All Posts By इटहरी खबर संवाददाता

    Showing १,८६१-१,८७० of ३,०५४ items.
  • स्काउटको १२ रोपनी जग्गा हडपेको आरोप लागेका खड्का बने ऊर्जामन्त्री

    काठमाडौं । नेपाल स्काउटको १२ रोपनी जग्गा वर्षौंदेखि कब्जा गरेर आफ्नो निजी व्यवसाय गरेको आरोप लागेका दीपक खड्का मन्त्री बनेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा खड्का ऊर्जामन्त्री बनेका हुन् ।संखुवासभाबाट प्रत्यक्ष निर्वाचित सांसद् खड्का कांग्रेस सभापति शेरबहादुर देउवा समूहबाट मन्त्री बनेका हुन् । स्काउटको तीन रोपनी जग्गा भाडामा लिएकोमा खड्काले थप ९ रोपनी जग्गा हडपेका थिए । १५ वर्षदेखि अन्य व्यापारिक संस्थालाई दिएर भाडा असुलिरहेका खड्कालाई उक्त जग्गा नेपाल स्काउटलाई फिर्ता गर्न पाटन उच्च अदालतले आदेश दिएपनि अझै कार्यान्वयन भएको छैन ।खड्का जलविद्युत् आयोजनाका प्रवर्द्धक पन

    • प्रकाशित मितिः असार ३१, २०८१
    • २०८ पटक पढिएको
  • ओली सरकारमा १० नयाँ अनुहार : ति काे काे हुन ?

    इटहरी । चौथो पटक प्रधानमन्त्रीको शपथ लिएका केपी शर्मा ओली नेतृत्वको सरकारमा १० नयाँ अनुहार समेटिएका छन् । प्रधानमन्त्री ओली, उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह र विष्णु पौडेल धेरै पटक दोहोरिए पनि यस पटक मन्त्रीमा नयाँलाई पनि अवसर दिइएको छ ।२२ सदस्यीय मन्त्रिपरिषद्मा १२ पुराना हुँदा १० जनाले अवसर पाएका हुन् । यस पटक ओली नेतृत्वको सरकारमा एमालेले भन्दा कांग्रेसले धेरै नयाँ मन्त्री पठाएको छ । कांग्रेसले ६ जनालाई पहिलो पटक अवसर दिँदा एमालेले चार जना नयाँलाई मनत्री बनाएको छ ।कांग्रेसबाट परराष्ट्र आरजु राणा, पर्यटन बद्री पाण्डे, स्वास्थ्य प्रदीप पौडेल, कृषि रामनाथ अधिकारी, वन ऐनबहादुर शाही, युव

    • प्रकाशित मितिः असार ३१, २०८१
    • १९१ पटक पढिएको
  • ‘नेपाललाई भारतमा गाभ्न खोजेको’ आरोपपछि रास्वपामा चल्यो मुकुललाई जेल हाल्ने छलफल

    काठमाडाैं । पार्टीबाट हालै कारबाहीमा परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का संस्थापक महामन्त्री मुकुल ढकालले पार्टीका विभिन्न नेताहरूविरुद्ध अनेक आरोप लगाउने शृंखला अझै चलिरहेको छ।शनिबार पत्रकार टीकाराम यात्रीसँगको अन्तर्वार्तामा ढकालले पार्टी सभापति रवि लामिछाने र उपसभापति स्वर्णिम वाग्लेमाथि यसअघिका  भन्दा संगीन आरोप लगाए।सभापति लामिछानेले प्रधानमन्त्रीका लागि आफू भारतसँग जस्तोसुकै सम्झौता गर्न तयार रहेको र त्यसका लागि पहल गरिदिन आफूलाई अह्राएको ढकालले दाबी गरे। दोस्रोपटक गृहमन्त्री भएपछि रविले त्यसका लागि भारतीय राजदूतसँग एक होटेलमा पार्टीका नेताहरूसहित भेटेको उनको

    • प्रकाशित मितिः असार ३१, २०८१
    • २९३ पटक पढिएको
  • लार्केखोलाको बाढीले झोलुङ्गे पुल बगायो

    सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकास्थित लार्केखोलामा आएको बाढीले झोलुङ्गे पुल बगाएको छ । लार्केखोलामा गए राति (आइतबार) आएको भिषण बाढीले मेलम्ची भोताङ सडक, गाउँपालिकाको वडा नम्बर १ र २ जोड्ने झोलुङ्गे पुल तटीय क्षेत्रको खेतीयोग्य जमिन बगाएको स्थानीय चिरन तामाङले जानकारी दिए ।बाढीले अहिलेसम्म मानवीय नभए पनि भौतिक क्षति धेरै गरेको छ जानकारी दिंदै तामाङले भने, ‘बाढीले चिनियाँ पुल, माझीरुम्टी, तीपेनी, खस्रेबालुवा, खाल्डेखोला, तीपेनीको ड्याम र हस्पिटल, याङरी बस्ती, सुनचौर र मइखर्क क्षेत्रमा बसोबास गर्ने स्थानीयमा त्रास बढेको छ ।’

    • प्रकाशित मितिः असार ३१, २०८१
    • २२९ पटक पढिएको
  • स्पेनले चौंथो पटक जित्यो युरोकप उपाधि

    एजेन्सी । स्पेनले युरोकप–२०२४ को उपाधि जितेको छ । बर्लिनमा गए राति भएको फाइनलमा इङ्ल्याण्डलाई २–१ गोल अन्तरले हराउँदै स्पेनले युरोपेली च्याम्पियनसिपको उपाधि जितेको हो ।दोस्रो हाफको शुरूआतमै स्पेनले अग्रता लिएको थियो । खेलको ४७ औ मिनेटमा स्पेनका लागि निको विलियम्सले गोल गरेका थिए । ७३ औं मिनेटमा इङ्ल्याण्डले बराबरी गोल गर्‍यो । मैदान प्रवेश गरेको तीन मिनेटमै कोल पालमरले बक्स बाहिरबाट उत्कृष्ट गोल गरे ।तर, ८६ औं मिनेटमा स्पेनले विजयी गोल गर्‍यो । मिकेल ओयारजाबालले गोल गर्दै स्पेनलाई जीत दिलाए । स्पेनले सन् २०१२ पछि उपाधि उचालेको हो । स्पेनले पहिलोपल्ट सन् १९६४ मा युरो कप जितेको थियो ।स्पेनको यो

    • प्रकाशित मितिः असार ३१, २०८१
    • १६६ पटक पढिएको
  • प्रधानमन्त्री ओलीको आज शपथ

    काठमाडौं ।  नव नियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आज (सोमबार) पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् । आइतबार प्रधानमन्त्री नियुक्त ओलीले आज शपथ लिन लागेका हुन् । नेकपा एमालेका अध्यक्ष समेत रहेका ओलीलाई आज बिहान ११ बजे राष्ट्रपति रामचन्द्र पौडेलले शपथ ग्रहण गराउने कार्यक्रम छ । पौडेलले बिहान ११ बजे शपथ गराउने कार्यक्रम रहेको राष्ट्रपतिको सचिवालयले जनाएको छ । पौडेलले आइतबार संविधानको धारा ७६(२) अनुसार ओलीलाई प्रधानमन्त्री नियुक्त गरेका थिए । धारा ७६ (२) मा राष्ट्रपतिले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभाको

    • प्रकाशित मितिः असार ३१, २०८१
    • १११ पटक पढिएको
  • यामल बने युरोकप–२०२४ को उत्कृष्ट युवा खेलाडी

    एजेन्सी । स्पेनका खेलाडी लामिन यामलले युरोकप–२०२४ को उत्कृष्ट युवा खेलाडीको अवार्ड जितेका छन् । स्पेनलाई चौंथो पटक युरोकपको उपाधि जिताउन उच्चकोटीको प्रदर्शन गरेका १७ वर्षीय युवा खेलाडी यामलले उत्कृष्ट युवा खेलाडीको अवार्ड जितेका हुन् ।युरो २०२४ मा उनले एक गोल गरेका थिए भने ४ असिस्ट समेत गरेका थिए । यस संस्करणको युरोमा उनी सर्वाधिक असिस्ट गर्ने खेलाडी समेत हुन् । उनले प्रतियोगिताभर कूल ५०७ मिनेट खेलेका थिए । जसमा उनले प्रतियोगिताकै सर्वाधिक ३२ ड्रिबल गरेका थिए ।यामलले सेमिफाइनलमा फ्रान्सविरुद्ध उत्कृष्ट गोल गरेका थिए । एक गोलले पछि परेको अवस्थामा उनले स्पेनका लागि बराबरी गोल गर्दै खेलमा फर्काएक

