इटहरी । आज बजार खुल्नासाथ हरियो बत्ती बालेर त्यसपछि राताम्य भएको नेप्से परिसूचक बजार बन्द हुँदा २४.४५ अङ्कले घटेर २९३५.९४ विन्दुमा अडिएको छ ।नेप्सेमा सूचीकृत ३४५ कम्पनीको ३ करोड ५८ लाख १९ हजार ८२९ कित्ता शेयर १ लाख ३८ हजार २५६ पटक किनबेच हुँदा १५ अर्ब ९ करोड ४ लाख १६ हजार ८४६ रुपैयाँको शेयर किनबेच भएको छ ।उत्पादन समूह र व्यापार समूहबाहेक बाँकी सबै समूह राताम्य भएको बजारमा उत्पादन तथा प्रशोधन समूह ०.४८ प्रतिशत र व्यापार समूह ३.४५ प्रतिशतले बढेको छ ।विकास बैंक समूह सर्वाधिक २.३२ प्रतिशतले घट्दा फाइनान्स समूह २.०९ प्रतिशत, अन्य समूह १.७० प्रतिशत, लघुवित्त समूह १.६४ प्रतिशत, सामुुहिक लगानी को
काठमाडौंः प्रहरीले काठमाडौंको ठमेलबाट २० जना विदेशी महिलालाई पक्राउ गरेको छ ।युगाण्डाका बासिन्दा उनीहरूले ठमेल क्षेत्रमा अनैतिक क्रियाकलाप तथा अभद्र व्यवहार गरेको उजुरीका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । ती महिलाहरूलाई काठमाडौं महानगरपालिका–२६ फायरचोकस्थित सडकखण्डबाट पक्राउ गरिएको हो ।प्रहरीका अनुसार बाटो हिंड्ने विदेशी तथा स्वदेशी पर्यटक र सर्वसाधरण पुरुषहरूलाई अनावश्यक रुपमा बाटो छेकी अश्लील क्रियाकलाप सम्बन्धी मोलमोलाइ गरी दुःख दिइरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।उनीहरूलाई जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट १२ दिनको म्याद थप अनुमति लिई आवश्यक अनु
इटहरीः सुनसरीको इटहरीस्थित पूर्वाञ्चल क्याफे तथा आईसक्रिम पार्लरमा आज बिहान लागेको आगो नियन्त्रणमा आएको छ ।इटहरी उपमहानगरपालिका–६ मा रहेको क्याफे एवं आईसक्रिम पार्लरको भान्सा कोठाबाट शुरु भएको आगलागी अहिले पूर्ण रूपमा नियन्त्रणमा आइसकेको प्रहरीले जनाएको छ ।धरान, रामधुनी, इनरुवा तथा मोरङका विराटनगर र सुन्दरहरैंचा लगायतका स्थानीय तहका वारुणयन्त्रका साथै सुरक्षाकर्मी र स्थानीयको सक्रियतामा आगो नियन्त्रणमा ल्याइएको थियो ।
काठमाडौंः प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यमध्येका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।आज बिहान प्रतिनिधसभाका ज्येष्ठ सदस्यको रूपमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शीतलनिवासमा केसीले शपथ ग्रहण गर्नुभएको हो ।प्रतिनिधसभाको चुनावबाट निर्वाचितमध्ये ज्येष्ठ सदस्यले राष्ट्रपतिबाट शपथ लिने र ती ज्येष्ठ सदस्यले अन्य सदस्यलाई शपथ गराउने कानुनी व्यवस्था रहेको छ ।सोहीअनुसार सिंहले आज शपथ ग्रहण गर्नुभएको हो । प्रतिनिधिसभाका बाँकी २७४ जना सदस्यलाई केसीले बिहीबार शपथ ग्रहण गराउनुहुनेछ ।
इटहरीः सुनसरीको इटहरी– ६ मा रहेको पूर्वाञ्चल क्याफे एवं आईसक्रिम पार्लरमा आज आगलागी भएको छ ।आज बिहान शुरु भएको सो आगलागीको कारण खुल्न सकेको छैन । आगलागीको कारण सो क्याफे वरपरका र टाँसिएका घरहरू जोखिममा परेका छन् । आइसक्रिम पार्लरको भान्सा कोठाबाट आगो सल्किएको प्रारम्भिक अनुमान गरिएको छ ।आगो नियन्त्रणका लागि सशस्त्र प्रहरी बल, इलाका प्रहरी कार्यलाय इटहरी , इटहरी उपमहानगरपालिकाका नगरप्रहरी तथा स्थानीय र सुनसरीका विभिन्न पालिकाका दमकलले प्रयास गरिरहेका छन् ।आगलागीको कारण खुलेको छैन । विस्तृत विवरण आउन बाँकी रहेको छ ।
