All Posts By भोजराज घिमिरे

    Showing ११-२० of १,६२९ items.
  • देशका हिमाली र पहाडी भेगमा आज पनि वर्षाको सम्भावना

    इटहरी ।  हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहिरहेका कारण आज पनि देशका पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लागेको छ भने बाँकी भू–भागमा आंशिक बादल लागेको छ ।जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ ।महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी र हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ भने तराई भूभागमा आंशिक बादल लाग्नेछ ।कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली भूभागका केही स्थान तथा मधेस प्रदेशसहित कोशी प्रदेशका तराई भूभाग, लुम्बिनी, कर्णाली र सु

    • प्रकाशित मितिः चैत १६, २०८२
    • ८६ पटक पढिएको
  • बैशाखदेखि ब्रिज कोर्स कक्षा सञ्चालन गर्न नपाइने

    काठमाडौंः २०८३ बैशाखदेखि ब्रिज कोर्स कक्षा सञ्चालनमा पूर्ण रुपमा रोक लगाउने सरकारले निर्णय गरेको छ ।शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ब्रिज कोर्सका कक्षा सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो । विद्यालय तहका विभिन्न कक्षा र उच्च शिक्षाका विभिन्न तहमा भर्ना प्रक्रिया प्रारम्भ हुनुभन्दा अगाडि लिँदै आएको ब्रिज कोर्सका कक्षाहरू सञ्चालनमा रोक लगाइएको हो ।ब्रिज कोर्सले विद्यार्थीको मनोविज्ञान तथा शिक्षामा समतामूलक पहुँचमा नकारात्मक प्रभाव पार्ने र विद्यार्थीका लागि अनावश्यक आर्थिक बोझसमेत पर्न जाने भएकाले रोक लगाइएको मन्त्रालयले जनाएको छ ।

    • प्रकाशित मितिः चैत १६, २०८२
    • १२९ पटक पढिएको
  • २०६२–६३ पछि को–को भए प्रधानमन्त्री, २० वर्षमा १८ जना प्रधानमन्त्री

    इटहरी ।  प्रतिनिधिसभा सदस्य चयनका लागि फागुन २१ गते भएको निर्वाचनबाट झण्डै दुई तिहाइ सिटसहित सत्तामा पुगेको राष्ट्रिय स्वतन्त्र पार्टीले फागुन १३ गते नयाँ सरकार गठन गरी शपथ ग्रहण भएको छ ।२०६२\०६३ को जनआन्दोलनपछिको यो २० वर्षमा धेरै सरकार बने । सामान्यतः एउटा सरकार ५ वर्ष चल्नुपर्ने हो । तर बहुमतको सरकार बन्न नसक्दा र बन्दा पनि सत्ता सञ्चालन सजिलो गरी सञ्चालन गर्न नजान्दा बनेका सरकार ढल्ने गरेका छन् । हालको सरकार झण्डै दुई तिहाइ जनादेशसहितको भएकाले पूरा अवधि टिक्ने विश्वास गर्न सकिने ठाउँ छ ।२० वर्षमा १८ सरकार२०६३ बैशाखदेखि २०८२ चैतसम्मको २० वर्षको अवधिमा १८ ओटा सरकार बनेका छन् । २०६२

    • प्रकाशित मितिः चैत १६, २०८२
    • १२७ पटक पढिएको
  • पूर्व श्रममन्त्रीलाई पराजित गरेका दीपक साह बने श्रममन्त्री

    बर्दिबासः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता दीपक साह श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री बनेका छन् । उनले पूर्व श्रम मन्त्री शरतसिंह भण्डारीलाई पराजित गरेका थिए । भण्डारी १९ पटक मन्त्री भइसकेका व्यक्ति हुन् ।साहले लन्डन स्कुल अफ हाइजिन एन्ड ट्रपिकल मेडिसिनमा ‘पिएचडी स्कलर’, लण्डन स्कुल अफ इकोनोमिक्सबाट हेल्थ पोलिसी र प्लानिङ एण्ड फाइनान्सिङमा स्नातकोत्तर गरेका छन् ।महोत्तरी–२ बाट निर्वाचित नवनियुक्त मन्त्री साहले इन्स्टिच्युट अफ मेडिसिनबाट पब्लिक हेल्थमा स्नातकोत्तर तथा अप्टोमेट्रीमा स्नातकोत्तरका साथै नेपाल ल क्याम्पसबाट एलएलबी गरेका छन् ।नेपाल दृष्टि विशेषज्ञ संघका अध्यक्

