इटहरी - एसपीजी अटोमोबाइल्सले इटहरीमा नयाँ विद्युतीय एसयूभी ओमोडा ई–फाइभ प्रो सार्वजनिक गरेको छ।
कम्पनीका अनुसार ५०.७ किलोवाट–घण्टा क्षमताको ब्याट्री र ९९ किलोवाट क्षमताको मोटरयुक्त यस गाडीले एकपटक पूर्ण चार्जमा ३५० किलोमिटरसम्म यात्रा गर्न सक्छ।
गाडीमा मसाज सुविधा भएको चालक सिट, १५.६ इन्चको टचस्क्रिन, सोनी अडियो प्रणाली तथा अत्याधुनिक सुरक्षा प्रविधि जडान गरिएको छ।
ओमोडा ई–फाइभ प्रोको मूल्य ५२ लाख ५५ हजार रुपैयाँदेखि सुरु हुने कम्पनीले जनाएको छ। सार्वजनिक अवसरमा पहिलो ५० ग्राहकलाई ४९ लाख ९९ हजार रुपैयाँमै गाडी उपलब्ध गराइने तथा एक वर्षको निःशुल्क सवारी बीमा सुविधा प्रदान गरिने बताइएको छ।