सुनसरी - तमु समुदायको महान पर्व तमु ल्होसार–२०८२ को पावन अवसरमा तमु हयुल छोज धि गुरुङ राष्ट्रिय परिषद जिल्ला कार्यसमिति सुनसरी को आयोजनामा ल्होसार पर्व भव्य रूपमा सम्पन्न भएको छ।

बराहक्षेत्र नगरपालिका–१०, प्रकाशपुरस्थित प्रकाशपुर माध्यमिक विद्यालयको प्रांगणमा आयोजित कार्यक्रम तमु हयुल छोज धि जिल्ला कार्यसमिति सुनसरीका अध्यक्ष धिरज गुरुङ को अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा बराहक्षेत्र नगरपालिका नगरप्रमुख रमेश कार्की प्रमुख अतिथिका रूपमा उपस्थित थिए।

IMG-20251225-WA0011

कार्यक्रममा तमु हयुल छोज धि गुरुङ राष्ट्रिय परिषदका केन्द्रीय उपाध्यक्ष केशरमान गुरुङ, बराहक्षेत्र नगरपालिका वडा नं. १० का वडा अध्यक्ष तेज गुरुङ, पूर्व केन्द्रीय वरिष्ठ उपाध्यक्ष भद्रमान गुरुङ, केन्द्रीय सदस्य दिव्यराज गुरुङ र बलिमान गुरुङ, साथै तमुश्यो हयुल छोज धि गुरुङ महिला राष्ट्रिय परिषदकी केन्द्रीय कार्यवाहक अध्यक्ष शिला गुरुङ विशेष अतिथिका रूपमा सहभागी थिए।

ल्होसार कार्यक्रममा सुनसरी जिल्लाभरका १० वटै इकाइका अध्यक्षहरू, तमु समुदायका अग्रज, तमुश्योहरू तथा ठूलो संख्यामा स्थानीय बासिन्दाको उल्लेखनीय उपस्थिति रहेको थियो। सांस्कृतिक झाँकी, शुभकामना आदान–प्रदान र आपसी सद्भावसहित ल्होसार पर्व हर्षोल्लासका साथ मनाइएको आयोजकले जनाएको छ।

IMG-20251225-WA0007

कार्यक्रम सफल बनाउन सहयोग पुर्‍याउने बराहक्षेत्र नगरपालिका, वडा नं. १० कार्यालय, प्रकाशपुर माध्यमिक विद्यालय व्यवस्थापन समिति, तमु (गुरुङ) विद्यार्थी छोज धि जिल्ला कार्यसमिति सुनसरी, प्रकाशपुरका तमु तमुश्योहरू तथा तमु हयुल छोज धि प्रकाशपुर इकाइका सम्पूर्ण पदाधिकारीहरूलाई आयोजक संस्थाले विशेष धन्यवाद व्यक्त गरेको छ।

तमु समुदायको पहिचान, संस्कृति र परम्परालाई संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले ल्होसार पर्व हरेक वर्ष उत्साहपूर्वक मनाइँदै आएको छ।