इटहरी - टीभीएसले इटहरीमा ग्राहकलाई लक्षित गर्दै ‘अचम्मैको डिल’ विशेष योजना सार्वजनिक गरेको छ। योजनाअन्तर्गत पुराना मोटरसाइकल तथा स्कुटर साटेर नयाँ टीभीएस सवारीसाधन खरिद गर्न सकिनेछ।
जगदम्बा मोटर्सअन्तर्गत इटहरीस्थित पारस अटोमोबाइल्सले सञ्चालन गरेको योजनामा पुराना सवारीसाधनको उच्चतम मूल्याङ्कन, आकर्षक नगद छुट तथा सहज वित्तीय सुविधा उपलब्ध गराइने जनाइएको छ।

योजनाअन्तर्गत किस्ता सुविधा दैनिक रु. १२४ बाट सुरु हुने तथा नयाँ टीभीएस सवारीसाधन खरिद गर्ने ग्राहकलाई निःशुल्क हेल्मेट उपलब्ध गराइनेछ।
भदौ ७ गतेदेखि १२ गतेसम्म सञ्चालन हुने योजनामा टीभीएसका विभिन्न मोटरसाइकल तथा स्कुटर समावेश गरिएको छ। योजनाले पुरानो सवारीसाधन साटेर नयाँ सवारीसाधन खरिद गर्न चाहने ग्राहकलाई विशेष सुविधा प्रदान गर्ने जनाइएको छ।
इटहरीस्थित पारस अटोमोबाइल्सले योजनाको अवधिभर ग्राहकलाई एक्सचेन्ज तथा खरिद प्रक्रियामा आवश्यक सहजीकरण गर्ने जनाएको छ।

















