अन्तरास्ट्रिय

    Showing ७१-८० of २५४ items.
  • १२ देशका नागरिकलाई अमेरिका यात्रामा पूर्ण प्रतिबन्ध , यस्ताे छ सुची

    एजेन्सी ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वका १२ देशका नागरिकलाई अमेरिका यात्रा गर्न प्रतिबन्ध लगाउने घोषणापत्रमा हस्ताक्षर गरेका छन्।अमेरिका यात्रा गर्न प्रतिबन्ध लगाइएका देशहरूमा अफगानिस्तान, म्यानमार, चाड, कंगो गणतन्त्र, इक्वेटोरियल गिनी, एरिट्रिया, हैटी, इरान, लिबिया, सोमालिया, सुडान र यमन छन्। ती देशका नागरिकले अमेरिकाको राष्ट्रिय सुरक्षा जोखिम पुर्‍याउने भन्दै अमेरिका यात्रा गर्न प्रतिबन्ध लगाएको समाचारमा उल्लेख छ।ह्वाइट हाउसकी प्रवक्ता एबिगेल ज्याक्सनले अमेरिकी नागरिकलाई क्षति पुर्‍याउन सक्ने भएकाले राष्ट्रपति ट्रम्पले अमेरिकीहरूलाई खतरनाक विदेशीहरूबाट बचाउन १२ देशका नागरि

    • प्रकाशित मितिः जेठ २२, २०८२
    • ४१५ पटक पढिएको
  • शेख हसिनाविरुद्ध ५ अभियोग, १३४ पृष्ठको आरोपपत्र दायर

    एजेन्सी । बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण (आईसीटी) मा भारत भागेकी अपदस्थ प्रधानमन्त्री शेख हसिनाविरुद्ध अभियोगपत्र दायर गरेसँगै न्यायिक प्रक्रिया सुरु भएको छ।बीबीसी हिन्दीका अनुसार उनीविरुद्धका आरोप गत वर्ष जुलाईमा आन्दोलनका क्रममा प्रदर्शनकारीहरूविरुद्ध गरिएको क्रूरतासँग सम्बन्धित छन्।गत वर्ष भएको आन्दोलनको लगभग ८ महिनापछि पहिलोपटक हसिनाविरुद्ध मुद्दाको औपचारिक सुनुवाइको प्रक्रिया सुरु भएको हो। तर औपचारिक आरोप तय भएपछि मात्र यो प्रक्रिया अगाडि बढ्नेछ।आइतबार अभियोजन पक्षले बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणमा शेख हसिनासहित तीन जनाविरुद्ध आधिकारिक रूपमा पाँचवटा आरोप दायर

    • प्रकाशित मितिः जेठ २०, २०८२
    • ४६५ पटक पढिएको
  • ट्रम्पद्वारा आयातमा भारी करको घोषणा, एप्पल पनि निशानामा

    न्यूयोर्क । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार युरोपेली संघबाट आयात हुने सम्पूर्ण वस्तुमा ५० प्रतिशत कर लगाउने र यदि एप्पल कम्पनीले आफ्ना फोनहरू अमेरिकाभित्र उत्पादन नगरेमा ती सामानमा २५ प्रतिशत कर लगाइने चेतावनी दिएका छन्।उनले सामाजिक सञ्जालमा उल्लेख गरे, ‘हाम्रो वार्ता युरोपेली संघसँग अघि बढिरहेको छैन । त्यसैले, म आगामी सन् २०२५ देखि युरोपेली संघका सबै वस्तुहरूमा सोझै ५० प्रतिशत कर लगाउने सिफारिस गर्दैछु । तर यदि ती वस्तुहरू अमेरिकामै निर्माण गरिन्छ भने कुनै पनि शुल्क लाग्ने छैन।’एप्पल कम्पनीमाथि निशानायस घोषणाअघि राष्ट्रपति ट्रम्पले एप्पल कम्पनीप्रति असन्तुष्टि जना

    • प्रकाशित मितिः जेठ १०, २०८२
    • ४३४ पटक पढिएको
  • वासिङ्टनमा इजरायली दूतावासका दुई कर्मचारी मारिए

    एजेन्सी । अमेरिकाको वासिङ्टनमा रहेको यहुदी संग्रहालयबाहिर इजरायली दूतावासका दुई कर्मचारीको हत्या भएको छ। अमेरिकी गृह सुरक्षा सचिव क्रिस्टी नोएमले यसको पुष्टि गरेकी छन्।स्रोतहरूले बीबीसीको भगिनी च्यानल सीबीएसलाई बताएअनुसार घटनामा एक पुरुष र एक महिलालाई गोली लागेको छ।क्यापिटल यहुदी संग्रहालयमा आयोजित कार्यक्रममा भाग लिएर बाहिर निस्किँदै गर्दा उनीहरूलाई गोली हानिएको थियो। स्रोतहरूले आक्रमण योजनाबद्ध तरिकाले गरिएको देखिएको बताएका छन्।यो गोलीकाण्ड स्थानीय समयअनुसार राति ९:०५ बजेतिर एफ स्ट्रिटमा भएको हो।यो त्यस्तो क्षेत्र हो जहाँ धेरै पर्यटकीय स्थल, संग्रहालय र सरकारी भवन छन्। यसमा एफबीआई फिल्ड अफिस

    • प्रकाशित मितिः जेठ ८, २०८२
    • ४७३ पटक पढिएको
  • भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास

    एजेन्सी ।  पाकिस्तान र भारतबीच युद्ध चर्किदै गएको छ । विहीबार बेलुकीदेखि दुवै देशका सेनाले एकअर्काको भूमिमा मिसाइल प्रहार गरेका छन् । पाकिस्तानले प्रहार गरेको मिसाइललाई भारतले विफल बनाइदिएको छ । बिहीबार जम्मु कश्मिरस्थित हवाई अड्डामा पाकिस्तानले प्रहार गरेको मिसाइललाई भारतको डीफेन्स युनिटले विफल बनाइदिएको हो । युद्धका कारण सीमा क्षेत्रमा त्रास सिर्जना भएको छ ।भारतीय सेनाले दिएको जानकारीअनुसार पाकिस्तानको एफ–१६ जेटलाई भारतले विफल बनाएको हो । भारतको एस–४०० डीफेन्स सिस्टमले पाकिस्तानले प्रहार गरेको ८ मिसाइललाई विफल बनाएको भारतीय सेनाले दाबी गरेको छ। यसैबीच धर्मशालामा भइरहेको इन्डियन प्रिमियर

    • प्रकाशित मितिः वैशाख २६, २०८२
    • ६४५ पटक पढिएको
  • भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह

    एजेन्सी । अमेरिकाले भारत र पाकिस्तानलाई एकअर्काविरुद्ध आक्रमण रोक्न आग्रह गरेको छ । अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता ट्यामी ब्रुसले पत्रकार सम्मेलनमा उक्त अपिल गरेकी हुन् ।पत्रकारहरूको प्रश्नको जवाफमा ब्रुसले भनिन्, ‘अमेरिकाको सन्देश हिंसा, सैन्य कारबाही र युद्ध बन्द हुनुपर्छ भन्ने हो। मध्य पूर्वमा यो प्रमाणित भइसकेको छ कि युद्धबाट कुनै पनि समाधान निस्कँदैन ।’ उनले थपिन्, ‘युद्ध, सेना र हिंसा समाधान होइनन् । नयाँ विचार र कूटनीति नै पुस्तौंदेखि चल्दै आएको हिंसा र समस्या रोक्ने एक मात्र समाधान हो ।’अमेरिकी मध्यस्ताबारे के भनिन् ?भारत र पाकिस्तानबीच मध्यस्थताको प्रश्नमा ट्यामी ब्रुसले भनिन्, ‘ज

    • प्रकाशित मितिः वैशाख २६, २०८२
    • ५५८ पटक पढिएको
  • पाकिस्तानविरुद्ध हमला थालेपछि मोदीले रद्द गरे तीन देशको भ्रमण

    एजेन्सी । भारतीय सेनाले पाकिस्तानका ९ वटा आतंकवादी अड्डाहरूमा आक्रमण गरेको छ । यो कारबाहीपछि प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो विदेश भ्रमण रद्द गरेका छन्। प्रधानमन्त्री मोदीले तीन देशको भ्रमण रद्द गरेका छन् । उनी ३ युरोपेली देशमा धेरै महत्वपूर्ण द्विपक्षीय वार्ता र बैठकमा भाग लिन जाँदै थिए ।अब प्रधानमन्त्री मोदीको नर्वे, क्रोएसिया र नेदरल्याण्ड्सको भ्रमण हाललाई रद्द गरिएको छ । मोदीले मे १३ देखि १७ सम्म क्रोएसिया, नर्वे र नेदरल्याण्ड्सको भ्रमण गर्ने कार्यक्रम थियो । प्रधानमन्त्री नर्डिक शिखर सम्मेलनमा भाग लिन नर्वे जाने कार्यक्रम थियो ।

