इटहरी - दशैंको चहलपहलसँगै नयाँ सवारीसाधन खरिद गर्ने ग्राहकलाई लक्षित गर्दै इटहरीमा सञ्चालन भइरहेको टीभीएसको ‘अचम्मैको महाएक्सचेञ्ज’ मेलामा ग्राहकको उत्साहजनक सहभागिता देखिएको छ ।

पारस अटोमोबाइल्सले आयोजना गरेको मेलामा आज असोज २४ गते एकै दिन २० वटा बाइक तथा स्कुटी एक्सचेञ्ज तथा बिक्री भएका छन् ।

पारस अटोमोबाइल्सका सञ्चालक लीलानाथ लुइँटेलका अनुसार दशैंको अवसरमा सञ्चालन गरिएको मेलामा ग्राहकको उत्साहजनक सहभागिता देखिएको छ । ग्राहकले नयाँ सवारीसाधन खरिद गर्नुका साथै पुराना बाइक तथा स्कुटी साटेर नयाँ सवारीसाधन लैजाने क्रम पनि बढेको उनले बताए ।

Itahari

इटहरीको राजस्व ढाटमा असोज २१ गतेदेखि सुरु भएको मेला असोज ३१ गतेसम्म सञ्चालन हुनेछ । मेलामा टीभीएसका विभिन्न मोडलका बाइक तथा स्कुटी खरिद, पुराना सवारीसाधन साट्ने र टेस्ट राइड गर्ने सुविधा उपलब्ध छ ।

मेलामा ग्राहकले १० लाख रुपैयाँसम्मको नगद छुट, विभिन्न योजनामार्फत ‘गोल्डेन की’ जित्ने तथा १०० प्रतिशतसम्म क्यासब्याक पाउने अवसरसमेत प्राप्त गर्न सक्नेछन् । त्यस्तै, नयाँ सवारीसाधन खरिदका लागि वित्तीय सुविधा पनि उपलब्ध छ ।