एजेन्सी । पाकिस्तानी सेनाले पाँच वटा भारतीय जेट खसालेको दाबी गरेको छ । ‘अहिलेसम्म, म तपाईंलाई पुष्टि गर्न सक्छु कि पाँच भारतीय विमान–जसमा तीन राफेल, एक एसयू–३० र एक मिग–२९ र एक हेरोन ड्रोन पनि खसालिएको छ,’ पाकिस्तानको सैन्य प्रवक्ताले अहमद शरीफ चौधरीले रोयटर्सद्वारा सार्वजनिक भिडियोमा भनेका छन् ।बीबीसीका अनुसार भारतले पाकिस्तानको यस दाबीबारे अहिलेसम्म कुनै जवाफ दिएको छैन । यद्यपि भारतको प्रेस सूचना ब्यूरो (पीआईडी) ले आफ्नो ‘फ्याक्ट चेक‘ एकाउन्टको प्रयोग गरेर पाकिस्तानको सैन्य दाबीको खण्डन गरेको छ । सोसल मिडियामा आएका पोस्टहरूमा पाकिस्तानले भारतीय सेना ब्रिगेड मुख्यालय नष्ट गरेको दाबी गरिएको छ,
एजेन्सी । भारतले बुधबार बिहान पौने २ बजेतिर पाकिस्तानको नियन्त्रित क्षेत्र कश्मीरमा ९ वटा आतंकवादी क्षेत्रलाई निशाना बनाउँदै गरिएको आक्रमणपछि भारत–पाकिस्तान तनाव चुलिएको छ। केद्र सरकारले एक विज्ञप्ति जारी गर्दै ९ ठाउँमा एअर स्ट्राइक गरेको जनाएको छ । भारतीय सञ्चारमाध्यमले १०० भन्दा बढी मारिएको दाबी गरेका छन्।यता अन्य अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले कम्तिमा ३५ जना मारिएको बताएका छन् । तर पाकिस्तानले भने दुई बालबालिकासहित ७ जना मारिएको दाबी गरेको छ । अहिलेसम्म कति मानवीय क्षति भयो भन्ने आधिकारिक रुपमा कतै पुष्टि भइसकेको छैन । सन् १९७१ मा पाकिस्तानमा गरिएको आक्रमणपछि पहिलो पटक भारतका तीनै
एजेन्सी । भारत र पाकिस्तानबीचको तनाव उच्च बिन्दुमा पुगेको बेला चीनले पहिलो पटक मुख खोलेको छ। चिनियाँ विदेश मन्त्रालयले पाकिस्तानमाथि भारतीय सैन्य कारबाहीलाई खेदजनक भनेको छ ।दक्षिण एसियाका दुई ठूला मुलुकबीच बढेको तनावबारे सोधिएको प्रश्नमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले भनेकी छन्, ‘हामी त्यहाँ भइरहेको सबै गतिविधिलाई चासोपूर्वक हेरिरहेका छौँ। आज बिहानै भारततर्फबाट भएको सैनिक अप्रेसन खेदजनक छ । दुवै देशलाई शान्त र संयम रहन आग्रह गरेका छौँ । थप नराम्रो घटनातर्फ नजान भनिरहेका छौँ ।’यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत–पाकिस्तानबीच जारी आक्रमण चाँडै अन्त्य हुने विश्वास व्यक्त
एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार काश्मीरमा २६ जनाको ज्यान जाने गरी भएको भीषण आक्रमणका लागि जिम्मेवार सबैलाई सजाय दिने प्रतिज्ञा गरेका छन्। हिमाली क्षेत्र काश्मीरमा मङ्गलबार भएको आक्रमणपछि पहिलो पटक सम्बोधन गर्दै उनले भने, ‘म सारा विश्वलाई भन्छु : भारतले हरेक आतंकवादी र तिनका समर्थकहरूलाई पहिचान गर्नेछ, पछ्याउनेछ र दण्डित गर्नेछ । हामी तिनीहरूलाई पृथ्वीको कुनाकुना सम्म खोज्नेछौँ ।’पर्यटकीय स्थल पहलगाममा भएको गोलीकाण्ड सन् २००० यता विवादित मुस्लिम बहुल क्षेत्रमा नागरिकहरूमाथि भएको सबैभन्दा घातक आक्रमण थियो । मारिएका पुरुषहरूमध्ये २६ जना भारतीय र एक जना नेपाली थिए । भारतले ब
वैशाख ६ -नेपालका मोरङ र झापा तथा भारतको बिहार राज्यअन्तर्गत किशनगञ्ज जिल्लाका प्रशासनिक अधिकारीहरूबीच सीमा सुरक्षाका विविध पक्षमा छलफल गर्न नेपाल–भारत सीमा संयुक्त समन्वय समिति (BDCC) को बैठक शनिबार सम्पन्न भएको छ।उक्त बैठक भारतको ठाकुरगञ्जस्थित १९ औं बटालियन SSB, पावर हाउसमा आयोजित भएको हो। नेपाली प्रतिनिधिमण्डलमा मोरङ र झापाका प्रमुख जिल्ला अधिकारी, सशस्त्र प्रहरी, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग, भन्सार कार्यालय तथा वन कार्यालयका प्रमुखहरूको उपस्थिति रहेको थियो। भारतीय पक्षबाट भने किशनगञ्ज जिल्लाका प्रहरी प्रमुख, एसएसबीका उच्च अधिकारी, भन्सार कार्यालयका प्रतिनिधिहरू सहभागी थिए।बैठकम
वैशाख ६ -नेपालका मोरङ र झापा तथा भारतको बिहार राज्यअन्तर्गत किशनगञ्ज जिल्लाका प्रशासनिक अधिकारीहरूबीच सीमा सुरक्षाका विविध पक्षमा छलफल गर्न नेपाल–भारत सीमा संयुक्त समन्वय समिति (BDCC) को बैठक शनिबार सम्पन्न भएको छ।उक्त बैठक भारतको ठाकुरगञ्जस्थित १९ औं बटालियन SSB, पावर हाउसमा आयोजित भएको हो। नेपाली प्रतिनिधिमण्डलमा मोरङ र झापाका प्रमुख जिल्ला अधिकारी, सशस्त्र प्रहरी, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग, भन्सार कार्यालय तथा वन कार्यालयका प्रमुखहरूको उपस्थिति रहेको थियो। भारतीय पक्षबाट भने किशनगञ्ज जिल्लाका प्रहरी प्रमुख, एसएसबीका उच्च अधिकारी, भन्सार कार्यालयका प्रतिनिधिहरू सहभागी थिए।बैठकम
एजेन्सी । चीनका वाणिज्यमन्त्री वाङ वेन्ताओले विश्व व्यापार सङ्गठन (डब्लुटिओ) का प्रमुखलाई अमेरिकी करवृद्धिले गरिब राष्ट्रलाई ‘गम्भीर क्षति’ पुर्याउने बताएका छन् । वासिङ्टन र बेइजिङले यो महिना एक आपसमा अतिरिक्त कर लगाउने घोषणा गरिरहेका छन् ।यसै शिलशिलामा अहिलेसम्म अमेरिकाले चिनियाँ सामानको आयातमा १४५ प्रतिशत अतिरिक्त कर लगाएको छ भने बदलामा चीनले अमेरिकी सामानको आयातमा १२५ प्रतिशत कर लगाएको छ । यसले विश्वका दुई ठूला अर्थतन्त्रहरूबीच व्यापार युद्ध चर्किने डर बढाएको छ जसको प्रत्यक्ष असर विश्वको शेयर बजारमा परेको र यसले शेयर कारोबारलाई अस्तव्यस्त बनाएको छ ।अर्थशास्त्रीहरूले अमेरिका र चिनियाँ अर्थत
एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध देशैभर विरोध प्रदर्शन भइरहेको छ। बीबीसीका अनुसार दोस्रोपटक राष्ट्रपतिको पद सम्हालेपछि ट्रम्पविरुद्ध अमेरिकी जनताले प्रदर्शन गरेको यो पहिलोपटक हो।अमेरिकाका सबै ५० राज्यका करिब १२ सय स्थानमा विरोध प्रदर्शन भइरहेका छन्। जसलाई ‘ह्यान्ड्स अफ’ नाम दिइएको छ। यसको अर्थ ट्रम्पले जनताको मामिलामा हस्तक्षेप गर्नु हुँदैन भन्ने हो।प्रदर्शनकारीहरूले सामाजिक र आर्थिक मामिलालगायत धेरै विषयमा ट्रम्पको एजेन्डाप्रति असन्तुष्टि व्यक्त गरेका छन्।ट्रम्पले विश्वका धेरै देशका सामानमा चर्को भन्सार शुल्क लगाएपछि अमेरिकाबाहिर पनि लन्डन, पेरिस र बर्लिनजस्ता विश्वका विभि
एजेन्सी । म्यानमारमा शक्तिशाली भूकम्पका कारण कम्तीमा १४४ जनाको मृत्यु भएको पुष्टि भएको छ भने ७३२ जना घाइते भएका छन् । मृतक र घाइतेको संख्या अझै बढ्न सक्ने म्यानमारको सैन्य शासन प्रमुख मिन आङ ह्लिङलाई उदधृत गर्दै बीबीसीले जनाएको छ । भूकम्पले म्यानमारमा बिजुली, टेलिफोन र इन्टरनेट पनि बन्द भएको छ । म्यानमारमा सन् २०२१ देखि सैन्य शासन छ ।थाइल्याण्डमा पनि भूकम्पका कारण एउटा भवन भत्किँदा भूकम्पमा परी अहिलेसम्म तीन जनाको मृत्यु भएको छ । तर, त्यसयता थाई प्रशासनले कति जनाको मृत्यु भएको छ वा कति घाइते भएका छन् भन्ने जानकारी दिएको छैन ।म्यानमारमा शुक्रबार आएको ७.७ म्याग्निच्युडको भूकम्पले धेरै
काठमाडौं । दिल्ली उच्च अदालतका न्यायाधीश यशवंत वर्माको घरबाट करिब १५ करोड रुपैयाँ नगद बरामद भएको छ । यो कुरा बाहिर आएपछि सर्वोच्च अदालतको कलेजियमले उनलाई इलाहाबाद उच्च अदालतमा फिर्ता पठाउने निर्णय गरेको छ ।साथै, कलेजियमले न्यायाधीश वर्माविरुद्ध प्रारम्भिक अनुसन्धान सुरु गरेको छ । यद्यपि, यो आन्तरिक छानबिन होइन । छानबिन पूरा भएपछि दिल्ली उच्च अदालतले मुख्य न्यायाधीश कलेजियमलाई प्रारम्भिक प्रतिवेदन पेस गर्नेछ । वास्तवमा होलीको बिदामा जस्टिस वर्माको सरकारी बंगलामा आगलागी भएको थियो । त्यतिबेला उनी घरमा थिएनन् । आगो लागेको परिवारले दमकललाई खबर गरेका थिए । आगो निभाउन गएको टोलीले सो १५ करोड नगद फेला