विराटचोकः सुन्दरहरैंचा नगरपालिकाले नगर क्षेत्रभित्रका सबै सामुदायिक विद्यालयहरूलाई बैशाख २० गतेभित्र विद्यालय व्यवस्थापन समिति पुनर्गठन गरिसक्न परिपत्र गरेको छ ।
नगरका २७ वटा आधारभूत र ११ वटा माध्यमिक विद्यालयहरूमा नयाँ व्यवस्थापन समिति चयनका लागि बैशाख २० को समयसीमा तोकिएको हो ।


