    • प्रकाशित मितिः असार ३१, २०८१
    • ३८६ पटक पढिएको
  • त्रीशुलीमा बेपत्ता दुई बस र यात्रु खोज्न सरकारले माग्यो भारत र बंगलादेशको सहयोग

    इटहरी । मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत सिमलतालमा शुक्रवार पहिरोसँगै त्रिशूली नदीमा खसेको दुई बस र ५७ जना यात्रुको अवस्था अझै अज्ञात छ । त्रिशूली नदीमा चार दिनदेखि बेपत्ता दुई बस र त्यसमा सवार यात्रुहरुको खोजीका लागि सरकारले भारत र बंगलादेशसँग पनि सहयोग मागेको छ । आइतबार गृहसचिव एकनारायण अर्यालसहित सिमलताल क्षेत्रको स्थलगत अनुगमन गरेर फर्किएपछि गृह मन्त्रालयका अधिकारीहरुले भारत र बंगलादेशका अधिकारीहरुसँग सम्पर्क गरी सहयोग मागेका हुन् ।स्थलगत अनुगमन टोलीमा सहभागी गृह मन्त्रालय अन्तर्गतको द्वन्द्व तथा विपद व्यवस्थापन महाशाखा प्रमुख डा. भीष्मकुमार भूसालले भने, ‘हामीले नेपालमा उपलब्ध सबै प्र

    • प्रकाशित मितिः असार ३१, २०८१
    • ३८५ पटक पढिएको
  • त्रिशूलीमा बेपत्ता दुई बस र यात्रुको आज पनि खोजी

    चितवन । चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालबाट शुक्रबार बिहान साढे तीन बजे त्रिशूली नदीमा खसेका दुई वटा बसको अझै पत्तो लागेको छैन । शुक्रबार र शनिबार दिनभरको प्रयासपछि पनि फेला नपरेपछि आज पनि बिहानैदेखि खोजी थालिएको हो ।  खोजी कार्यको लागि नेपाली सेना र सशस्त्र प्रहरीका गोताखोर तथा नेपाल प्रहरी गरि पाँच सय बढी सुरक्षाकर्मी खटिएका छन् । आजदेखि घटनास्थल र तलतिर सबै सम्भावित स्थानहरूसँगै देवघाटमा समेत खोजी कार्य जारी गरिएको चितवनका प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले जानकारी दिए ।आज दुर्घटनास्थलमा भइरहेको खोजीको निरीक्षण गर्न गृह मन्त्रालयका सचिव एक नारायण अर्यालसहित सु

    • प्रकाशित मितिः असार ३०, २०८१
    • ३८६ पटक पढिएको
  • बबई नदीमाथिको झोलुंगे पुलमा रातभर फस्यो गोरू, १५ घण्टापछि बल्लतल्ल उद्धार

    दाङ । दाङको दंशीशरणा गाउँपालिका वडा नम्बर १ स्थित बबई नदीमाथि झोलुंगे पुलमा फसेको एउटा गोरूको १५ घण्टापछि बल्लतल्ल उद्धार भएको छ। शुक्रबार साँझ ७ बजेदेखि पुलमा फसेको उक्त गोरूलाई शनिबार बिहान १० बजेमात्रै तुल्सीपुरबाटबाट सशस्त्र प्रहरीको टोली पुगेर सकुशल उद्धार गरेको हो। खेतमा दिनभर जोतेर घर फर्कने क्रममा गोरू पुलमा फसेपछि स्थानीय, वडा कार्यालय र प्रहरीसमेतको सहयोगमा शुक्रबार राति ९ बजेसम्म पुलबाट निकाल्न नसक्दा शनिबार सशस्त्र प्रहरी बलको टोली नै पुगेको थियो। बिहान ७ बजेमात्रै सुरु भएको उद्धार कार्यमा गोरूलाई मेसिनले पुलको थोरै भाग काटेर डोरी लगायतक

    • प्रकाशित मितिः असार ३०, २०८१
    • २८४ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल
  • निर्देशक तथा सह-सम्पादक : भोजराज घिमिरे