वीरगन्ज । पर्साको वीरगन्ज नाका हुँदै चालु आर्थिक वर्षको ११ महिनामा एक अर्ब ८४ करोड २३ लाख मूल्य पर्ने साना–ठूला दुई हजार ३ सय ८५ विद्युतीय सवारीसाधन आयात भएका छन्। वीरगञ्ज भन्सार कार्यालयले चालु आवमा विद्युतीय सवारी साधनको आयातबाट एक अर्ब ८४ करोड २७ लाख राजस्व संकलन गरेको जनाएको छ।वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले चालु आवमा विद्युतीय सवारीसाधनको आयात बढेको बताए । ‘यो नाका हुँदै विद्युतीयभन्दा पनि इन्धनबाट चल्ने धेरै सवारीसाधन आयात हुने गर्छ,’ उनले भने, ‘विद्युतीय सवारीसाधनको आयात पनि औसतमा सन्तोषजनक नै छ।’चालु आवको ११ महिनामा ५० किलोवाट क्षमताका २७ करोड ११ ला
इटहरी -बजाज अटो सिटी इटहरीले इटहरी मिलनचोक बुढीखोला छेउमा असार ८ गतेदेखि १३ गतेसम्म ‘बजाज ग्रान्ड एक्सचेन्ज मेला’ आयोजना गर्ने भएको छ। पुरानो बाइक एक्सचेन्ज गर्ने, थोरै कागजातमा नयाँ बाइक किन्ने अवसर यस मेलामा प्रदान गरिनेछ।मेला अवधिभर ग्राहकहरूले केवल नागरिकताको आधारमा बजाज बाइक किस्ताबन्दीमा सजिलै फाइनान्स गर्न सक्नेछन्। कम्पनीले शून्य सर्भिस चार्ज, अन द स्पट लोन, १० हजार रुपैयाँसम्मको बोनस भ्यालुएसन, निःशुल्क एसेसरिज, र विशेष छुट जस्ता सुविधा समेटिएको योजना सार्वजनिक गरेको हो।पुरानो बाइकको उचित मूल्याङ्कन गर्न अनुभवी भ्यालुएटरको टोली मेला स्थलमै रहनेछ, जसले जुनसुकै कम्पनीका बाइक तथा स्कुटरक
भोजपुर । कोरियाबाट फर्केर रामप्रसाद राई गाउँपालिका–८ का रेवतीरमण थापा कृषि व्यवसायमा लागेका छन् । वैदेशिक रोजगारीको सिलसिलामा १० वर्ष कोरियामा बिताएका थापा व्यावसायिक खुर्सानीखेतीमा जु६ेका हुन् ।भोजपुर नगरपालिका–१२ टक्सारमा ४० रोपनी जग्गा भाडामा लिएर व्यावसायिक कृषि गरिरहेको थापाले बताए । कोरियामा देखेको खेती प्रविधिको सीपलाई उपयोग गर्दै यहाँ नै व्यावसायिक अकबरे खुसार्नीखेती गरिरहेको उनको भनाइ छ । आफूले भाडामा लिएको जमिनमा १० हजार अकबरे खुर्सानीका बिरुवा विस्तार गरेको उनले जानकारी दिए ।‘वैदेशिक रोजगारीको सिलसिलामा १० वर्ष कोरियामा बिताए’, कृषक थापाले भने, ‘त्यहाँ मेरो कमाइ राम्रै थियो, तर
पर्सा । वीरगञ्ज भन्सार कार्यालयले चालु आवको ११ महिनामा रु एक खर्ब ५८ अर्ब ६० करोड ४३ लाख राजस्व संकलन गरेको छ। कार्यालयले सो अवधिमा कूल वार्षिक लक्ष्यको ७९ दशमलव प्रतिशत राजस्व संकलन गरेको हो ।कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले आगामी आर्थिक वर्षको बजेटले उत्साह जगाएकाले पनि जेठ महिनामा राजस्व संकलन उत्साहप्रथ रहेको जानकारी दिए। ‘विगत ११ महिनाको तथ्याङ्क केलाउदा जेठ महिनामा सबैभन्दा धेरै राजस्व संकलन भएको छ’,’ उनले भने, ‘राजस्व संकलनमा सबैभन्दा ठूलो हिस्सा पेट्रोलियम पदार्थ र सवारीसाधनको आयात रहेको छ।’कार्यालयले साउनमा रु १२ अर्ब १५ करोड, भदौमा रु १३ अर्ब ४२ करोड, असोजमा रु १
इटहरी । काेशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/२०८३ का लागि ३५ अर्ब ८७ करोड १९ लाख रूपैयाँकाे बजेट ल्याएकाे छ। कुल विनियोजन बजेटमध्ये चालु तर्फ १८ अर्ब ६७ करोड ३३ लाख अर्थात् ५२ प्रतिशत, पुँजीगत तर्फ १७ अर्ब १० करोड ६५ लाख अर्थात् ४७.७ प्रतिशत र वित्तीय व्यवस्थापन तर्फ रु. १० करोड अर्थात् ०.३ प्रतिशत रहेको छ।यो अनुमान चालु आर्थिक वर्षको विनियोजनको तुलनामा १.७ प्रतिशतले बढी र संशोधित अनुमानको तुलनामा १२ प्रतिशतले बढी रहेको छ। कुल विनियोजनमा स्थानीय तहमा वित्तीय हस्तान्तरण तर्फ रु. ४ अर्ब ७० करोड ७२ लाख रहेको छ।आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोत मध्ये प्रदेश स