    • प्रकाशित मितिः चैत १५, २०८२
    • १५५ पटक पढिएको
  • फोन किन्दा कार जित्ने अवसर ल्यायो होनोर मोबाइलले

    इटहरी ।  फोन किन्दा कार जित्ने अवसरसहित होनोरले आकर्षक उपहार योजना सार्वजनिक गरेको छ । आफ्नो सबैभन्दा ठूलो अभियान अन्तर्गत कम्पनीले होनोर एक्स ९ डी को प्रत्येक खरिदमा दिपल एसओ ५ कार जित्ने अफर सार्वजनिक गरेको छ ।३० दिनका लागि नेपालभर आफ्नो अहिलेसम्मकै सबैभन्दा ठूलो अभियान सञ्चालन गरेको जनाएको कम्पनीले स्मार्टफोनभन्दा बढी मूल्य प्रदान गर्ने उद्देश्यले डिजाइन गरिएको जनाएको छ । यस अभियानले नवीनता र आकांक्षाको संयोजन प्रस्तुत गर्ने पनि कम्पनीले जनाएको छ । २.५ मिटर ड्रप रेसिस्टेन्स, आईपी ६९ के वाटर रेसिस्टेन्स र ८३०० एमएएच ब्याट्रीका लागि परिचित होनोर एक्स ९ डी अब आकर्षक बन्डल अफरहरूसँगै

    • प्रकाशित मितिः चैत १५, २०८२
    • १६२ पटक पढिएको
  • विद्युतीय स्कुटर रिज्टा एस सार्वजनिक, शून्य प्रतिशत ब्याजदरमा फाइनान्स सुविधा पाइने

    इटहरीः विद्युतीय दुई पाङ्ग्रे सवारी साधनमा सक्रिय अथर इनर्जीको विद्युतीय स्कुटर ‘रिज्टा एस’ इटहरीमा सार्वजनिक गरिएको छ । नेपालका लागि आधिकारिक वितरक विद्या इनर्जी प्रालिले शून्य प्रतिशत ब्याजदरमा फाइनान्सको सुविधासहित विद्युतीय स्कुटर बजारमा ल्याएको हो ।पछिल्लो समय विद्युतीय सवारी उपयोगिता बढ्दै गएका कारण इटहरीको पश्चिम लाइनमा नयाँ मोडलको औपचारिक सोरुम खोलिएको कम्पनीले जनाएको छ ।यसअघि सार्वजनिक भएको ‘रिज्टा जेड’ ले राम्रो प्रतिक्रिया पाएपछि त्यसको विस्तारका रूपमा ‘रिज्टा एस’ ल्याइएको वितरक कम्पनीका सीईओ सूर्यांश वैद्यले बताउनुभयो । उहाँका अनुसार स्कुटर नेपाली परिवार र दैनिक प्रयोगलाई लक्ष

    • प्रकाशित मितिः चैत १५, २०८२
    • ११९ पटक पढिएको
  • बजार बढ्ने अपेक्षामा बसेका शेयर लगानीकर्तालाई बजारले देखायो उल्टो गति

    इटहरी ।  लगानीकर्ताको अपेक्षाविपरीत आज शेयर बजार मापन गर्ने परिसूचक (नेप्से इण्डेक्स) ७१.०५ अङ्क अर्थात् २.४० प्रतिशतले घटेर २८७९.११ को बिन्दुमा अडिएको छ ।नयाँ सरकार गठनलगत्तै उत्साहित बनेका लगानीकर्ता एमालेले गरेको आन्दोलनका कारण त्रसित बनेको हुन सक्ने अनुमान गरिएको छ । नेप्सेमा सूचीकृत ३३३ कम्पनीको ३ करोड ५२ लाख ४८ हजार ३९७ कित्ता शेयर १ लाख ९६ हजार १५८ पटक किनबेच हुँदा १५ अर्ब ३ करोड ३३ लाख १० हजार ८६७ रुपैयाँको शेयर कारोबार भएको छ ।घटेको बजारमा ६ कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । यसरी मूल्य बढ्नेमा रिलायन्स स्पिनिङ मिल्स, सुपर खुदी हाइड्रो, रिज लाइन इनर्जी, सूर्यकुण्ड हाइ

