इटहरी - टीभीएसले ग्राहकलाई लक्षित गरी सञ्चालन गरेको ‘अचम्मैको डिल’ योजनाको अवधि भदौ १५ गतेसम्म थप गरिएको छ। योजनाप्रति ग्राहकको आकर्षण बढ्दै जाँदा इटहरीस्थित पारस अटोमोबाइल्सबाट हालसम्म ५५ वटा बाइक तथा स्कुटी बिक्री भएका छन्।
जगदम्बा मोटर्सअन्तर्गत पारस अटोमोबाइल्सले सञ्चालन गरिरहेको योजनामा पुराना मोटरसाइकल तथा स्कुटर साटेर नयाँ टीभीएस सवारीसाधन खरिद गर्न सकिने व्यवस्था गरिएको छ। पुराना सवारीसाधनको उच्च मूल्याङ्कन, आकर्षक नगद छुट तथा सहज वित्तीय सुविधाका कारण ग्राहकको आकर्षण बढेको पारस अटोमोबाइल्स इटहरीका सञ्चालक लीलानाथ लुइँटेलले बताए।
लुइँटेलका अनुसार हालसम्म बिक्री भएका ५५ वटा बाइक तथा स्कुटीमध्ये २५ वटा पुराना सवारीसाधनसँग साटेर र ३० वटा नगद खरिदमार्फत बिक्री भएका छन्।
योजनाअन्तर्गत किस्ता सुविधा दैनिक रु. १२४ बाट सुरु हुने तथा नयाँ टीभीएस सवारीसाधन खरिद गर्ने ग्राहकलाई निःशुल्क हेल्मेटसमेत उपलब्ध गराइने जनाइएको छ।
ग्राहकको आग्रह तथा योजनाप्रतिको बढ्दो आकर्षणलाई ध्यानमा राख्दै ‘अचम्मैको डिल’ योजना भदौ १५ गतेसम्म सञ्चालन हुने सञ्चालक लुइँटेलले जानकारी दिए। योजनामा टीभीएसका विभिन्न मोटरसाइकल तथा स्कुटर समावेश छन्।


















