इटहरी – इटहरी राजस्वढाटस्थित पारस अटो मोबाइल्समा सुरु भएको टिभिएस एक्सचेञ्ज महा अफरको तेस्रो दिनसम्ममा ४३ भन्दा बढी बाइक र स्कुटर बिक्री भइसकेको छ। यसमा ३४ ग्राहकले एक्सचेञ्ज र फाइनान्स सुविधा प्रयोग गरेका छन्।
अफरमा ग्राहकहरूले पुराना सवारी साटेर नयाँ टिभिएस बाइक वा स्कुटर सजिलै खरिद गर्न सक्ने व्यवस्था गरिएको छ। ग्राहकलाई रु. ३० हजारसम्म मूल्यांकन, रु. ८ हजार क्यास छुट, रु. १० हजार भ्यालु एडिसन, निःशुल्क एक्सेसरीज, हेल्मेट, बाइक कभर र लाइफटाइम वारन्टी उपलब्ध गराइएको छ।
त्यसैगरी, नागरिकतामात्रै आधारमा फाइनान्स सुविधा उपलब्ध भएकोले सीमित बजेट भएका ग्राहकले पनि नयाँ बाइक/स्कुटर सजिलै खरिद गर्न सक्छन्। ग्राहकहरूले बजार मूल्यभन्दा बढी मूल्य पाउँदा खुसी व्यक्त गरेका छन् भने अफरको प्रतिक्रिया एकदम सकारात्मक रहेको आयोजकले बताएका छन्।


















