इटहरी - इटहरीको राजस्व ढाटमा सञ्चालन भइरहेको टीभीएसको ‘अचम्मैको महाएक्सचेञ्ज’ मेला भोलि असोज ३१ गते समापन हुँदैछ । मेलामा हालसम्म ७५ वटाभन्दा बढी बाइक तथा स्कुटी बिक्री तथा साटिएका छन् ।
पारस अटोमोबाइल्सका सञ्चालक लीलानाथ लुइँटेलका अनुसार हालसम्म ४५ वटा बाइक तथा स्कुटी नगदमा बिक्री भएका छन् भने ३० वटा पुराना सवारीसाधनसँग साटिएका छन् । उनले मेलामा ग्राहकको उत्साहजनक सहभागिता रहेको बताए ।

असोज २१ गतेदेखि सञ्चालन भइरहेको मेलामा टीभीएसका विभिन्न
मोडलका बाइक तथा स्कुटी खरिदमा १० लाख रुपैयाँसम्म नगद छुट, ‘गोल्डेन की’, क्यासब्याक तथा अन्य उपहारको अवसर उपलब्ध छ । विद्युतीय स्कुटी खरिदमा १० हजार रुपैयाँसम्म नगद छुटसमेत रहेको आयोजकले जनाएको छ ।


