    • प्रकाशित मितिः वैशाख २४, २०८२
    • ४४८ पटक पढिएको
  • भारतको आक्रमणमा जैश–ए–मोहम्मदका प्रमुख मसूद परिवारका १४ जना मारिएकाे दाबी

    एजेन्सी ।  अतिवादी संगठन जैश–ए–मोहम्मदले भारतले गए राति पाकिस्तानमाथि गरेको आक्रमणमा संगठनका प्रमुख मसूद अजहरको परिवारका १० सदस्यसहित १४ जना मारिएको बताएको छ। यस सम्बन्धमा जैश–ए–मोहम्मद (जेईएम) ले बुधबार एक विज्ञप्ति जारी गरेको छ। विज्ञप्तिमा मृत्यु हुनेहरूमा मसूद अजहरकी दिदी र भिनाजु, भतिजा, भतिजाकी श्रीमती, भतिजी र परिवारका पाँच छोराछोरी रहेको उल्लेख छ ।जैश–ए–मोहम्मदले मसूद अजहरका तीन नजिकका सहयोगी र ती सहयोगीहरूमध्ये एककी आमा पनि आक्रमणमा मारिएको जनाएको छ। विज्ञप्ति अनुसार, पाकिस्तानको बहावलपुरमा रहेको सुभान अल्लाह मस्जिदमा भएको आक्रमणमा मसूद अजहरका आफन्तको मृत्यु भएको हो । फेब्रुअरी २

    • प्रकाशित मितिः वैशाख २४, २०८२
    • ४५६ पटक पढिएको
  • भारतको पाँच वटा फाइटर जेट खसालेको पाकिस्तानको दाबी

    एजेन्सी । पाकिस्तानी सेनाले पाँच वटा भारतीय जेट खसालेको दाबी गरेको छ । ‘अहिलेसम्म, म तपाईंलाई पुष्टि गर्न सक्छु कि पाँच भारतीय विमान–जसमा तीन राफेल, एक एसयू–३० र एक मिग–२९ र एक हेरोन ड्रोन पनि खसालिएको छ,’ पाकिस्तानको सैन्य प्रवक्ताले अहमद शरीफ चौधरीले रोयटर्सद्वारा सार्वजनिक भिडियोमा भनेका छन् ।बीबीसीका अनुसार भारतले पाकिस्तानको यस दाबीबारे अहिलेसम्म कुनै जवाफ दिएको छैन । यद्यपि भारतको प्रेस सूचना ब्यूरो (पीआईडी) ले आफ्नो ‘फ्याक्ट चेक‘ एकाउन्टको प्रयोग गरेर पाकिस्तानको सैन्य दाबीको खण्डन गरेको छ । सोसल मिडियामा आएका पोस्टहरूमा पाकिस्तानले भारतीय सेना ब्रिगेड मुख्यालय नष्ट गरेको दाबी गरिएको छ,

    • प्रकाशित मितिः वैशाख २४, २०८२
    • ४७४ पटक पढिएको
  • पाकिस्तानमा भारतको हवाइ आक्रमणपछि अहिलेसम्म के–के भयो ?

    एजेन्सी ।  भारतले बुधबार बिहान पौने २ बजेतिर पाकिस्तानको नियन्त्रित क्षेत्र कश्मीरमा ९ वटा आतंकवादी क्षेत्रलाई निशाना बनाउँदै गरिएको आक्रमणपछि भारत–पाकिस्तान तनाव चुलिएको छ। केद्र सरकारले एक विज्ञप्ति जारी गर्दै ९ ठाउँमा एअर स्ट्राइक गरेको जनाएको छ । भारतीय सञ्चारमाध्यमले १०० भन्दा बढी मारिएको दाबी गरेका छन्।यता अन्य अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले कम्तिमा ३५ जना मारिएको बताएका छन् । तर पाकिस्तानले भने दुई बालबालिकासहित ७ जना मारिएको दाबी गरेको छ । अहिलेसम्म कति मानवीय क्षति भयो भन्ने आधिकारिक रुपमा कतै पुष्टि भइसकेको छैन । सन् १९७१ मा पाकिस्तानमा गरिएको आक्रमणपछि पहिलो पटक भारतका तीनै

    • प्रकाशित मितिः वैशाख २४, २०८२
    • ५९५ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल