सुनसरी - बराहक्षेत्र–३ नडाहाकी धनमाया पुरी ब्लड क्यान्सरसँग संघर्षरत छन् । आर्थिक अवस्था कमजोर भएपछि उपचार कठिन हुँदै गइरहेको अवस्थामा दिपक पुरीको पहलमा देश–विदेश र गाउँघरबाट संकलित ४,६५,५३५ रुपैयाँ आज बिरामीकी छोरा अंकुर पुरीलाई हस्तान्तरण गरिएको छ ।

कार्यक्रममा स्थानीयको बाक्लो उपस्थिति थियो । दिपक पुरीले भने, “मैले समस्या देखाएँ, तर सहयोग गर्ने तपाईंहरू सबै हुनुहुन्छ । बिरामीको स्वास्थ्यमा सुधार हुनु तपाईंहरूको माया र आशीर्वादकै कारण हो ।”

यस सहयोगले पुरी परिवारलाई ठूलो राहत पुगेको छ ।