अन्तरास्ट्रिय

    Showing ११-२० of २५६ items.
  • भारत असुरक्षित भएको भन्दै २७०० वर्षपछि पुर्ख्यौली थलो इजरायल फर्किदैछन् ५८०० यहुदी परिवार

    इटहरी ।  भारत असुरक्षित रहेको भन्दै २ हजार ७ सय वर्षदेखि भारतमा बसोबास गर्दै गएका ५ हजार ८ सय यहुदी परिवार पुर्ख्यौली थलो इजरायलमा बसाइँ सर्ने भएका छन् ।आफूहरूको जीउज्यानको रक्षा गर्न हारगुहार गरेपछि इजरायल सरकारले उनीहरूलाई ‘पुर्खाको जन्मस्थलमा’ बसाइँसराइँ गर्न अनुमति दिएको हो । त्यसको लागि इजरायल सरकारले ५२ करोड ८० लाख सेकेल (इजरायली मुद्रा) अर्थात झण्डै दुई करोड ८८ लाख डलर खर्च गर्ने भएको छ । उनीहरू इजरायल फर्केपछि त्यो विश्वकै सबैभन्दा वृहत ‘पुनर्मिलन’ हुने दावी गरिएको छ ।यहुदी धर्मावलम्बी भित्रको बेने मेनाशे समुदाय भारतको उत्तरपूर्वी राज्यहरू मणिपुर र मिजोरममा इसापूर्व ५ सय शताब

    • प्रकाशित मितिः माघ १२, २०८२
    • २४० पटक पढिएको
  • दक्षिण कोरियाका पूर्वराष्ट्रपतिलाई अदालतले सुनायो ५ वर्षको जेल सजाय

    एजेन्सी । दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन सुक योललाई शुक्रबार ५ वर्षको जेल सजाय सुनाइएको छ। गत वर्ष उनलाई पक्राउन गर्न खोज्दा अवरोध गरेको आरोपमा उनलाई दण्डित गरिएको हो।डिसेम्बर २०२४ मा युनले मुलुकमा सैन्य शासन लागू गर्ने असफल कोसिस गरेका थिए। त्यसपछि उनलाई पदच्युत गरेर अनुसन्धान थालिएको थियो। तर, पक्राउ पुर्जी लिएर पक्रिन जाँदा उनले राष्ट्रपतिको सुरक्षा प्रयोग गरेर अवरोध गरेका थिए।जिल्ला अदालतका न्यायाधीशले युनले राष्ट्रपतीय सुरक्षा सेवाका जनसेवकलाई व्यवहारतः निजीकरण गरेको भन्दै सजाय सुनाए।यो सजाय सरकारी वकिलहरूले माग गरेभन्दा आधा मात्रै हो।उनीमाथि सैन्य शासन लागू गर्ने निर्णय गर्ने क्रममा

    • प्रकाशित मितिः माघ २, २०८२
    • २४८ पटक पढिएको
  • इरानमा आगो : १२ हजार मानिस मारिएको आशंका

    एजेन्सी । इरानमा जारी सरकारीवरोधी प्रदर्शनमा ठुलो संख्यामा मानिस मारिएको विषयमा फरक फरक तथ्यांक सार्वजनिक भइरहेका छन्। रोयटर्स र मानव अधिकार संगठनहरूले त्यहाँ अहिलेसम्म मृत्यु भएकाको  संख्या २ हजारदेखि ५ हजारसम्म हुने अनुमान गर्दा बीबीसी सम्बद्ध सीबीएस न्युजले मृतकको संख्या १२ हजार पुगिसकेको उल्लेख गरेको छ। सीबीएसले त इरान भित्र र बाहिरका स्रोतलाई उद्धृत गर्दै मृतकको संख्या २० हजार पनि पुग्न सक्ने उल्लेख गरेको छ। उता एक्सियोस समाचार वेबसाइटले इजरायली गुप्तचर स्रोतले मृतकको संख्या लगभग ५ हजार रहेको बताएको जनाएको छ। इरानमा भएको विरोध प्रदर्शनमा मारिएकाको वास्तविक संख्या धेरै

    • प्रकाशित मितिः पुस ३०, २०८२
    • २२१ पटक पढिएको
  • भारतको हिमाचलमा ग्यास सिलिन्डर विस्फोट हुँदा सल्यानको दुई परिवारका नौ नेपालीको मृत्यु

