अन्तरास्ट्रिय

    Showing ६१-७० of २५६ items.
  • ‘इजरायली सेनाले सहायता प्रतीक्षामा रहेका २१ जनाको हत्या गर्‍यो’

    एजेन्सी । गाजाको नागरिक सुरक्षा एजेन्सीले इजरायली सेनाले मङ्गलबार प्यालेस्टिनी क्षेत्रको केन्द्रमा रहेको वितरण स्थल नजिकै सहायताको प्रतीक्षामा रहेका २१ जनाको हत्या गरेको बताएको छ । यो सहायता खोज्नेहरूलाई लक्षित गरिएको पछिल्लो घातक घटना हो ।मङ्गलबार मध्य गाजामा सहायताका लागि पर्खिरहेका नागरिकहरूको जमघटलाई लक्षित गरी भएको इजरायली आक्रमणका कारण उनीहरूको मृत्यु भएको र अन्य एक सय ५० जना घाइते भएको नागरिक सुरक्षा प्रवक्ता महमुद बासलले बताए । गाजा पट्टीमा मिडियामा इजरायली प्रतिबन्ध र केही क्षेत्रमा पहुँचमा कठिनाइको अर्थ प्यालेस्टिनी क्षेत्रमा उद्धारकर्ता र अधिकारीहरूले प्रदान गरेको संख्या र विवरणहरू

    • प्रकाशित मितिः असार ११, २०८२
    • ४६५ पटक पढिएको
  • बाफलको मेडल र स्टिकर गोदाममा आगलागी

    काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिका–३ बाफलमा राजेन्द्र उदासले सञ्चालन गरेको मेडल र स्टिकर गोदाममा बिजुली सर्ट भएर बिहान करिब ३ः२० बजे आगलागी भएको छ।उक्त आगलागी बालाजु, जुद्ध बारुण यन्त्र, न्युरोड दमकल, सशस्त्र प्रहरी बल नम्बर १८ नीलबाराही गणबाट नीरकुमार कार्कीको कमान्डमा ३५ जना, नेपाल प्रहरी र नेपाली सेनाको डेढ घण्टाको प्रयासमा नियन्त्रणमा लिइएको छ।

    • प्रकाशित मितिः असार ८, २०८२
    • ४१४ पटक पढिएको
  • इजरायल पछि अमेरिकाले पनि सुरू गर्याे इरानमाथी आक्रमण , तीन आणविकस्थल ध्वस्त बनाएकाे दाबी

    एजेन्सी । अमेरिकाले इरानमा आक्रमण सुरु गरेको छ। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार अमेरिकी सेनाले इरानका तीन वटा स्थानमा हमला गरेको बताएका हुन्। उनले आणविक कार्यक्रम नष्ट गर्ने इजरायलको प्रयासमा अमेरिका प्रत्यक्ष संलग्न भएको उल्लेख गरेका छन्।‘हामीले इरानका तीन आणविकस्थल–फोर्डो, नटान्ज र इस्फहानमा धेरै सफल आक्रमण सम्पन्न गरेका छौँ । सबै विमानहरू अब इरानको हवाई क्षेत्रबाहिर छन्। मुख्यस्थल फोर्डोमा पूर्ण मात्रामा बमहरू खसालिएको छ। सबै विमानहरू सुरक्षित रूपमा घर फर्किंदै छन्। हाम्रा महान् अमेरिकी योद्धाहरूलाई बधाई। विश्वमा यो गर्न सक्ने अर्को कुनै सैन्य शक्ति छैन। अब शान्तिको समय हो ! यो

    • प्रकाशित मितिः असार ८, २०८२
    • ५५८ पटक पढिएको
  • इरानको अडान : आक्रमण जारी रहँदासम्म इजरायलसँग वार्ता हुँदैन

    एजेन्सी । इरानले इजरायली आक्रमण जारी रहँदा आफ्नो आणविक कार्यक्रमबारे कुनै पनि वार्ता नगर्ने स्पष्ट पारेको छ। इजरायलका रक्षा मन्त्रीले इरानसँगको युद्ध दीर्घकालीन हुने चेतावनी दिएका केही घण्टापछि इरानको यो प्रतिक्रिया आएको हो।शुक्रबार इरानले उत्तर इजरायलमा क्षेप्यास्त्रको वर्षा गर्‍यो भने इजरायली सेनाले इरानका दर्जनौं स्थानहरूमा हवाई आक्रमण गर्‍यो। इरानी कूटनीतिज्ञ अब्बास अराघ्चीले भने इजरायली आक्रमण रोकिए मात्र कूटनीतिक वार्ताको विकल्प खोलिने बताए। उनले इरानको आणविक कार्यक्रम शान्तिपूर्ण भएको दाबी गर्दै इजरायलका आक्रमणहरू अन्तर्राष्ट्रिय कानुनविपरीत भएको बताए।इरानले आफूलाई बचाउने वैधानिक अधिकार

