All Posts By भोजराज घिमिरे

    Showing २१-३० of १,६३२ items.
  • निशा मेहता स्वास्थ्यमन्त्री भएपछि विराट मेडिकल कलेजद्वारा बधाई

    विराटनगरः नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा शुक्रबार गठन भएको १५ सदस्यीय मन्त्रिपरिषदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की समानुपातिक सांसद निशा मेहताले स्वास्थ्य तथा जनसङ्ख्या एवं खानेपानी मन्त्रालयको जिम्मेवारी पाएकी छिन् ।पेशाले नर्स रहेकी ३८ वर्षीया मेहता सुनसरीको इनरुवाकी हुन् । उनले भारतको ग्वालियरबाट नर्सिङमा स्नातकोत्तर गरेकी छिन् । राजनीतिमा प्रवेश गर्नुअघि उनी विराटनगरस्थित विराट मेडिकल कलेज टिचिङ हस्पिटलमा उपप्राध्यापकका रूपमा कार्यरत थिइन् । निर्वाचन आयोगबाट सांसदको प्रमाणपत्र प्राप्त गरेपछि मात्र उनले आफ्नो नर्सिङ पेशाबाट राजीनामा दिएकी हुन् ।आफ्नै संस्थाक

    • प्रकाशित मितिः चैत १५, २०८२
    • १८५ पटक पढिएको
  • सुविजीमुर मेमोरियल स्कुलमा कुशल अभिभावकत्व कार्यशाला, अन्तरराष्ट्रिय मापदण्डको शिक्षा प्रदानको बाटोमा लाग्ने

    इटहरी ।  आइएसओ मान्यता प्राप्त गर्ने लक्ष्यका साथ सुन्दरहरैंचा नगरपालिका–१२ मा रहेको सुविजीमुर मेमोरियल सेकेण्डरी स्कुल अन्तर्राष्ट्रिय मापदण्डसहितको शिक्षा प्रदान गर्ने दिशामा अग्रसर भएको छ । सो लक्ष्य प्राप्तिका लागि विद्यालयले पछिल्लो समय विभिन्न शैक्षिक तथा व्यवस्थापकीय क्रियाकलापहरू सञ्चालन गर्दै आएको विद्यालयले जनाएको छ ।शनिबार विद्यालयले ‘कुशल अभिभावकत्व कार्यशाला’ सम्पन्न गरेको छ । अभिभावकका लागि अभिमुखीकरणयुक्त सो कार्यक्रममा एभरेस्ट इन्टरनेसनल म्यानेजमेन्ट कम्पनीका प्रबन्ध निर्देशक शैलेन्द्र खरेलले सहजीकरण गर्नुभएको थियो ।सो कार्यशालामा विद्यालयका अभिभावकको उल्लेख्य उपस्थित

    • प्रकाशित मितिः चैत १५, २०८२
    • १२४ पटक पढिएको
  • पूर्व सञ्चारकर्मी विक्रम तिमल्सिना बने सूचना तथा सञ्चार मन्त्री

    इटहरी ।  रेडियो सगरमाथामा सञ्चारकर्मीको रुपमा काम गरेका विक्रम तिमल्सिना सूचना तथा सञ्चारमन्त्री बनेका छन् ।नुवाकोट क्षेत्र नम्बर १ बाट कांग्रेसका प्रकाशशरण महतलाई पराजित गरी प्रतिनिधि सभा सांसद भएका तिमल्सिना रास्वपाको अन्तर्राष्ट्रिय सम्बन्ध विभागमा कार्यरत छन् ।नुवाकोटको पञ्चकन्या गाउँपालिका बानियाटारका ४३ वर्षीय तिमल्सिनाले अस्ट्रेलियाको ग्रेफथ विश्वविद्यालयको स्कुल अफ गभर्मेन्ट एन्ड इन्टरनेसनल रिलेशनबाट राजनीति र अन्तर्राष्ट्रिय सम्बन्ध विषयमा विद्यावारिधी गरेका छन् ।त्यस्तै, क्विन्सल्यान्ड विश्वविद्यालयबाट पनि उनले अन्तर्राष्ट्रिय सम्बन्धमा स्नातकोत्तर गरेका छन् । त्रिभुवन विश्

