इटहरी डेस्क । सुनचाँदी व्यवसायीले आफ्ना सबै आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन्।गएराति अर्थमन्त्रालयमा भएको वार्तामा सरकारसँग ६ बुँदे सहमति भएपछि आन्दोनलका सबै कार्यक्रम स्थगित गरिएकाे सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सहमतिसँगै आजदेखि आफ्नो व्यवसायमा फर्किने व्यवसायीले बताएका छन्। सरकारले सुन र हिरामा लगाएको विलासिता कर खारेज हुनुपर्ने मागसहित सुनचाँदी व्यवसायीहरु पसल नै बन्द गरेर आन्दोलनमा उत्रिएका थिए।व्यवसायी र सरकारबीच विलासिताको परिभाषाभित्र राखिएको सुन तथा सुनका गरगहनाको विषयमा आवश्यक अध्ययन गरी पुनरावलोकन गर्न सिफारिस गरिने सहमति भएको छ। यसका लागि सरकारको तर्फबाट अर्थ मन्त्राल
झापा । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत जिल्लामा धान, मकै, सुपारी, माछा, रबर र सागसब्जीसहित छवटा ‘जोन कार्यक्रम’ सञ्चालनमा छन् । कार्यक्रम सञ्चालनपछि यहाँका किसान परम्परागत खेतीक छाडेर सामूहिक रूपमा व्यावसायिक खेतीमा लागेका छन् । बीउ, मल, सिँचाइ र भण्डारणमा प्राप्त अनुदानबाट उनीहरू लाभान्वित भएका छन् । यहाँ चार हजार १०० हेक्टरमा धानखेतीको सुपरजोन सञ्चालन छ ।कचनकबल गाउँपालिकाको सबै सात वडाबाट धानको सुपरजोन कार्यक्रम सुरु भएको थियो । हाल जिल्लाका १५ वटै पालिकामा यो कार्यक्रम विस्तार भइसकेको छ । कुल ३० वटा वडाको तीन सयभन्दा बढी कृषक समूहका पाँच हजार किसान परियोजनामा आबद्ध
वीरगञ्ज । चालु आर्थिक वर्षको ११ महिनामा वीरगञ्ज नाका हुँदै भटमासको कच्चा तेल ५२ अर्ब ५८ करोड मूल्यको आयात भएको छ ।गत आवको सोही अवधिको तुलनामा भटमासको कच्चा तेलको आयात ६१३.४१ प्रतिशत अर्थात् ४५ अर्ब २१ करोड बढीले आयात भएको छ । जबकि गत आवको ११ महिनामा भने सात अर्ब ३७ करोड मूल्यको मात्रै भटमासको कच्चा तेल आयात भएको थियो ।वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले चालु आवमा यो नाका हुँदै भटमासको प्रशोधित तेल धेरै निर्यात भएको जानकारी दिए । ‘व्यवसायीले भटमासको कच्चा तेल ल्याएर प्रशोधित गरेर फेरि विदेशी मुलुकमा निर्यात गरेको देखिन्छ’, उनले भने ।वीरगञ्ज नाका हुँदै चालु आवको ११ मह
विराटनगर, असार —२०मोरङ चेम्बर अफ कमर्सले उद्योग संगठन मोरङ विराटनगरका नव निर्वाचित पदाधिकारीहरूलाई एक विशेष समारोहका बीच स्वागत तथा सम्मान गरेको छ।उक्त कार्यक्रममा नव निर्वाचित अध्यक्ष नन्दकिशोर राठी, प्रथम उपाध्यक्ष भोलेश्वर दुलाल, उपाध्यक्षहरू सुरेन्द्र गोल्छा र विपिन कावरा, कोषाध्यक्ष पारस लुनिया तथा अन्य कार्यसमिति सदस्यहरूलाई सम्मान गरियो।कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश चेम्बर अफ कमर्सका अध्यक्ष सुरेश कुमार श्रेष्ठले दुबै संस्थाबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्दै साझा उद्देश्यका लागि हातेमालो गर्दै अघि बढ्नुपर्नेमा जोड दिनुभयो। उहाँले "संगठित संस्थाहरूबीचको सहकार्यले मात्र व्
वीरगञ्ज । स्रोत नखुलेको २८ लाख २८ हजार हुण्डीको रकमसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पर्सा प्रहरीका प्रवक्ता किशोर लम्सालका अनुसार हुण्डी कारोबारमा संलग्न रहेको आशङ्कामा पकाहामैनपुर गाउँपालिका–२ का अनिल वर्णवालाई नौ लाख ४७ हजारसहित र वीरगञ्ज महानगर आर्दशनगरबाट र वडा नं ३ का विनितकुमार श्रीवास्तवलाई १५ लाख ८१ हजारसहित पक्राउ गरिएको हो । त्यसैगरी, बाराको परवानीपुर गाउँपालिका–४ का स्थायी बासिन्दा दीपककुमार सोनारलाई तीन लाखसहित पक्राउ गरिएको हो । अभियुक्तहरूलाई मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ को (क) बमोजिम (हुण्डीसम्बन्धी कारोबार गर्न नहुने) कसुरमा जिल्ला अदालतबाट पाँच दिनको