    एजेन्सी । भारतको हिमाचल प्रदेशस्थित अर्की गाउँमा ग्यास सिलिन्डर विस्फोट हुँदा नौजना नेपालीको ज्यान गएको छ ।ज्यान गुमाउने सबैजना सल्यानको सिद्धकुमाख गाउँपालिका–२ टाकुरा निवासी दुई परिवारका सदस्य रहेका छन् ।सोमबार राति २ बजे उनीहरू सुतिरहेको कोठाको ग्यास सिलिन्डर विस्फोट हुँदा यो घटना भएको हो ।विस्फोटपछि आगलागी हुँदा वरपरका घर पनि जलेर ध्वस्त भएका छन् । विस्फोटपछि उनीहरू सबैको घटनास्थलमै मृत्यु भएको हो ।सिद्धकुमाख गाउँपालिकी–२ का वडा सदस्य लक्ष्मी विकका अनुसार ज्यान गुमाउनेहरूमा ३३ वर्षीय धनबहादुर विक, उनकी ३२ वर्षीया श्रीमती कविता विक, १६ वर्षीया छोरी राधा विक, १० वर्षीया छोरी रेणुका विक र २२ म

    • प्रकाशित मितिः पुस २९, २०८२
    • ३२८ पटक पढिएको
  • ट्रम्पले घोषणा गरे आफैंलाई ‘भेनेजुएलाको कार्यवाहक राष्ट्रपति’

    एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूलाई भेनेजुएलाको कार्यवाहक राष्ट्रपति घोषणा गरेका छन्। ट्रम्पले आफ्नै सामाजिक सञ्जाल ट्रुथ सोसलमा एउटा फोटो पोस्ट गर्दै आफूलाई भेनेजुएलाको कार्यवाहक राष्ट्रपति घोषणा गरेका हुन् । उनले सेयर गरेको तस्बिरमा ‘भेनेजुएलाको कार्यवाहक राष्ट्रपति’ लेखिएको छ।भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई अमेरिकी सेनाले पक्राउ गरेको एक सातासमेत नबित्दै ट्रम्पको यस्तो पोस्ट सार्वजनिक भएको हो । मादुरोको गिरफ्तारीपछि भेनेजुएलामा डेल्सी रोड्रिगेज हाल कार्यवाहक राष्ट्रपतिको भूमिकामा रहेकी छन् ।भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी श्रीमती सिलिया फ्लोरेसलाई पक्र

    • प्रकाशित मितिः पुस २८, २०८२
    • २६० पटक पढिएको
  • भारतको हिमाचलमा सडक दुर्घटना : मृत्यु हुनेको सङ्ख्या १४ पुग्यो

    एजेन्सी । उत्तरी भारतीय राज्य हिमाचल प्रदेशमा भएको सडक दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या बढेर १४ पुगेको अधिकारीहरूले शनिबार बताएका छन् ।अधिकारीहरुका अनुसार दुर्घटनामा ४० जना यात्रु घाइते भई उपचारका लागि विभिन्न अस्पतालमा भर्ना भएका छन् भने घाइते भएका मध्ये केहीको अवस्थामा गम्भीर छ । हिमाचल प्रदेशको राजधानी शिमलाबाट करिब १४२ किलोमिटर दक्षिणपूर्वमा सिरमौर जिल्लाको हरिपुरधार गाउँमा शुक्रबार एयटा यात्रु बहाक बस सडकबाट चिप्लीएर ५०० मिटर गहिरो घाटीमा खसी दुर्घटनाग्रस्त भएको जनाइएको छ ।  अहिलेसम्म १४ जनाको मृत्यु भएको पुष्टि गर्दै धेरै व्यक्तिहरू अस्पतालमा अझै गम्भीर अवस्थामा रहेको स्थानीय

    • प्रकाशित मितिः पुस २६, २०८२
    • २८० पटक पढिएको
  • मदुरोका छोराले भने: राष्ट्रपतिको अपहरणलाई सामान्य बनाइयो भने कुनै देश सुरक्षित रहने छैन

    एजेन्सी । भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोराका सांसद छोरा निकोलस मदुरो गुएराले अमेरिकाले आफ्ना बुवाआमालाई पक्राउ गरेका विषयमा पहिलोपटक सार्वजनिक प्रतिक्रिया दिएका छन्।अमेरिकी हमलाको आलोचना गर्दै उनले कुनै देशको राष्ट्रपतिको अपहरणलाई सामान्य बनाइयो भने आगामी दिनमा विश्वका कुनै पनि मुलुक सुरक्षित नहुने चेतावनी दिएका छन्।मदुरो गुएराले भनेका छन्, ‘यदि कुनै देशको राष्ट्रपतिको अपहरणलाई सामान्य बनाइयो भने कुनै पनि मुलुक सुरक्षित हुनेछैन।’उनले अगाडि भनेका छन्, ‘यो क्षेत्रीय समस्या मात्र होइन, विश्वव्यापी राजनीतिक स्थिरताका लागि प्रत्यक्ष खतरा हो।’मदुरो गुएराले अमेरिकासँग आफ्ना आमाबाबुको र

