इटहरी - श्रम संस्कृति पार्टीले ‘नमुना विकास, नमुना टोल विकास’ अभियानअन्तर्गत आज इटहरी उपमहानगरपालिका–३ मा नमुना टोल विकास कमिटी गठन गरेको छ।
आजको कमिटी गठनसँगै इटहरी–३ मा मात्रै श्रम संस्कृति पार्टीका नौ वटा टोल विकास कमिटी गठन भएका छन्। आज गठन गरिएको नमुना टोल कमिटी अर्जुन विश्वकर्माको संयोजकत्वमा पन्ध्र सदस्यीय रहेको छ।

पार्टीले टोलस्तरबाटै विकास, श्रम र सामाजिक अभियानलाई अघि बढाउने उद्देश्यले ‘नमुना विकास, नमुना टोल विकास’ अभियान सञ्चालन गर्दै आएको जनाएको छ। कमिटी गठनसँगै इटहरी–३ मा पार्टीको स्थानीय संगठन विस्तार थप मजबुत बनेको बताइएको छ।
कार्यक्रममा श्रम संस्कृतिलाई प्राथमिकता दिँदै सहभागीहरूले श्रम गीत गाउँदै अभियानप्रति प्रतिबद्धता व्यक्त गरेका थिए।


