    • प्रकाशित मितिः असार ७, २०८२
    • ५३५ पटक पढिएको
  • इजरायलमा संकटै संकट : नेपाली बिद्यार्थी र कामदारलाई भन्याे –घर बाहिर ननिस्कनू

    एजेन्सी । इजरायलको राजधानी तेल अभिभस्थित नेपाली दूतावासले त्यहाँ रहेका आफ्ना नागरिकलाई अत्यावश्यक बाहेक घर बाहिर ननिस्कन आग्रह गरेको छ। दूतावासले आइतबार एक सूचना जारी गर्दै त्यहाँ रहेका नेपालीलाई सुरक्षित आश्रयस्थलको सुविधा भएको स्थान आसपासमै रहन भनेको छ।‘आफ्नो सुरक्षातर्फ विशेष ध्यान दिन, अत्यावश्यक अवस्थामा बाहेक घरबाट बाहिर ननिस्कन तथा सुरक्षित आश्रयस्थलको सुविधा भएको स्थलको आसपासमै रहन समेत हार्दिक अनुरोध गर्दछौं’, दूतावासले भनेको छ। गएको बिहीबार राति इजरायलले इरानमा हवाई आक्रमण गरेको थियो। त्यसपछि यी दुई देश लगातार आक्रमण–प्रत्याक्रमणमा उत्रिएका छन्। तनाव बढ्दै जाँदा दुवै देशमा ठूलो जनधनक

    • प्रकाशित मितिः असार १, २०८२
    • ५६२ पटक पढिएको
  • भारतमा केदारनाथका तीर्थयात्री चढेको हेलिकप्टर दुर्घटना : सात जनाको मृत्यु (नामावली सहित)

    एजेन्सी । आइतबार बिहान भारतीय राज्य उत्तराखण्डको रुद्रप्रयाग जिल्लामा हेलिकप्टर दुर्घटना भएको छ। नवभारत टाइम्सका अनुसार केदारनाथ क्षेत्रमा भएको दुर्घटनामा पाइलटसमेत सबै ७ जनाको मृत्यु भएको छ।रुद्रप्रयाग जिल्ला विपद् व्यवस्थापन अधिकारी नन्दन सिंह राजवारका अनुसार हेलिकप्टर दुर्घटना गौरीकुण्डको जंगलमाथि भएको हो।हेलिकप्टर खसेपछि आगो लागेको थियो।खराब मौसमका कारण आर्यन कम्पनीको हेलिकप्टर दुर्घटना भएको हो। उक्त हेलिकप्टर आइतबार बिहान करिब ५:३० बजे केदारनाथबाट गुप्तकाशीका लागि उडेको थियो। खराब मौसमका कारण भिजिबिलिटी (पारदर्शिता) कम भएका कारण दुर्घटना भएको अनुमान गरिएको छ।यी हुन् मृतक१.

    • प्रकाशित मितिः असार १, २०८२
    • ५२० पटक पढिएको
  • अमेरिकी, बेलायती र फ्रान्सको सैन्य अड्डामा आक्रमण गर्ने इरानको चेतावनी

    एजेन्सी । इरानले अमेरिका, बेलायत र फ्रान्सलाई उनीहरूका सैन्य अड्डामा आक्रमण गर्ने चेतावनी दिएको छ। इजरायलमाथि गरिएको इरानी जवाफी प्रहारलाई अवरुद्ध गर्न सहयोग गरे, उनीहरूको सैन्य अड्डा र युद्धपोतहरू निशानामा पर्ने इरानको भनाइ छ।इजरायलले इरानका आणविक र सैनिक केन्द्रमा आक्रमण गरेपछि इरानले शनिबार व्यापक रूपमा मिसाइल र ड्रोन प्रहार गरेको छ । जवाफस्वरूप इरानबाट प्रक्षेपित मिसाइल र ड्रोनहरूले इजरायलमा कम्तीमा चार जनाको मृत्यु गराएको र दर्जनौं घाइते बनाएको छ।इरानका सर्वोच्च नेता आयातुल्लाह अली खामेनीले इजरायललाई ‘गम्भीर दण्ड भोग्नुपर्ने’ चेतावनी दिँदै आक्रमणको कडा आलोचना गरेका छन्। इजरायलका रक्षा मन्

