अन्तरास्ट्रिय

    Showing ३१-४० of २५२ items.
  • फिलिपिन्समा शक्तिशाली भूकम्प, इन्डोनेसियासम्म सुनामीको चेतावनी

    एजेन्सी । फिलिपिन्सको मिन्डानाओ क्षेत्रको तटमा शुक्रबार बिहान ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ ।भूकम्पपछि सुनामी आउनसक्ने अधिकारीहरूले चेतावनी दिएका छन् । सुनामी भूकम्पको केन्द्रबिन्दुबाट ३०० किलोमिटरभन्दा टाढा रहेका इन्डोनेसियाको उत्तरी सुलावेसी र पपुवा क्षेत्रदेखि फिलिपिन्सका केही तटहरूमा समेत आउन सक्ने बताइएको छ ।अधिकारीहरूले तटबर्ती क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेका छन् ।फिलिपिन्सका अधिकारीहरूले पहिलो सुनामीका छालहरू स्थानीय समयअनुसार बिहान ११ः४३ अघि नै आइपुग्न सक्ने र ती ‘घण्टौँसम्म रहन सक्ने’ बताएका छन्।फिलिपिन्सको ज्वालामुखी तथा भूकम्प विज्ञान संस्थाले प्रभावित प्रा

    • प्रकाशित मितिः असोज २४, २०८२
    • २५४ पटक पढिएको
  • न जीवित २० मा न मृतक २६ को सूचीमा छन् विपिन जोशी!

    एजेन्सी । इजरायल र हमासबीच शान्ति सम्झौता भएसँगै गाजामा बन्धक रहेका नेपाली विद्यार्थी विपिन जोशी पनि रिहा हुने आशा जागेको छ।किनकि अमेरिकाको प्रस्तावअनुसार इजरायल र हमासबीच भएको सहमतिमा सबै बन्धक रिहा गर्ने कुरा पनि उल्लेख छ।तर अन्योलको कुरा- विपिनको वर्तमान अवस्था अहिलेसम्म थाहा हुन सकेको छैन। यसैबीच सीएनएनको पछिल्लो रिपोर्टमा विपिनको स्थिति 'अज्ञात' भनिएको छ।सीएनएनका अनुसार इजरायली सरकारले ४८ बन्धकमध्ये २६ जनाको मृत्यु भइसकेको बताएको छ भने नेपाली नागरिक विपिन र इजरायली नागरिक तामिर निम्रोदीको स्थिति 'अज्ञात' भनेको छ। हर्नुहोस् सीएनएनले सार्वजनिक गरेको २६ मृत बन्धकको सूची:य

    • प्रकाशित मितिः असोज २४, २०८२
    • २८० पटक पढिएको
  • इजरायल र हमास सबै बन्धक रिहा गर्न सहमत, विपिन जोशी छुट्ने आशा

    एजेन्सी । इजरायल र हमासबीच गाजा युद्ध रोक्नेबारे सहमति भएको छ ।अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलगायतको अग्रसरतामा विभिन्न पक्षका प्रतिनिधि र मध्यस्थकर्ताहरूबीच इजिप्टमा भएको वार्तामा यस्तो सहमति भएको हो।युद्ध अन्त्य गर्न आफू सहमत भएको जनाउँदै हमासले अमेरिकी राष्ट्रपति ट्रम्प र अन्तर्राष्ट्रिय समुदायलाई इजरायललाई यो सम्झौताको अनिवार्य कार्यान्वयन गर्न लगाउन आग्रह गरेको छ।बिहीबार बस्ने इजरायली मन्त्रिपरिषद् बैठकले सम्झौता अनुमोदन गरेपछि इजरायलले यसको कार्यान्वयन सुरु गर्ने बताइएको छ।इजरायली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले यसलाई ‘इजरायलको महान् दिन’ भनेका छन् । उनले हमासद्वारा बन्धक बनाइएकाहरू

    • प्रकाशित मितिः असोज २३, २०८२
    • ३५८ पटक पढिएको
  • भारतीय अभिनेता विजय थलापतिको राजनीतिक सभामा भागदौड मच्चिँदा ३९ जनाको मृत्यु

