क्षेत्रीय प्रबन्धक अमित चौहानले भने, जुनसुकै ब्रान्डका बाइक ल्याए पनि उच्च मूल्य र छुटसहित नयाँ बाइक खरिद गर्न सकिने व्यवस्था गरिएको छ।
हाल टीभीएसका २३ मोडेल बजारमा उपलब्ध छन् र पूर्वी नेपालको ग्राहकका लागि यो अभियान उत्कृष्ट अवसर साबित भएको छ।


















