इटहरी । उद्योग वाणिज्य संघ इटहरीको आगामी निर्वाचनका लागि इटहरी–६, विराटनगर लाइनस्थित न्यु ओम साइ गहना गृहका सञ्चालक हर्कबहादुर विकले सदस्य (वाणिज्य) पदमा उम्मेदवारी दिएका छन्।
लामो समयदेखि सुनचाँदी तथा गहनाको व्यवसाय गर्दै आएका विक यतिबेला चुनावी अभियानमा सक्रिय छन्। उनी व्यवसायीहरूसँग भेटघाट गर्दै आफ्नो पक्षमा मतदान गर्न आग्रह गरिरहेका छन्।
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनलाई लक्षित गर्दै उम्मेदवारहरूले यतिबेला चुनावी अभियानलाई तीव्र बनाएका छन्।


















