अन्तरास्ट्रिय

    Showing ५१-५६ of ५६ items.
  • भारतमा एकैदिन ११ हजार बढी कोरोना संक्रमित थपिए, ४३ जनाको मृत्यु

    काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा ११ हजार भन्दा बढी कोरोना भाइरस संक्रमित थपिएका छन्। भारतको स्वास्थ्य मन्त्रालयका अनुसार थप ११ हजार ५३९ जनामा कोभिड १९ संक्रमण देखिएको हो।नयाँ थपिएको संक्रमितसँगै भारतमा सक्रिय कोरोना संक्रमितको संख्या ९९ हजार ८७९ पुगेको छ।संक्रमणका कारण थप ४३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

    • प्रकाशित मितिः भदौ ५, २०७९
    • १५ पटक पढिएको
  • युक्रेनको खार्किभमा रुसी सेनाको हमलामा ६ जनाको मृत्यु

    काठमाडौं । रुसी हमलामा युक्रेनको खार्किभमा कम्तीमा ६ जनाको मृत्यु भएको छ । बुधबार भएको उक्त हमलामा १६ जना घाइते भएका छन् । युक्रेनका राष्ट्रपतिले भोलोदिमिर जेलेन्स्कीले उक्त हमलालाई घृणित र निन्दनीय बताएका छन् । हमलामा एउटा फ्ल्याटका ब्लक पूर्णरूपमा ध्वस्त भएको बताए ।आक्रमणको कुनै औचित्य नभएको र यसले अतिक्रमणकारीको शक्तिहीनता प्रदर्शन गरेको बताए । आक्रमणको बदला लिने पनि उनले चेतावनी दिएका छन् । 

    • प्रकाशित मितिः भदौ २, २०७९
    • १३ पटक पढिएको
  • सन् २०५३ सम्ममा अमेरिका चरम गर्मीको चपेटामा पर्ने

    काठमाडौं । नयाँ अध्ययनले अमेरिकाका लागि निकै नराम्रो भविष्यवाणी गरेको छ । अध्ययनले सन् २०५३ सम्ममा अमेरिका चरम गर्मीको चपेटामा पर्ने, जहाँ तापक्रम ५१ डिग्रीको आसपास हुने जनाएको छ ।  लगभग आधा अमेरिकामा यो अवस्थाबाट गुज्रिने अध्ययनले जनाएको छ । यो चर्को गर्मीको धेरै नराम्रा परिणामहरू हुने अध्ययनले जनाएको छ । अत्यधिक गर्मी भएको क्षेत्रलाई अति गर्मी बेल्ट भनिन्छ।  त्यस्ता ठाउँहरूमा वर्षको कम्तिमा एक दिन तापक्रम ५२ डिग्री सेन्टिग्रेडभन्दा माथि जान्छ। नयाँ अध्ययनका अनुसार सन् २०५३ सम्ममा अमेरिकाको १० करोड जनसंख्या त्यस्ता क्षेत्रमा बस्न बाध्य हुनेछन् । एचटीको समाचार अनुसार य

    • प्रकाशित मितिः श्रावण ३१, २०७९
    • १८ पटक पढिएको
  • आङ सान सुकीलाई थप ६ वर्ष जेल सजाय

    काठमाडौं । म्यानमारको एक अदालतले अपदस्थ नेत्री आङ सान सुकीलाई थप ६ वर्षको जेल सजाय सुनाएको छ । भ्रष्टाचारको चार वटा मुद्दामा दोषी ठहर गर्दै अदालतले नेत्री सुकीलाई ६ वर्षको जेल सजाय सुनाएको भारतीय सञ्चारमाध्यम एनडीटीभीले जनाएको छ ।  सेनाको विशेष अदालतले कलावाङ वन भूमिसँग जोडिएका तीन वटा भ्रष्टाचारको मुद्दामा सुकीलाई तीन वर्षको सजाय सुनाएको हो । यसका साथै एक बिल्डिङ प्लान्टसँग जोडिएको मुद्दामा पनि तीन वर्षको सजाय सुनाएको छ ।७७ वर्षीया नोबेल पुरस्कार विजेता सूकीलाई यसअघि नै ६ वटा मुद्दामा दोषी ठहर गर्दै ११ वर्षको जेल सजाय तोकिसकिएको छ । म्यान्मारमा सैन्य शासनको कट्टर विरोधीमध्येकी एक सु

    • प्रकाशित मितिः श्रावण ३१, २०७९
    • १७ पटक पढिएको
  • सुडानमा भीषण वर्षाका कारण ५२ जनाको मृत्यु

    काठमाडौं । सुडानमा भीषण वर्षाका कारण आइतबार रातिसम्म कम्तीमा ५२ जनाको मृत्यु भएको बताइएको छ।उत्तरी कोरदोफान राज्यमा बाढीको बढी असर देखिएको छ। सो राज्यमा मात्र १९ जनाको ज्यान गएको अधिकारीहरुले जनाएका छन्। रक्षा मन्त्रालयले दिएको जानकारीअनुसार उत्तरी र मध्य सुडानमा व्यापक वर्षा भएको छ। यहाँको दुई सय १९ हेक्टर क्षेत्रफल कृषियोग्य जमिनमा क्षति पुगेको छ। यस क्षेत्रका पाँच हजार भन्दा बढी घरमा क्षति पुगेको छ।दुई दिनदेखि वर्षा जारी रहेकाले थप सतर्कता अपनाउन भनिएको छ।  

    • प्रकाशित मितिः श्रावण ३०, २०७९
    • २० पटक पढिएको
  • इक्वेडरमा विस्फोट हुँदा ५ जनाको मृत्यु, १६ जना घाइते

    काठमाडौं । क्विटो–इक्वेडरको बन्दरगाह सहर ग्वायाकिलमा विस्फोट हुँदा कम्तीमा पाँच जनाको मृत्यु हुनुका साथै १६ जना घाइते भएका छन् । एक पत्रकार सम्मेलनको क्रममा इक्वेडरका गृहमन्त्री प्याट्रिसियो क्यारिलोले उक्त आक्रमण ‘कुकाराचा’ र ‘जुनियर’ उपनामले चिनिने दुई स्थानीयलाई लक्षित गरिएको बताए । उनीहरु टिग्युरिओनेस अपराधिक समूहमा आबद्ध रहेको बताए । देशको दोस्रो ठूलो शहर ग्वायाकिलमामा विस्फोटले आठ घर र दुईवटा कारहरू ध्वस्त पारेको छ । उक्त क्षेत्रमा राष्ट्रपति गुइलेर्मो लासोले आपत्काल घोषणा गरेका छन् ।  संगठित अपराधले देशलाई नियन्त्रण गर्न नदिने उनले प्रतिबद्धता जनाएका छन् । तटीय सहरमा ३० द

    • प्रकाशित मितिः श्रावण ३०, २०७९
    • २२ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि इटहरी द्रारा संचालित itaharikhabar.com

दर्ता न.: २२६९५२/२०७६/७७

सम्पर्क: 9852041138


Copyright © 2021 / 2024 / Itaharikhabar.com / All Rights Reserved.