विराटनगर –उद्योग संगठन मोरङको ५२औं साधारण सभाले नन्दकिशोर राठीलाई आगामी दुई वर्षका लागि अध्यक्षमा निर्वाचित गरेको छ। राठी नेतृत्वमा कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको हो।संगठनको वरिष्ठ उपाध्यक्षमा भोलेश्वर दुलाल, प्रथम उपाध्यक्षमा सुरेन्द्र गोल्छा, द्वितीय उपाध्यक्षमा विपिन काबरा र तृतीय उपाध्यक्षमा सुबोध कोइराला चयन भएका छन्। त्यस्तै, कोषाध्यक्षमा पारस लुनियाँ निर्वाचित भएका छन्।नवगठित कार्यसमितिमा सदस्यहरूका रूपमा दीपककुमार अग्रवाल, जयेन्द्रकुमार शर्मा, सन्तोषकुमार भगत, सिद्धार्थ काबरा, सृजन प्याकुरेल, उकेश अग्रवाल, सौरभ शारडा र वीरेन्द्र राठी चयन भएका छन्।उद्योग संगठन मोरङ कोशी प्रदेशको सब
इटहरी डेस्क । व्यापारमा बढ्दो तनाव र नीतिसम्बन्धी अनिश्चितताका कारण विश्व बैंकले विश्व अर्थतन्त्रको वृद्धिदरसम्बन्धी पूर्वानुमानमा कटौती गरेको जानकारी गराएको छ। विश्व बैंकद्वारा मंगलबार सार्वजनिक गरिएको ‘विश्व आर्थिक दृष्टिकोण’ प्रतिवेदन अनुसार, हाल देखिएको अस्थिर अवस्थाले विश्वका करिब ७० प्रतिशत अर्थतन्त्रहरूमा वृद्धिदर घटाउने प्रभाव पारेको छ, जसमा सबै भू–भाग र आम्दानी वर्ग समावेश छन्।प्रतिवेदनअनुसार, सन् २०२५ का लागि विश्व आर्थिक वृद्धिदर २.७ प्रतिशतबाट घटाएर २.३ प्रतिशत बनाइएको छ । यस्तै, सन् २०२६ का लागि यो दर २.७ प्रतिशतबाट घटाएर २.४ प्रतिशतमा ल्याइएको छ । विकसित देशहरूमा आगामी वर्ष १.२ प
विराटनगर, ।विराटनगर–७ मा अवस्थित सामाजिक संस्था **‘हाम्रो प्रयास’**को आयोजनामा नुहाउने अर्गानिक साबुन, सर्फ, लिक्विड झोल, फिनेल र ह्याण्डवास (हर्पिक) बनाउने एक साताको सीपमूलक तालिम सुरु भएको छ।विराटनगर महानगरपालिका वडा नं. १ को सहकार्यमा आयोजना गरिएको तालिमको उद्घाटन वडा कार्यालय भवनमै जेठ २१ गते एक विशेष कार्यक्रमबीच गरिएको हो। तालिम जेठ २१ देखि २७ गतेसम्म सञ्चालन हुनेछ।तालिमको उद्घाटन प्रमुख अतिथि वडा नं. १ का अध्यक्ष काजी बहादुर बस्नेतले पञ्चदीप प्रज्वलन गरेर गरेका थिए। उनले सहभागीहरूलाई सीप सिकेर स्वरोजगार बन्न प्रेरित गर्दै भने, “यो तालिम केवल प्रमाणपत्रका लागि होइन, तपाईंहरूले सिकेको कुर
पर्सा । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको १० महिनामा रु पाँच खर्ब छ अर्ब ६७ करोड मूल्यका वस्तु तथा सामान भित्रिएका छन् । आव २०८०/८१ को १० महिनाको तुलनामा चालु आवको सोही अवधिमा नाका हुँदै भित्रिने समानको हिस्सा १२ दशमलव ७५ अर्थात् रु ५७ अर्ब ३० करोड बढी मूल्यका वस्तु तथा सामान यहाँ भित्रिएका छन्।चालु आवको १० महिनामा यो नाका हुँदै सबैभन्दा धेरै आयात हुनेमा पेट्रोलियम पदार्थको हिस्सा रहेको छ। पाँच थरिका पेट्रोलियम पदार्थमात्र रु एक खर्ब ५५ अर्ब ९४ करोडको भित्रिएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ । वीरगञ्ज नाका हुँदै दोस्रो धेरै आयात हुने वस्तुमा भने भटमासको कच्चा तेल रहेको छ। जसको हिस
चितवन । लामो समयदेखि लागत मूल्यभन्दा सस्तोमा अण्डा बिक्री गर्दै आएका किसानले मूल्य बढेसँगै राहत महसुस गरेका छन्। उच्च गर्मीका कारण उत्पादन घट्दा माग बढेर मूल्य बढेको हो। नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन मूल्य तोक्दै आएको छ।आजदेखि लागू हुनेगरी एक्सएल अण्डा प्रतिक्रेट (३० वटा) को रू ४८० फार्म मूल्य तोकेको छ। यस्तै ठूलो अण्डा रू ४६५ र मझौला रू ४३५ तोकिएको छ। यसअघिको भन्दा प्रतिक्रेटमा रू १५ बढेको हो। यो हिसाबले किसानले प्रतिगोटा अण्डाको मूल्य १५ रुपैँया ५ पैसा प्राप्त गरेका छन् । संघका अध्यक्ष विनोद पोखरेलका अनुसार किसानको लागत मूल्य प्रतिगोटा १६ रुपैँया ५६ पैसा पर्न आउँछ। उनले