    • प्रकाशित मितिः चैत १५, २०८२
    • १९५ पटक पढिएको
  • निशा मेहता स्वास्थ्यमन्त्री भएपछि विराट मेडिकल कलेजद्वारा बधाई

    विराटनगरः नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा शुक्रबार गठन भएको १५ सदस्यीय मन्त्रिपरिषदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की समानुपातिक सांसद निशा मेहताले स्वास्थ्य तथा जनसङ्ख्या एवं खानेपानी मन्त्रालयको जिम्मेवारी पाएकी छिन् ।पेशाले नर्स रहेकी ३८ वर्षीया मेहता सुनसरीको इनरुवाकी हुन् । उनले भारतको ग्वालियरबाट नर्सिङमा स्नातकोत्तर गरेकी छिन् । राजनीतिमा प्रवेश गर्नुअघि उनी विराटनगरस्थित विराट मेडिकल कलेज टिचिङ हस्पिटलमा उपप्राध्यापकका रूपमा कार्यरत थिइन् । निर्वाचन आयोगबाट सांसदको प्रमाणपत्र प्राप्त गरेपछि मात्र उनले आफ्नो नर्सिङ पेशाबाट राजीनामा दिएकी हुन् ।आफ्नै संस्थाक

    • प्रकाशित मितिः चैत १५, २०८२
    • १८३ पटक पढिएको
  • सुविजीमुर मेमोरियल स्कुलमा कुशल अभिभावकत्व कार्यशाला, अन्तरराष्ट्रिय मापदण्डको शिक्षा प्रदानको बाटोमा लाग्ने

    इटहरी ।  आइएसओ मान्यता प्राप्त गर्ने लक्ष्यका साथ सुन्दरहरैंचा नगरपालिका–१२ मा रहेको सुविजीमुर मेमोरियल सेकेण्डरी स्कुल अन्तर्राष्ट्रिय मापदण्डसहितको शिक्षा प्रदान गर्ने दिशामा अग्रसर भएको छ । सो लक्ष्य प्राप्तिका लागि विद्यालयले पछिल्लो समय विभिन्न शैक्षिक तथा व्यवस्थापकीय क्रियाकलापहरू सञ्चालन गर्दै आएको विद्यालयले जनाएको छ ।शनिबार विद्यालयले ‘कुशल अभिभावकत्व कार्यशाला’ सम्पन्न गरेको छ । अभिभावकका लागि अभिमुखीकरणयुक्त सो कार्यक्रममा एभरेस्ट इन्टरनेसनल म्यानेजमेन्ट कम्पनीका प्रबन्ध निर्देशक शैलेन्द्र खरेलले सहजीकरण गर्नुभएको थियो ।सो कार्यशालामा विद्यालयका अभिभावकको उल्लेख्य उपस्थित

    • प्रकाशित मितिः चैत १५, २०८२
    • १२१ पटक पढिएको
  • पूर्व सञ्चारकर्मी विक्रम तिमल्सिना बने सूचना तथा सञ्चार मन्त्री

    इटहरी ।  रेडियो सगरमाथामा सञ्चारकर्मीको रुपमा काम गरेका विक्रम तिमल्सिना सूचना तथा सञ्चारमन्त्री बनेका छन् ।नुवाकोट क्षेत्र नम्बर १ बाट कांग्रेसका प्रकाशशरण महतलाई पराजित गरी प्रतिनिधि सभा सांसद भएका तिमल्सिना रास्वपाको अन्तर्राष्ट्रिय सम्बन्ध विभागमा कार्यरत छन् ।नुवाकोटको पञ्चकन्या गाउँपालिका बानियाटारका ४३ वर्षीय तिमल्सिनाले अस्ट्रेलियाको ग्रेफथ विश्वविद्यालयको स्कुल अफ गभर्मेन्ट एन्ड इन्टरनेसनल रिलेशनबाट राजनीति र अन्तर्राष्ट्रिय सम्बन्ध विषयमा विद्यावारिधी गरेका छन् ।त्यस्तै, क्विन्सल्यान्ड विश्वविद्यालयबाट पनि उनले अन्तर्राष्ट्रिय सम्बन्धमा स्नातकोत्तर गरेका छन् । त्रिभुवन विश्

    • प्रकाशित मितिः चैत १५, २०८२
    • १४२ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल
  • निर्देशक तथा सह-सम्पादक : भोजराज घिमिरे