काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (IPPAN) को महासचिव पदका लागि टी.एन. आचार्यले आफ्नो उम्मेदवारी सार्वजनिक गरेका छन्। ऊर्जा क्षेत्रको लामो अनुभव, सफल नेतृत्व क्षमता र लगानीमैत्री सोचका कारण उनको उम्मेदवारीलाई ऊर्जा क्षेत्रभित्र चासोका साथ हेरिएको छ।
हाल Vision Energy & Power Ltd. का कार्यकारी अध्यक्ष रहेका आचार्य ५७.५ मेगावाट क्षमताको नुप्चे लिखु जलविद्युत आयोजनाका प्रवर्द्धक समेत हुन्। उनले छ्याङ्दी हाइड्रोपावरका विभिन्न आयोजनाको निर्माण तथा सञ्चालनमा अग्रणी भूमिका निर्वाह गरिसकेका छन्।
ऊर्जा क्षेत्रमा मात्र नभई नेपाल विद्युत प्राधिकरण, नेपाल वायु सेवा निगम, नेपाल दूरसञ्चार प्राधिकरण तथा नागरिक लगानी कोषजस्ता महत्वपूर्ण संस्थाको सञ्चालक समितिमा रहेर काम गरेको अनुभव पनि उनीसँग छ। यसले नीति निर्माणदेखि व्यवस्थापनसम्म उनको दक्षता प्रमाणित गर्ने ऊर्जा क्षेत्रका जानकारहरूको भनाइ छ।
आचार्यले आफ्नो प्रमुख एजेन्डामा लगानीमैत्री वातावरण निर्माण, सुशासन र पारदर्शिता, IPPAN को संस्थागत सुदृढीकरण, नयाँ पुस्तालाई ऊर्जा क्षेत्रमा आकर्षित गर्ने वातावरण तथा सदस्यहरूको हकहित संरक्षणलाई प्राथमिकतामा राखेका छन्। साथै जलविद्युत तथा ऊर्जा क्षेत्रको दिगो विकासमार्फत “ऊर्जासम्पन्न नेपाल” निर्माणको लक्ष्यलाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
ऊर्जा क्षेत्रमा अनुभवी, व्यवसायिक र परिणाममुखी नेतृत्वको आवश्यकता रहेको बेला टी.एन. आचार्यको उम्मेदवारीले IPPAN लाई थप प्रभावकारी र सशक्त संस्थाको रूपमा विकास गर्न महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
“ऊर्जा क्षेत्रको विशेषज्ञता, सफल नेतृत्व र दिगो भविष्यको स्पष्ट दृष्टिकोणसहित टी.एन. आचार्य महासचिव पदका लागि बलियो दाबेदारका रूपमा उभिएका छन्।”


















