इटहरी – इटहरी राजस्वढाटस्थित पारस अटो मोबाइल्समा सञ्चालनमा रहेको टिभिएस एक्सचेञ्ज महाअफरले उल्लेखनीय सफलता हासिल गरेको छ। उक्त महाअफर नेपालका लागि टिभिएस मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरक जगदम्बा मोटर्सको आयोजनामा सञ्चालन गरिएको हो।

अफर अवधिभर कुल ८७ वटा टिभिएस ब्रान्डका बाइक तथा स्कुटर खुद्रा बिक्री भएका छन्। तीमध्ये ७४ वटा बाइक तथा स्कुटर एक्सचेञ्ज तथा फाइनान्स सुविधामार्फत बिक्री भएको पारस अटो मोबाइल्सले जनाएको छ।
पुराना सवारी साटेर नयाँ टिभिएस बाइक वा स्कुटर सहज रूपमा खरिद गर्न सकिने व्यवस्था, आकर्षक छुट तथा सरल फाइनान्स प्रक्रियाका कारण ग्राहकको सहभागिता उत्साहजनक बनेको आयोजकको भनाइ छ।

ग्राहकको उच्च माग र उत्साहजनक सहभागितालाई मध्यनजर गर्दै उक्त महाअफर पौष १६ गतेसम्म विस्तार गरिएको छ। साथै, भोलि शनिबार पनि अफर निरन्तर सञ्चालन हुने जनाइएको छ।