इटहरी । केही दिनदेखि निरन्तर घट्दै गएको सुनको भाउ आज नेपाली बजारमा १४ हजार ६०० रुपैयाँ बढेको छ । चाँदीको भाउ ४१५ रुपैयाँ बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ८८ हजार ५०० रुपैयाँ निर्धारण भएको छ । चाँदीको मूल्य प्रतितोला ४ हजार ९२० रुपैयाँ निर्धारण भएको छ ।
इटहरी । फागुन २१ गते भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा निर्वाचितमध्येका ज्येष्ठ सदस्य अर्जुन नरसिंह केसीको शपथ ग्रहण आज हुने भएको छ ।राष्ट्रपति रामचन्द्र पौडेलले आज राष्ट्रपति कार्यालय शीतल निवासमा बिहान सवा ११ बजे शपथ ग्रहण गराउने कार्यक्रम रहेको बताइएको छ ।नेपाली कांग्रेसबाट निर्वाचित ७८ वर्षीय केसीले राष्ट्रपतिबाट शपथ लिएपछि भोलि प्रतिनिधि सभाका बाँकी २७४ जना सदस्यहरुलाई सपथ ग्रहण गराउनुहुनेछ । सभामुख चयन नहुँदासम्म केसीले नै प्रतिनिधि सभा बैठकको अध्यक्षता गर्नुहुनेछ ।
आशिका आचार्यगोठगाउँः विश्व क्षयरोग दिवसको अवसर पारेर मोरङको सुन्दरहरैँचा–७, गोठगाउँमा नेपाल हेल्थ कोप्र्सले ‘वाक द टल्क’ नामक जनचेतनामूलक कार्यक्रम आयोजना गरेको छ ।मङ्गलबार पूर्वाञ्चल विश्वविद्यालय परिसरमा सम्पन्न भएको कार्यक्रममा नेपाल हेल्थ कोप्र्स, विद्यार्थी कल्याण परिषद् र सार्वजनिक स्वास्थ्य विद्यार्थी समाजको संयुक्त आयोजना रहेको थियो । कार्यक्रममा क्षयरोगसम्बन्धी सर्वसाधारणलाई जानकारी गराउनुका साथै यसको रोकथामका उपाय, समयमै परीक्षण र उपचारको महत्वबारे सहजीकरण गरिएको थियो ।कार्यक्रममा क्षयरोगको इतिहासबारे जानकारी दिँदै यसलाई अत्यन्त पुरानो रोगका रूपमा चिनाइएको थियो ।सुन्दरहरैंचा नगर
इटहरी । आज युरोपियन युरो, युके पाउण्ड स्ट्रलिङ, स्वीस फ्रयाङ्कलगायतको भाउ बढे पनि अमेरिकी डलरको भाउ भने सामान्य घटेको छ ।नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ८९ पैसा र बिक्रीदर १५० रुपैयाँ ४९ पैसा तोकिएको छ ।युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ ७७ पैसा र बिक्रीदर १७४ रुपैयाँ ४७ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०० रुपैयाँ ९७ पैसा र बिक्रीदर २०१ रुपैयाँ ७८ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १९० रुपैयाँ ४२ पैसा र बिक्रीदर १९१ रुपैयाँ १८ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर १०४ रुपैयाँ ४९ पैसा र बिक्रीदर १०४ रुपैयाँ ९१ पैसा, क्यानेडियन डलर
इटहरी । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव कायम रहँदा मौसम आंशिकदेखि सामान्य बदली भएको छ ।जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशलगायत देशका पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लागेको छ भने बाँकी भू–भागमा आंशिक बदली भएको छ ।हाल कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूर पश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा तथा हिमपात भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भागमा सामान्य बदली रहने तथा बाँकी पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली