इटहरी – इटहरी राजस्वढाटस्थित पारस अटो मोबाइल्समा सञ्चालनमा रहेको टिभिएस एक्सचेञ्ज महाअफरले ग्राहकको उल्लेखनीय आकर्षण पाएको छ। नेपालका लागि टिभिएस मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरक जगदम्बा मोटर्सको आयोजनामा सञ्चालन गरिएको उक्त महाअफरप्रति इटहरी तथा आसपासका क्षेत्रका ग्राहकको उत्साहजनक सहभागिता देखिएको छ।
पुराना सवारी साधन साटेर नयाँ टिभिएस ब्रान्डका मोटरसाइकल तथा स्कुटर सहज रूपमा खरिद गर्न सकिने व्यवस्था, आकर्षक छुट तथा सरल फाइनान्स सुविधाका कारण महाअफरप्रति ग्राहकको चासो बढेको पारस अटो मोबाइल्सले जनाएको छ।
ग्राहकको उच्च मागलाई ध्यानमा राख्दै महाअफरको अवधि विस्तार गरिएको भए पनि भोलि पौष १६ गते यसको अन्तिम दिन रहेको पारस अटो मोबाइल्सले जानकारी दिएको छ। आयोजकले अन्तिम अवसरको सदुपयोग गर्न इच्छुक ग्राहकलाई समयमै शोरुममा उपस्थित हुन आग्रह गरेको छ।


















