इटहरी-  इटहरी राजस्वढाटस्थित पारस अटो मोबाइल्समा सुरु भएको टिभिएस एक्सचेञ्ज महा अफरको पहिलो दिनमै ११ युनिट डेलिभरी भएको छ भने ८ बाइक तथा स्कुटर फाइनान्समार्फत बिक्री भएको छ।

अफर अन्तर्गत पुराना सवारी साटेर नयाँ टिभिएस बाइक/स्कुटर खरिद गर्न सकिने व्यवस्था छ। ग्राहकलाई रु. ३० हजारसम्म मूल्यांकन, रु. ८ हजार क्यास डिस्काउन्ट, रु. १० हजार भ्यालु एडिसन, निःशुल्क एक्सेसरीज, हेल्मेट, बाइक कभर र लाइफटाइम वारन्टी उपलब्ध गराइएको छ।

त्यसैगरी नागरिकतामात्रै आधारमा फाइनान्स सुविधा समेत उपलब्ध छ, जसले सीमित बजेट भएका ग्राहकलाई पनि नयाँ बाइक खरिद गर्न सजिलो बनाएको छ।