    • प्रकाशित मितिः चैत १५, २०८२
    • १४५ पटक पढिएको
  • १५२ रुपैयाँ नाघ्यो अमेरिकी डलरको बिक्री दर

    इटहरी ।  अमेरिकी डलरको मूल्य बढ्दै गएको छ । आज एक अमेरिकी डलरको खरिद दर १५१ रुपैयाँ ४१ पैसा र बिक्री दर १५२ रुपैयाँ १ पैसा तोकिएको छ ।नेपाल राष्ट्र बैंकले आइतबारका लागि विभिन्न विदेशी मुद्राको विनिमय दर तोकेअनुसार अष्ट्रेलियन डलर एकको खरिददर १०४ रुपैयाँ ३७ पैसा र बिक्रीदर १०४ रुपैयाँ ७९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०९ रुपैयाँ ३२ पैसा र बिक्रीदर १०९ रुपैयाँ ७५ पैसा पैसा तोकिएको छ ।युरोपियन युरो एकको खरिददर १७४ रुपैयाँ ३२ पैसा र बिक्रीदर १७५ रुपैयाँ १ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर २०१ रुपैयाँ ४१ पैसा र बिक्रीदर २०२ रुपैयाँ २० पैसा कायम गरिएको छ ।राष्ट्र बैङ्कले यो विनिमय

    • प्रकाशित मितिः चैत १५, २०८२
    • ११७ पटक पढिएको
  • पूर्व ऊर्जामन्त्री कांग्रेस नेता दीपक खड्का पक्राउ

    काठमाडौंः नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् । सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धानका क्रममा उनी पक्राउ परेको बताइएको छ ।खड्का लैनचौरस्थित स्काउटको जग्गा विवादमा मुछिएका व्यक्ति छन् ।नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबी स्रोतले पूर्वमन्त्री खड्का पक्राउ परेको जनाएको छ ।सरकारले हिजो नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस नेता एवम् पूर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेको थियो ।

    • प्रकाशित मितिः चैत १५, २०८२
    • १५९ पटक पढिएको
  • ओली पक्राउको विरोधमा एमालेले आज देशभरका जिल्ला प्रशासन कार्यालयमा विरोधपत्र बुझाउने

    विराटचोकः पार्टी अध्यक्ष केपी ओली पक्राउको विरोधमा उत्रिएका एमालेका नेता–कार्यकर्ताहरूले आज देशभरका जिल्ला प्रशासन कार्यालयमा विरोधपत्र बुझाउने भएका छन् । हिजो पनि एमाले कार्यकर्ताले देशका विभिन्न स्थानमा विरोध प्रदर्शन गरेका थिए । त्यस क्रममा एक जना घाइते भएका थिए भने ७ जनालाई प्रहरीले गिरफ्तार गरेको थियो ।एमाले सचिवालय बैठकको निर्णयअनुसार आज एमालेले ७७ वटै जिल्लाका जिल्ला प्रशासन कार्यालयमा विरोधपत्र बुझाउने र आन्दोलनलाई निरन्तरता दिने जनाएको छ ।शनिबार बिहान ओली पक्राउ परेपछि एमाले आन्दोलित बनेको छ ।पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन सरकारले कार्यान्वयन

    • प्रकाशित मितिः चैत १५, २०८२
    • १०८ पटक पढिएको
  • एमाले, नागरिक उन्मुक्ति पार्टी हुँदै रास्वपामा आबद्ध भएकी गीता चौधरी बनिन् कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरण मन्त्री

    कञ्चनपुरः ३३ वर्षीया गीता चौधरी कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरण मन्त्री बनेकी छिन् । कञ्चनपुरको साधारण थारू परिवारमा जन्मिएकी गीताको जीवनी सङ्घर्षले भरिएको छ ।बाल्यकाल आर्थिक अभावमा बिताएकी उनले कानुन सङ्कायमा स्नातकोत्तर गरेकी छिन् । कानुनवेत्ताका रूपमा आफ्नो छवि बनाएकी उनी दीनहीनहरूको अधिवक्तासमेत थिइन् ।आफ्नो क्षेत्रका १५० भन्दा बढी गरिब, दलित र सीमान्तकृत नागरिकलाई आइपरेको कानुनी झमेलामा उनले परामर्श दिएकी छिन् । आर्थिक रूपमा कमजोर रहेका व्यक्तिले भोगिरहेको जग्गा विवाद र घरेलु हिंसाका मुद्दामा उनले कानुनी सहायता प्रदान गरेकी थिइन् ।२०६२–०६३ को आन्दोलपछि उनी नेकपा एमालेमा आबद्

    • प्रकाशित मितिः चैत १५, २०८२
    • १३३ पटक पढिएको
  • सुदूर पश्चिमबाहेकका प्रदेशका हिमाली र पहाडी भेगमा वर्षा र हिमपातको सम्भावना

    इटहरी ।  हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीका साथै स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशभर साधरणतया बादल लागेको छ । कोशी र बागमती प्रदेशका केही स्थानहरूमा मध्यम वर्षासहित हिमपात भइरहेको महाशाखाले जनाएको छ ।महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी र हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ भने बाँकी भूभागमा आंशिक बादल लाग्नेछ । देशका पहाडी र हिमाली भूभागका थोरै स्थानहरूमा चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।आज राति कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी र हिमाली भूभाग तथा बाँकी प्रदेशका हिमाली भूभागमा साधरणतया बाद

    • प्रकाशित मितिः चैत १५, २०८२
    • ११८ पटक पढिएको
  • इञ्जिनियर सुनिल लम्साल बने भौतिक पूर्वाधार तथा यातायात मन्त्री

    बुटवलः पूर्वाधार क्षेत्रमा काम गर्दै आएका रूपन्देही क्षेत्र नम्बर १ बाट निर्वाचित सुनिल लम्साल भौतिक पूर्वधार तथा यातायात मन्त्री भएका छन् । उनी रूपन्देही–१ मा ५४ हजार ८४५ मत प्राप्त गरी निर्वाचित भएका थिए ।रूपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ७ घर भएका ३५ वर्षीय लम्सालले काठमाडौं महानगरपालिकामा बालेन्द्र शाह मेयर हुँदा सचिवालयमा रहेर पूर्वाधार सल्लाहकारका रूपमा काम गरेका थिए ।उनले फोहोर व्यवस्थापन, सार्वजनिक सम्पत्ति संरक्षण र शहरी अनुशासनलाई केन्द्रमा रहेर काम गरेको सचिवालयले जनाएको छ ।लुम्बिनी इन्जिनियरिङ कलेजबाट सिभिल इन्जिनियरिङ गरेका लम्साल हाल काठमाडौं विश्वविद्यालयबाट फोहोर व

    • प्रकाशित मितिः चैत १५, २०८२
    • ११६ पटक पढिएको
  • चैत २१ गतेदेखि सुन्दरहरैँचामा पाँचौँ अन्तर्राष्ट्रिय भेट्रान गोल्डकप हुने

    विराटचोकः यही चैत २१ गतेदेखि मोरङको सुन्दरहरैँचा १२ मा रहेको विराट भेट्रान क्लबको आयोजनामा पाँचौँ अन्तर्राष्ट्रिय भेट्रान गोल्डकप सञ्चालन हुने भएको छ । चैत २८ गतेसम्म सुन्दरहरैँचा नगरपालिका–१० स्थित सुकुना खेलमैदानमा खेल सञ्चालन हुने आयोजकले जनाएको छ ।आयोजक क्लबका अध्यक्ष राजन योञ्जनका अनुसार यस संस्करणको प्रतियोगितामा आयोजक विराट भेट्रान क्लब (सुन्दरहरैँचा) सहित काँकरभिट्टा भेट्रान (झापा), दुधे भेट्रान (झापा), हाम्रो धरान भेट्रान (सुनसरी), भरौल भेट्रान (सुनसरी), दार्जिलिङ भेट्रान (भारत), पथरी भेट्रान (मोरङ) र मिल्स भेट्रान (मोरङ) गरी ८ टोलीले उपाधिका लागि प्रतिष्पर्धा गर्नेछन् ।प्रतियोगि

    • प्रकाशित मितिः चैत १५, २०८२
    • १०१ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल
  • निर्देशक तथा सह-सम्पादक : भोजराज घिमिरे