    • प्रकाशित मितिः पुस २२, २०८२
    • २९९ पटक पढिएको
  • भेनेजुयलामाथि अमेरिका हमला : चीन-रूसको आपत्ती, राष्ट्रसंघ, इयू र बेलायतको चिन्ता

    एजेन्सी । भेनेजुएलामा अमेरिकाले आक्रमण गरेपछि विश्वभरिबाट यसको समर्थन र विपक्षमा प्रतिक्रिया आउन थालेका छन् । अकस्मातजस्तो देखिएको यस अवस्थाको सिधा प्रभाव कैयौँ देशहरूमा पर्न सक्ने भए तापनि त्यसको बढी प्रभाव कोलम्बियामा पर्ने देखिन्छ ।कोलम्बियाकोलम्बिया र भेनेजुयलाको लामो सीमा साझा रहेको छ । भेनेजुयलाको सबैभन्दा नजिकको छिमेकी कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेत्रोले उक्त हमलालाई लिएर गहिरो चिन्ता व्यक्त गरेका छन् । उनले आफ्नो जनसंख्याको सुरक्षा गर्न र भेनेजुएलाबाट आउन सक्ने मानिसहरूको व्यापक संख्यासँग जुध्नका लागि सीमामा सेना तैनाथ गर्न पनि आदेश दिएका छन् । कराकसमा सुरुवाती विस्फोटनको खबर आएदे

    • प्रकाशित मितिः पुस २०, २०८२
    • २८० पटक पढिएको
  • भेनेजुएलाका राष्ट्रपति मदुरोलाई न्यूयोर्कको हिरासत पुर्‍याइयो

    एजेन्सी । अमेरिकी आक्रमणपछि नियन्त्रणमा लिइएका भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरो र उनकी श्रीमतीलाई न्यूयोर्कको एक हिरासतमा पुर्‍याइएको छ।न्यूयोर्कको स्टुवर्ट एअर न्याश्नल गार्ड बेसमा अवतरणपछि उनलाई हेलिकप्टरमार्फत म्यानहटन पुर्‍याइएको बीबीसीले जनाएको छ ।भेनेजुएलाबाट पक्राउ परेका मदुरो दम्पती न्यूयोर्कको म्यानह्याटनस्थित पश्चिमी भागमा रहेको अमेरिकी लागुऔषध नियन्त्रण निकाय डीईएको मुख्यालयमा सबैभन्दा पहिले पुर्‍याइएका थिए।शनिवार बिहान नहुँदै मदुरोलाई भेनेजुएलाको राजधानी काराकासबाट अमेरिकी हेलिकप्टरमार्फत बाहिर लगिएको थियो। त्यसपछि उनलाई क्यारिबिअन सागरको अज्ञात स्थानमा रहेको अमेरिकी युद्धपोत ‘य

    • प्रकाशित मितिः पुस २०, २०८२
    • २३२ पटक पढिएको
  • स्विट्जरल्यान्ड विस्फोट : मृतकको संख्या ४० पुग्यो, घाइते १००

    एजेन्सी । स्विट्जरल्यान्डको क्रान्स-मोन्टानास्थित अल्पाइन स्कि रिसोर्ट सहरमा रहेको बारमा बिहीबार नयाँ वर्ष मनाउँदै गरेका बेला विस्फोट हुँदा मृत्यु भएकाको संख्या ४० पुगेको छ।स्थानीय सञ्चारमाध्यमलाई उद्धृत गर्दै 'द मिरर'ले विस्फोटमा ४० जनाको मृत्यु भएको र १०० भन्दा बढी घाइते भएको जनाएको छ।स्थानीय समयअनुसार बिहीबार बिहान १:३० बजे स्कि रिसोर्टस्थित कन्स्टेलेसन बारमा विस्फोट भएको हो।घटना भएको क्षेत्रलाई सिल गर्दै नो फ्लाई जोन घोषणा गरिएको छ।

    • प्रकाशित मितिः पुस १७, २०८२
    • २६० पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल