सुर्खेतः सल्यानको बनगाड कुपिण्डे नगरपालिकाको पुथालामा हिजो जन्ती सवार गाडी दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ ।
बनगाड कुपिण्डे नगरपालिकाको ८ नम्बर वडाबाट कालीमाटीको लक्ष्मीपुरतर्फ जन्ती बोकेर जाँदै गरेको लु.प्र.०१००१ ज ०२७१ नम्बरको जीप दुर्घटना भएको हो । सो दुर्घटनामा कुपिण्डे नगरपालिका– ८ का ५० वर्षीय टोपबहादुर थापा, ५० वर्षीय ठगे घर्ती र २९ वर्षीय कर्णबहादुर पुनको ज्यान गएको हो ।
गम्भीर घाइते ३० वर्षीय मनबहादुर थापाको सुर्खेतस्थित मेहलकुना अस्पतालमा उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।
जीपमा १८ जना सवार रहेकोेमा अरु १४ जना घाइते भएका छन् । उनीहरुलाई उद्धार गरेर सुर्खेतको मेहेलकुना अस्पताल पठाइएको छ ।
जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार यी हुन् घाइते हुनेहरु
१. बनगाड कुपिण्डे–८ का वर्ष ६४ का अम्मरसिहं कँवर (गम्भीर)
२. ऐ.ऐ. बस्ने वर्ष २७ को डम्मर घर्ती (गम्भीर)
३. ऐ.ऐ. बस्ने वर्ष ३० का जनक थापा (गम्भीर)
४. ऐ.ऐ. बस्ने वर्ष ४९ को भुपेन्द्र कँवर (गम्भीर)
५. ऐ.ऐ. बस्ने वर्ष ३० का भुलबहादुर थापा (गम्भीर)
६. ऐ.ऐ. बस्ने वर्ष ५६ का जुगसिहं पुन (गम्भीर)
७. ऐ.ऐ. बस्ने वर्ष ३८ का अम्मर पुन (मध्यम)
८. ऐ.ऐ. बस्ने वर्ष २८ का नरसिङ थापा (मध्यम)
९. ऐ.ऐ. बस्ने वर्ष २५ का प्रेमबहादुर घर्ती (मध्यम)
१०. ऐ.ऐ. बस्ने वर्ष २५ का नरबहादुर थापा (मध्यम)
११. ऐ.ऐ. बस्ने वर्ष ३८ का कर्ण बहादुर थापा (मध्यम)
१२. ऐ.ऐ. बस्ने वर्ष ४५ का लाल ब. घर्ती (मध्यम)
१३. ऐ.ऐ. बस्ने वर्ष १५ का तिलक थापा (मध्यम)
१४. ऐ.ऐ. बस्ने चालक वर्ष ३८ का कुलबहादुर राना (गम्भीर)


















