इटहरी – इटहरी राजस्वढाटस्थित पारस अटो मोबाइल्समा सञ्चालनमा रहेको टिभिएस एक्सचेञ्ज महाअफरले उल्लेखनीय सफलता हासिल गरेको छ। नेपालका लागि टिभिएस मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरक जगदम्बा मोटर्सको आयोजनामा सञ्चालन गरिएको उक्त महाअफर अन्तर्गत छोटो अवधिमै ९४ वटा टिभिएस ब्रान्डका बाइक तथा स्कुटर खुद्रा बिक्री भएका छन्।
पारस अटो मोबाइल्सका अनुसार कुल बिक्रीमध्ये ७८ वटा बाइक तथा स्कुटर एक्सचेञ्ज तथा फाइनान्स सुविधामार्फत बिक्री भएका हुन्। पुराना सवारी साधन साटेर नयाँ टिभिएस बाइक वा स्कुटर सहज रूपमा खरिद गर्न सकिने व्यवस्था, आकर्षक छुट तथा सरल फाइनान्स प्रक्रियाका कारण ग्राहकको सहभागिता उल्लेखनीय बनेको आयोजकले जनाएको छ।
ग्राहकको उच्च माग र उत्साहजनक सहभागितालाई मध्यनजर गर्दै उक्त टिभिएस एक्सचेञ्ज महाअफरको अवधि पौष १६ गतेसम्म विस्तार गरिएको पारस अटो मोबाइल्सले जानकारी दिएको छ।


