दाङ । यहाँको एक कृषि सहकारीले मेवाखेतीबाट राम्रो आम्दानी गर्दै आएकोे छ । घोराही उपमहानगरपालिका–४ गोग्लीमा रहेको बलिदान कृषि सहकारी संस्थाले मेवाका बिरुवा र फल बिक्री गरेर आम्दानीसँगै आफ्ना सदस्यलाई रोजगारी दिँदै आएको छ । सहकारीले नौ कट्ठा जग्गा भाडामा लिएर विगत तीन वर्षअघि देखि व्यावसायिक रूपमा रेड लेडी जातको मेवाखेती सुरु गरेको थियो । उक्त जग्गाको वार्षिक ३६ हजार भाडा तिर्ने गरिएको सहकारीका व्यवस्थापक स्यानु चौधरीले बताउनुभयो । सहकारीले हालसम्म मेवाका बिरुवा बिक्रीबाट ५० हजार र पाकेको फल बिक्री गरेर दुई लाख आम्दानी गर्न सफल भएको सहकारीका व्यवस्थापक चौधरीले बताउनुभयो । मेवा बिक्रीबाट
वीरगञ्ज । सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वाटर पर्साले चालु आर्थिक वर्षको ११ महिनामा ३८ करोड २७ लाख ७९ हजार आठ सय ९० मूल्य पर्ने भन्सार छली तथा बिलबीजक नभएको सामान बरामद गरेको छ । सीमा सुरक्षामा खटिने सशस्त्र प्रहरीले सक्रियता बढाएसँगै गत आर्थिक वर्षको १२ महिनाको तुलनामा चालु आवको असार १० गतेसम्मको अवधिमा भने तीन करोड ९० लाख ४४ हजार छ सय ६ मूल्य पर्ने भन्सारछली तथा बिलबीजक नभएका सामान बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणका गणपति राधेश्याम धिमालले गत आव भरिको तुलनामा चालु आर्थिक वर्षको ११ महिना १० दिनको अवधिमा भन्सार छली गरेर भित्राइने वस्तु तथा सामानको बरामद उ
मोरङ -धान रोपाइँको मुख्य सिजन चलिरहेका बेला मोरङ जिल्लाका किसानहरू अत्यावश्यक मलखादको अभावसँग जुझ्न बाध्य भएका छन्।कृषिमा उन्नति, आत्मनिर्भरता र समृद्धिको नारासहित अघि बढिरहेको सरकारका लागि लाजमर्दो परिस्थिति बनेको छ — अन्न भण्डारको रूपमा चिनिने मोरङमै किसानहरू डिएपी र युरियाको अभावमा रोपाइँ रोक्न बाध्य भएका छन्।यही विषयलाई लिएर नेपाल किसान महासंघ, जिल्ला कार्यसमिति मोरङ ले कृषि सामग्री कम्पनी लिमिटेड, कोशी प्रदेश कार्यालय विराटनगर को गम्भीर ध्यानाकर्षण गराएको छ।महासंघका अध्यक्ष बसन्त होमागाई को नेतृत्वमा बुझाइएको ध्यानाकर्षण पत्रमा भनिएको छ, "मलखादको समयमा आपूर्ति नहुँदा बालीको उत्पादन घट्ने
बुढीगंगा गाउँपालिकाले सार्वजनिक गर्यो आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रमचालू आर्थिक वर्षका लागि कुल ७६ करोड ३० लाख ९३ हजार रुपैयाँको बजेट विनियोजन गरिएको छ।बुढीगंगा गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। गाउँपालिकाको सोह्रौं गाउँसभा अधिवेशनमार्फत गाउँपालिका अध्यक्ष जितनारायण थापा मगरले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै जनताप्रति उत्तरदायी, पारदर्शी र समावेशी स्थानीय शासन प्रणालीलाई अघि बढाउने प्रतिबद्धता जनाएका छन्।पालिका स्रोत अनुसार चालू आर्थिक वर्षका लागि कुल ७६ करोड ३० लाख ९३ हजार रुपैयाँको बजेट विनियोजन गरिएको छ। बजेटलाई कृषि, पर्यटन, युवा तथ
विराटनगर- स्थित महेन्द्र माध्यमिक विद्यालयमा सहकारी प्रणालीबारे जागरूकता अभिवृद्धि गर्ने उद्देश्यले एकदिने सचेतना कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम विराट टाइम्स मिडिया प्रा.लि. को आयोजनामा तथा कृषि, उद्योग तथा सहकारी मन्त्रालय, कोशी प्रदेशको आर्थिक सहयोगमा सम्पन्न भएको हो।कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरेर आयोजित कार्यक्रममार्फत सहकारीको महत्व, उद्देश्य, संरचना तथा यसले समाजमा पुर्याउने सकारात्मक प्रभावबारे विस्तृत जानकारी प्रदान गरियो।कार्यक्रममा प्रशिक्षक अबिनाश निधि, मोहन ढकाल र गोपाल पोखरेलले सहकार्य, पारदर्शिता, आत्मनिर्भरता र आर्थिक समृद्धिमा सहकारीको भूमिकाबारे प्र