    • प्रकाशित मितिः असार १, २०८२
    • ३७९ पटक पढिएको
  • दुर्घटनाग्रस्त विमानको ‘ब्ल्याक बक्स’ भेटियो

    अहमदाबाद । भारतको अहमदाबाद शहरको आवासीय क्षेत्रमा बिहीबार दुर्घटनाग्रस्त विमानको ‘ब्ल्याक बक्स रेकर्डर’ भेटिएको छ।अहमदाबादबाट बेलायतको लण्डनका लागि उडेको एअर इण्डियाको बोइङ ७८७–८ ड्रिमलाइनर विमान झण्डै एक सय मिटरको उचाइमा नपुग्दै दुर्घटना भएको थियो। विमानमा चालक दलका सदस्यसहित २४२ जना थिए । तीमध्ये २४१ जनाको ज्यान गएको पुष्टि भइसकेको छ। एक बेलायती नागरिक विश्वासकुमार रमेश बाँच्न सफल भएका छन् । उनको अहिले उपचार भइरहेको छ।विमान दुर्घटना आवासीय क्षेत्रमा भएकाले थप २४ जनाले ज्यान गुमाएका पछिल्लो विवरण छ। योसँगै मृतकको कुल संख्या २६५ जना पुगेको छ। ब्ल्याक बक्स रेकर्डर भेटिएसँगै मृतका परिवार र

    • प्रकाशित मितिः जेठ ३१, २०८२
    • ४६१ पटक पढिएको
  • एयर इन्डिया दुर्घटना : फ्लाइट छुटेर बाँचेकी भूमि

     काठमाडौं । गुजरात अंकलेश्वरकी भूमि चौहान बिहीबार दुर्घटनामा परेको एयर इन्डियाकै विमानबाट लन्डन जाने तयारीमा थिइन् ।घरबाट सडकमार्ग हुँदै विमानस्थलतर्फ लागेकी भूमि ट्राफिक जामका कारण समयमा एयरपोर्ट पुग्न सकिनन् । फ्लाइट छुट्दा उनी निकै दु:खी थिइन् ।तर, उडेको क्षणभरमै उनी चढ्न नपाएको विमान दुर्घटनामा भयो । दुर्घटनामा जहाजका २४२ यात्रुमध्ये एकजना बाहेक सबैको ज्यान गयो । उनी अहिले विमान छुटेकोमा आभारी छिन् ।‘ट्राफिक जामका कारण म समयमा अहमदाबाद एयरपोर्ट पुग्न सकिनँ । पाँच मिनेट ढिलो पुगेकाले मलाई विमानस्थल प्रवेश गर्न दिइएन,’ बीबीसी हिन्दीसँग कुरा गर्दै भूमिले भनिन् ।टिकटको पैसा खेर गएको र जाग

    • प्रकाशित मितिः जेठ ३०, २०८२
    • ५४१ पटक पढिएको
  • एयर इण्डिया जहाज दुर्घटना : कम्तीमा १३३ जनाको मृत्यु, कहाँ–कहाँका थिए नागरिक ?

    एजेन्सी । एयर इण्डियाको जहाज दुर्घटनामा कम्तीमा १३३ जनाको मृत्यु भएको छ। अस्पताल स्रोतलाई उद्धृत गर्दै न्युज १८ ले कम्तीमा १३३ जनाको मृत्यु भएको जनाएको छ । मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।भारतको गुजरातस्थित अहमदाबादबाट लण्डनका लागि उडेको एआई १७१ फ्लाट नम्बरको जहाज केही मिनेटमै दुर्घटना भएको थियो। उक्त जहाज अहमदाबादको मेघानीनगरस्थित बस्तीमा खसेको थियो। डाक्टर बस्ने होस्टेलमै जहाज खसेको त्यहाँका अधिकारीहरूले बताएका छन्।विमानमा क्रुसहित २४२ जना यात्रु रहेको बताइएको छ। विमानमा १६९ जना भारतीय र ६१ जना विदेशी नागरिक सवार थिए। विदेशी नागरिकमध्ये ५३ जना बेलायती, ७ जना पोर्चुगी र १ जना क्यानड

    • प्रकाशित मितिः जेठ २९, २०८२
    • ४३१ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल