विराटनगरः कोशी प्रदेशबाट मन्त्री हुने एक मात्र मन्त्री भएकी छिन् निशा मेहता । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री बनेकी छिन् ।सुनसरीको इनरूवाकी उनी रास्वपा केन्द्रीय सदस्यसमेत हुन् । उनी समानुपातिकबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएकी हुन् । उनको नाम समानुपातिकतर्फ पार्टीले २०७९ को निर्वाचनमा पनि राखेको थियो ।२०४४ साल साउन २२ गते इनरूवामा जन्मेकी उनी रास्वपामा स्थापनाकालदेखि नै सक्रिय थिइन् । उनले भारतको ग्वालियरस्थित विश्वविद्यालयबाट नर्सिङमा स्नातकोत्तर गरेकी छिन् ।प्रतिनिधि सभा सांसद निर्वाचित हुनुअघिसम्म उनले विराट टिचिङ अस्पतालमा काम गरेकी थिइन् । उनले नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदे
विराटचोकः शनिबार इन्द्रपुर जेसीजले नयाँ सदस्यहरूलाई अभिमुखीकरण तालिम प्रदान गरेको छ । आफ्नो सचिवालयमा आयोजित कार्यक्रममा ३० जना इन्द्रपुर जेसीजका र २० जना इन्द्रपुर जुनियर जेसीजका गरी ५० जना नयाँ सदस्यहरूलाई औपचारिक रूपमा आबद्ध गराई अभिमुखीकरण तालिम दिइएको हो ।इन्द्रपुर जेसीजका पूर्व अध्यक्ष उत्सव र तथा पूर्व अध्यक्ष तथा नेपाल जेसीज वर्ष २०२६ का राष्ट्रिय अध्यक्षका सल्लाहकार कृष्णप्रसाद ओझाले अभिमुखीकरण कार्यक्रमको सहजीकरण गर्नुभएको थियो ।उहाँहरूले संस्थाको लक्ष्य, उद्देश्य र कार्यप्रणालीबारे जानकारी गराउनुका साथै नेतृत्व विकास, व्यक्तित्व विकास तथा सामाजिक उत्तरदायित्वसम्बन्धी प्रशिक्षण
सुर्खेतः वादी समुदाय नेपालको पछाडि पारिएको समुदाय हो । सो समुदायको प्रतिनिधित्व गर्दै पहिलो पटक सरकार सञ्चालनमा पुगेकी छिन् सीता वादी । सुर्खेतको झुप्रा खोलाको बगरमा बालुवा चालेर जीविकोपार्जन गर्ने वादी समुदायकी उनी महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री बनेकी छिन् ।उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट समानुपातिक सांसद बनेकी २९ वर्षीया सीता वादी दलित महिला समूहबाट सांसद बनेकी थिइन् । २०५२ सालमा वीरेन्द्रनगर–११ को अस्थायी बस्तीमा जन्मिएकी उनी छुवाछूत र सामाजिक बहिष्कारको तीतो अनुभवबीच हुर्किएकी थिइन् ।उनले बाल्यकालमा गरिबी र अभाव सामना गर्नुपर्यो । भूमिहीन वादी समुदायमा शिक्षाक
काठमाडौंः २०७४ सालमा विवेकशील साझा पार्टीबाट बागमती प्रदेशसभा सदस्य भएका विराजभक्त श्रेष्ठ २०७९ सालमा रास्वपाबाट प्रतिनिधिसभामा चुनिएका थिए । रास्वपा सरकारमा सहभागी भएका बेला उनी युवा तथा खेलकुद मन्त्री भएका थिए ।उनै श्रेष्ठले यसपटक काठमाडौं क्षेत्र नम्बर ८ बाट निर्वाचित भएर ऊर्जा मन्त्रालयको जिम्मेवारी पाएका छन् । श्रेष्ठले वाणिज्य तथा व्यापार प्रशासनमा स्नातकसम्म अध्ययन गरेका छन् ।श्रेष्ठ उज्ज्वल थापा नेतृत्वको विवेकशील राजनीतिबाट आएका हुन् । उनले काठमाडौं महानगरमा विवेकशील पार्टीको संगठन विस्तारको काम गरेका थिए उनी विभिन्न राजनीतिक तथा सांस्कृतिक अभियानमा संलग्न थिए ।विराज जनता समाजवाद
पोखराः नयाँ मन्त्रिमण्डलमा पर्यटकीय नगरी पोखराका लेखक गनेश पौडेल बालेन शाह नेतृत्वको मन्त्रीमण्डलमा पर्यटन तथा संस्कृति मन्त्री बनेका छन् । उनले २०७९ सालको स्थानीय तहको निर्वाचनमा पोखरा महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेद्वारी दिए पनि पराजित भएका थिए ।स्थानीय तहको निर्वाचनमा उम्मेद्वारी दिँदा उनले सार्वजनिक सम्पत्ति, फेवाताल संरक्षण र सिंगो पोखराको विकासमा पुराना दलले काम गरेको चित्त नबुझेपछि आफूले उम्मेद्वारी दिएको बताएका थिए । त्यतिखेर उनले शिक्षा सुधारको विषयलाई पनि प्रमुखताका साथ उठाएका थिए ।काठमाडौं महानगरका मेयर उम्मेद्वार बालेन शाहले पाएको लौरो नै उनको पनि चुनाव चिह्न थियो । उनल
इटहरीः समुदायबाट इटहरीमा सञ्चालित जनता बहुमुखी क्याम्पसमा अध्ययन गर्न आउने छात्र तथा छात्राका लागि अलगअलग छात्रावास निर्माण हुने भएको छ । ती छात्रावासको क्याम्पस सञ्चालक समिति अध्यक्ष विकास केसीले आज बिहान शिलान्यास गर्नुभएको छ ।सङ्घीय सरकारले चालु आर्थिक वर्षको बजेटमा बहुवर्षीय योजना अन्तर्गत पहिलो किस्तामा १ करोड ४२ लाख रुपैयाँ निकासा भएसँगै शिलान्यास गरेर काम सुरुवात गरिएको हो । क्याम्पसले विद्यार्थीहरूको शैक्षिक अभिवृद्धि गर्ने विभिन्न योजना ल्याउने क्रममा छात्रावास पनि एउटा महत्त्वपूर्ण पक्षको रूपमा लिएको अध्यक्ष केसीले बताउनुभएको छ ।बहुवर्षीय योजना अन्तर्गत अहिले पहिलो चरणमा छात्र र
इटहरी । २०७९ सालको निर्वाचनमा विजयी भएर १९ दिन शिक्षामन्त्री बनेका शिशिर खनाल यस पटक परराष्ट्र मन्त्री बनेका छन् ।काठमाडौं क्षेत्र नम्बर ६ बाट निर्वाचित सांसद खनालले सिद्धार्थ वनस्थलीबाट एसएलसी गरेका थिए । त्यसपछि त्रिचन्द्र कलेजबाट आइएस्सी गरेका खनालले राजनीतिक अर्थशास्त्रमा अमेरिकाको बृजपोर्ट विश्वविद्यालयबाट स्नातक गरेका छन् ।अमेरिकाकै युनिभर्सिटी अफ विस्कन्सिनमा सार्वजनिक नीतिशास्त्रमा स्नातकोत्तर गरेर नेपाल फर्केका खनालले सुरूमा सर्वोदय अभियानमा काम गरेका थिए । उनले सन् २०१२ मा ‘टिच फर नेपाल’ स्थापना गरे । यो संस्थाले सामुदायिक विद्यालयको शैक्षिक स्तर सुधार गर्न स्वयंसेवी शिक्ष
कञ्चनपुरः हिजो बनेको नयाँ सरकारमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सहप्रवक्ता प्रतिभा रावल सामान्य प्रशासन मन्त्री बनेकी छिन् । रास्वपाबाट समानुपातिक सांसद बनेकी रावलको नाम यसअघि सभामुख पदका लागि चर्चामा थियो रावल पार्टी सभापति रवि लामिछानेको सचिवालयमा समेत थिइन् ।पार्टी सभापति लामिछाने गृहमन्त्री बनेकै बेलादेखि उनी लामिछानेको सचिवालयमा रहेकी कञ्चनपुरको महेन्द्रनगरकी स्थायी बासिन्दा रावल नागरिक दैनिकको अंग्रेजी संस्करण रिपब्लिका हुँदै पछिल्लो समय ग्यालेक्सी फोरके टेलिभिजनमा संलग्न थिइन् ।रास्वपा गठनको सुरूआतदेखि नै पार्टीमा आबद्ध उनीसँग साउथ एशिया फ्याक्ट चेकमा काम गरेको पनि अनुभव
दाङः चर्चित गायिका, पूर्व सांसद तथा सञ्चारकर्मी कोमल वलीका बुबा ललितबहादुर वलीको हिजो निधन भएको छ । ८५ वर्षीय ललितको दाङस्थित घरको छतबाट खसेर निधन भएको हो ।शुक्रबार दाङको तुलसीपुरस्थित आफ्नै निवासको छतमा घाम ताप्न जाने क्रममा लडेर ललितको निधन भएको हो ।स्वर्गीय ललितबहादुर वली दाङको साहित्यिक र सामाजिक क्षेत्रका एक सक्रिय व्यक्तित्व थिए । वि.सं. १९९८ मंसिर १५ गते जन्मिएका उनका ‘दर्पण’ (राष्ट्रिय गीत सङ्ग्रह) र ‘मातृभूमि’ (कविता सङ्ग्रह) गरी दुईवटा कृति प्रकाशित छन् । उनका सातवटा गीतहरू रेडियो नेपालमा रेकर्ड भएका छन् ।उनका देउसी भैलो, तीजगीत र भजनहरू रेकर्ड भएका हुन् । गायिका कोमल वलीका धेरै
गोरखाः राष्ट्रिय स्वतन्त्र पार्टी गोरखा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका सुधन गुरूङ गृहमन्त्री बनेका छन् । गोरखाका कतिपय गाउँमा आफूलाई भोट माग्ने क्रममा उनले जितेपछि आफू गृहमन्त्री बन्ने बताउने गरेका थिए ।गोरखाको चुमनुब्री गाउँपालिका–३ सिर्दिवासस्थित पाङसिङ गाउँका उनको परिवार पनि राजनीतिक पृष्ठभूमिकै हो । उनका बुबा दिलबहादुर गुरूङ तत्कालीन माओवादीमा आबद्ध थिए भने समाज सेवामा समेत सक्रिय थिए ।सुधनले ‘हामी नेपाल’ का संस्थापक अध्यक्ष भएर सामाजिक क्षेत्रमा काम गरेका थिए । २०७२ सालको भुइँचालोको बेला उनले राहत तथा उद्धार क्षेत्रमा काम गरेका थिए ।भदौ २३ को जेनजी आन्दोलन क्रम