    एजेन्सी । दक्षिणी भारतको तमिलनाडु राज्यमा एउटा राजनीतिक र्‍यालीमा भागदौड मच्चिँदा ३९ जनाको ज्यान गएको छ ।अभिनेताबाट राजनीतिज्ञ बनेका विजय थलापतिका लागि तमिलनाडुको करुर जिल्लामा आयोजित अभियानमा शनिबार भागदौड मच्चिएको थियो । उक्त कार्यक्रममा दशौँ हजार मानिस सहभागी भएका थिए ।घटनामा घाइते भएका ९५ जनाको अस्पतालमा उपचार भइरहेको तमिलनाडुका स्वास्थ्य सचिव पी. सेन्थिलकुमारले बताएका छन् ।समाचार संस्था पीटीआईका अनुसार शनिवार साँझ विजयले सभालाई सम्बोधन गरिरहँदा भिड बढ्न थाल्यो र नियन्त्रणबाहिर पुग्न गयो। कतिपय मानिसहरू बेहोश भएर ढल्न थाले र हल्ला मच्चियो।त्यसपछि विजयले भाषण रोके र प्रचारप्रसारका लागि ल्या

    • प्रकाशित मितिः असोज १२, २०८२
    • ३७० पटक पढिएको
  • नेपाली सेना र चीनको जनमुक्ति सेनाबीच संयुक्त अभ्यास सुरु

    काठमाडाैं । नेपाली सेना र चीनको जनमुक्ति सेनाबीच संयुक्त अभ्यास 'सगरमाथा फ्रेन्डसिप' काठमाडौँमा सुरु भएको छ। सगरमाथा फ्रेन्डसिपको पाँचौँ संस्करण अन्तर्गत आइतबारदेखि संयुक्त अभ्यास सुरु भएको हो। भदौ ३१ गतेसम्म सञ्चालन हुने अभ्यासमा विपद् व्यवस्थापन, संयुक्त राष्ट्र संघीय शान्ति मिसन प्रतिआतंकवाद लगायतका विषयहरुमा ज्ञान आदान प्रदान हुनेछ।२०७४ सालबाट सुरु भएको अभ्यास नेपाल तथा चीनमा प्रत्येक वर्ष आलोपालो सञ्चालन हुँदै आएको छ। नेपाली सेनाले विभिन्न विषयमा क्षमता आदानप्रदान गर्ने उद्देश्यले छिमेकी देशका सेनासँग द्विपक्षीय तथा बहुपक्षीय अभ्यास एवं पेसागत प्रतियोगितामा सहभागिता जनाउँदै आएको छ।

    • प्रकाशित मितिः भदौ २२, २०८२
    • ५२४ पटक पढिएको
  • हजारभन्दा बढीको मृत्यु भइसकेको अफगानिस्तानमा तेस्रोपटक भूकम्प

    एजेन्सी । भूकम्पकै कारण हजारभन्दा बढी जनाको मृत्यु भएको अफगानिस्तानमा तेस्रोपटक भूकम्प गएको छ। बीबीसीका अनुसार अफगानिस्तानको दुर्गम दक्षिण-पूर्वी क्षेत्रमा बिहीबार राति ५.६ म्याग्निच्युडको भूकम्प गएको हो।स्थानीय समयअनुसार बिहीबार राति ८:५६ बजे भूकम्प गएको हो। नान्गारहार र कुनार प्रान्तमा भूकम्पको धक्का महसुस भएपछि मानिसहरू आत्तिएर आफ्नो घरबाट बाहिर निस्किएका थिए।यो भूकम्पबाट थप जनधनको क्षतिबारे अहिलेसम्म आधिकारिक जानकारी आइसकेको छैन। तर स्थानीय डाक्टरहरूले बीबीसीलाई बताएअनुसार १७ जना घाइतेलाई अस्पताल भर्ना गरिएको छ। यसअघि मंगलबार पनि अफगानिस्तानको दक्षिण-पूर्वी भा

    • प्रकाशित मितिः भदौ २०, २०८२
    • ५१९ पटक पढिएको
  • सैन्य शक्ति प्रदर्शन गर्दै सीले भने: 'चीन कहिल्यै कुनै धम्कीबाट डराउँदैन'

    एजेन्सी । चीनका राष्ट्रपति सी चिनफिङले देशको विजय दिवस परेडमा चीन कहिल्यै कुनै पनि धम्कीसँग नडराएको बताएका छन्। ‘कमरेड तथा साथीहरू, हामी चीनको विजयको ८०औँ वार्षिकोत्सव मनाउन भेला भएका छौँ’, सीले भाषणको सुरुवातमा भने।उनले चिनियाँ जनतालाई इतिहास सम्झन र जापानविरुद्ध लडेका दिग्गजहरूलाई सम्मान गर्न आग्रह गरे।‘इतिहासले हामीलाई चेतावनी दिन्छ- मानवता सँगै उठ्छ र पतन हुन्छ। चीन कहिल्यै पनि कुनै पनि धम्की दिने व्यक्तिसँग डराएको छैन र सधैँ अगाडि बढेको छ’, सीले भने।उनले भने, ‘नयाँ यात्रा, नयाँ युग हो।’सीले दोस्रो विश्वयुद्धको अन्त्यमा जापानले चीनमा आत्मसमर्पण गरेको ८०औँ वार्षिकोत्सव म

    • प्रकाशित मितिः भदौ १८, २०८२
    • ५४९ पटक पढिएको
  • सी, पुटिन र किम पहिलोपटक देखिए सार्वजनिक रूपमा सँगै

    एजेन्सी । चीनको राजधानी बेइजिङमा आज विजय दिवस परेड आयोजना गरिएको छ। जसमा चीनले आफ्नो सैन्य शक्ति प्रदर्शन गरिरहेको छ। कार्यक्रममा चीनका राष्ट्रपति सी चिनफिङ, रुसका राष्ट्रपति भ्लादिमिर पुटिन, उत्तर कोरियाका नेता किम जोङ उनलगायतसँगै नेपालका प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी छन्।सैन्य परेड समारोहमा २६ भन्दा बढी राष्ट्र प्रमुखहरूको उपस्थिति रहेको बीबीसीले जनाएको छ। यसैबीच परेडअघि सी, पुटिन र किम जोङ उन सँगै देखिएका छन्।यी तीन नेता सार्वजनिक रूपमा सँगै देखापरेको पहिलोपटक हो।

    • प्रकाशित मितिः भदौ १८, २०८२
    • ४५५ पटक पढिएको
  • प्रधानमन्त्री ओली र लाओ जनप्रजातान्त्रिक गणतन्त्रका राष्ट्रपति सुसौलिथ बीच भेटवार्ता

    चीन । शाङ्घाई सहयोग संगठन (एससिओ) प्लस को शिखर सम्मेलनका क्रममा चीनको थियानजिनमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र लाओ जनप्रजातान्त्रिक गणतन्त्रका राष्ट्रपति थोल्ङलौन सुसौलिथबीचसँग दुईपक्षीय भेटवार्ता भएको छ ।     भेटका अवसरमा दुई देशबीचको आपसी सम्बन्धका विविध पक्षहरुमा कुराकानी भएको थियोे । भेटमा पूर्व उपप्रधानमन्त्री एवं प्रतिनिधिसभाका सदस्य पूर्णबहादुर खड्का, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे, पूर्वमन्त्री एवम् प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा युवराज खतिवडा, पूर्वमन्त्री एवम् प्रतिन

    • प्रकाशित मितिः भदौ १६, २०८२
    • २८७ पटक पढिएको
  • जम्मु-कश्मीरमा बाढी-पहिरो: मृतकको संख्या ३० पुग्यो

    एजेन्सी । जम्मुको कटरास्थित वैष्णोदेवी धाममा मंगलबार अर्धकुमारीनजिकै गएको पहिरोमा परी मृत्यु भएकाको संख्या ३० पुगेको छ।एसएसपी रियासी परमवीर सिंहले बुधबार उक्त जानकारी दिएको भारतीय पत्रिका दैनिक भास्करले जनाएको छ।जम्मुमा बाढी-पहिरोग्रस्त क्षेत्रमा उद्धार जारी छ।उद्धार जारी छ। यसैबीच खराब मौसमका कारण वैष्णोदेवी यात्रा स्थगन गरिएको छ।त्यहाँ मंगलबार जम्मुको तावी नदीमा रहेको पुलनजिकैको सडक बाढीले बगाएको थियो। जहाँ धेरै सवारीसाधन फसेका थिए।भारी वर्षाका मंगलबार जम्मु-कश्मीरको डोडा जिल्लाका धेरै ठाउँमा अचानक बाढी आएको थियो। बाढीले १० देखि १५ घर बगाएको बताइएको छ। जम्मु-कश्मीरमा

    • प्रकाशित मितिः भदौ ११, २०८२
    • ५१० पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल