विराटनगर, चैत्र १८ - सोमबार साँझ ४ बजे पुष्पलाल चौकबाट बृहत मोटरसाइकल र्याली निकालिएको थियो। र्याली पुष्पलाल चोकबाट सुरु भएर रोडशेष चोकमा समापन भएको थियो। र्यालीका सहभागीहरूले उत्साहजनक समर्थन देखाएका थिए।र्यालीको समापन समारोहमा प्रमुख वक्ताहरूको रूपमा र्याली योजना समिति संयोजक उमेश गुरु, मुख्य समारोह समिति संयोजक डिल्ली पोखरेल र राष्ट्रिय सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष रमेश पोखरेल ले सम्बोधन गरे।माधव अधिकारी, जिल्ला बहुउद्देश्यीय सहकारी संघ लि. मोरङका अध्यक्ष, ले र्यालीमा ६०० भन्दा बढी सहभागिता रहेको जानकारी दिनुभयो।६८ औं राष्ट्रिय सहकारी दिवस-२०८१ वर्षको राष्ट्रिय सहकारी दिवस २०८१ को मुख्य
बेहुलीको जुत्ता र चप्पल बनाउने तालिम सम्पन्न.. विराटनगर, चैत्र १६ – हाम्रो प्रयास संस्थाको आयोजनामा बेहुलीको जुत्ता र चप्पल बनाउने तालिम सफलतापूर्वक सम्पन्न भएको छ। विराटनगर महानगरपालिका वडा नं. ७ मा चैत्र ९ देखि १५ गतेसम्म सञ्चालित उक्त तालिममा १० जना सहभागी थिए सहभागी हरु लाई प्रमाणपत्र दिएको थियो।तालिमको समापन समारोहका प्रमुख अतिथि महिला पुनर जागरण मञ्चकी अध्यक्ष जेष्ठ नागरिक प्रभा आचार्य रहनुभएको थियो। कार्यक्रमका विशिष्ट अतिथि कोशी प्रदेशका पूर्व न्यायधिवक्ता रूपेश कोईराला हुनुहुन्थ्यो। साथै, सिर्जनशील समाजकी अध्यक्ष अनुपमा रिजाल पनि अतिथिका रूपमा उपस्थ
"सिप सिकौं, आत्मानिर्भर बनौं" नारासहित साझा प्रयास नेपालद्वारा १० दिने महिला उद्यमशीलता तालिम सम्पन्न..विराटनगर, चैत १४– "सिप सिकौं, आत्मानिर्भर बनौं" भन्ने नाराका साथ साझा प्रयास नेपाल (Common Effort Nepal) ले विराटनगरमा १० दिने वनस्पतीजन्य हस्तकला महिला उद्यमशीलता तालिम सम्पन्न गरेको छ। विराटनगर महानगरपालिका वडा नं. ७ को आर्थिक सहयोगमा सञ्चालन भएको तालिम चैत ३ देखि चैत १३ सम्म सञ्चालन गरिएको थियो।तालिममा सहभागी १५ महिलालाई प्रमाणपत्र प्रदान गरिएको छ। प्रशिक्षक सुनिता छाराङ्ग र पुष्पा कार्कीले सहभागी महिलाहरूलाई हस्तकला तथा वनस्पतीजन्य सामग्री उत्पादनसम्बन्धी व्यावहारिक प्रशिक्षण दिएका थिए।ता
इटहरी । नेपाली बजारमा लोकप्रिय बन्दै गएको लक्जरी एसयूभी ब्रान्ड स्काईवेलले आफ्नो व्यवसायिक विस्तार गर्दै सोमबार इटहरीमा नयाँ शाखा स्थापना गरेको छ। इटहरीको लविपुरमा आयोजित एक विशेष समारोहका बीच कोशी प्रदेशका सामाजिक विकासमन्त्री पाँचकर्ण राई (पिके) ले उक्त शाखाको औपचारिक उद्घाटन गरेका हुन्।कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री राईले जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण गर्न विद्युतीय गाडीहरू महत्वपूर्ण विकल्प बन्ने विश्वास व्यक्त गरे। उनले भने, ‘हाम्रा हिमालहरू धमिलिँदै गएका छन्, वातावरण प्रदूषित बन्दैछ। हामीले आफ्नै विद्युत उत्पादनको सदुपयोग गरी प्रदूषणरहित सहर निर्माण गर्न सक्छौँ।’ साथै, उनले आफ्न
मोरङ - नेपालमा निर्माण क्षेत्रमा आवश्यक हेभी इक्विप्मेन्टको माग बढिरहेका बेला कोमात्सु कम्पनीको नयाँ मोडल ‘पीसी २०५-१०एमजिरो’ एक्स्काभेटर सार्वजनिक गरिएको छ। मोरङको विराटचोकस्थित होटल नेपालरिका मा शुक्रबार साँझ एक कार्यक्रमका बीच यो अत्याधुनिक एक्स्काभेटरको उद्घाटन गरिएको हो।नेपालका लागि कोमात्सु हेभी इक्विप्मेन्टको आधिकारिक विक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालि र राउत कन्ट्रक्सन सर्भिसेज प्रालि द्वारा सार्वजनिक गरिएको यो एक्स्काभेटर स्याटेलाइट मोनिटरिङ प्रणाली जडान गरिएको, इन्धन खपतमा किफायती र उच्चतम कार्यक्षमता भएको कम्पनीले जनाएको छ।नेपालको भूगोलमै उपयुक्त मोडलकन्टिनेन्टल ट्रेड
इटहरी । नेपाली बजारमा सुनको मूल्यले नयाँ ऐतिहासिक ‘रेकर्ड’ बनाएको छ । अघिल्लो दिन मंगलबार तोलाको १ लाख ७५ हजार २ सय रुपैयाँ पुगेकोमा आज प्रतितोला सुनको मूल्य १ लाख ७६ हजार पुगेको छ।नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुन १ लाख ७६ हजार रुपैयाँमा कारोबार भइरहेको जनाएको छ । सुनको भाउ भने सामान्य घटेको छ । आज ५ रुपैयाँले घटेर चाँदी प्रतितोला २ हजार ४५ रुपैयाँ कायम भएको छ । मंगलबार चाँदी तोलाको २ हजार ५० रुपैयाँमा कारोबार भएको थियो ।
इटहरी । सेयरबजार आज पनि घटेको छ। सूचक र कारोबार रकम दुवै घटेका हुन्। मंगलबार कुल ४ अर्ब ३४ करोड ६६ लाखको सेयर खरिदबिक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। ८२ लाख ३७ हजार कित्ता बिक्रीपछि उक्त कारोबार भएको हो। यो साताको सुरुदेखि नै लगातार गिरावट आइरहेको छ। आजको कारोबारमा ८६ वटा सेयराको मूल्य बढेको छ भने १५२ वटाको घटेको र ५ वटाको अघिल्लो मूल्यमै कारोबार भएको छ। आज मिथिला लघुवित्तका सेयरधनीले सबैभन्दा धेरै ९.९६ प्रतिशत आम्दानी गर्दा हिमालयन पावर पार्टनर र अपरसोलु हाइड्रोका लगानीकर्ताले पनि कमाएका छन्। गिरावट व्यहोर्नेमा भने सामुदायिक लघुवित्त, राप्ति हाइड्रोलगायत छन्। आज पनि हिमालयन
बिराटनगर – नेपालका लागि निसान गाडीको आधिकारिक वितरक पायोनियर मोटो कर्प प्रा.लि. को बिराटनगर शाखाले सोमबार निसान म्याग्नाइटको नयाँ फेसलिफ्ट संस्करण सार्वजनिक गरेको छ। यो नयाँ संस्करण अझ 'बोल्डर' डिजाइन, उत्कृष्ट सुरक्षा सुविधाहरू, तथा अत्याधुनिक प्रविधिसहित प्रस्तुत गरिएको छ।नयाँ म्याग्नाइटको प्रारम्भिक मूल्य रू. ३४.७५ लाख तोकिएको छ भने यसको उच्च भेरियन्टको मूल्य रू. ५२.९९ लाखसम्म पर्न जान्छ। यस संस्करणमा 'भिजिया', 'एक्सेन्टा', 'एन-कनेक्टा', र 'टेक्ना-प्लस' गरी चार भेरियन्ट उपलब्ध छन्। गाडीमा कुल १३ प्रकारका कन्फिगरेसनहरू रहेका छन्, जसमा 'टर्बो-पेट्रोल' र 'नेचुरली एस्पिरेटेड इञ्जिन' विकल्प उपलब
फिदिम । पूर्वी पहाडी जिल्ला पाँचथरको फिदिममा एभरेष्ट बैंक लिमिटेडले आफ्नो शाखा कार्यालय स्थापना गरेको छ। फिदिम बजारस्थित हस्पिटल चोकमा सञ्चालनमा आएको शाखाले गत पुष महिनादेखि नै सेवा प्रदान गरिरहेको भए पनि औपचारिक रूपमा सेवा शुभारम्भ बिहीबार मात्र गरिएको हो।फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्लेले औपचारिक कार्यक्रमबीच रिबन काटेर बैंकको उद्घाटन गरे। उद्घाटन समारोहमा प्रमुख अतिथि रहेका मेयर काफ्लेले बैंकले उपभोक्ताका आवश्यकताहरूलाई प्राथमिकतामा राखेर सेवा प्रवाह गर्नुपर्नेमा जोड दिए। साथै, उनले जिल्लामा शाखा कार्यालय विस्तार गरेकोमा बैंकलाई धन्यवाद दिँदै बैंकको सेवा लाभदायी हुने विश्वा
विराटनगर – विराटनगरमा उद्योग संगठन मोरङको आयोजनामा विराट एक्स्पो २०२५ सुरु भएको छ। विराटनगर–१४ स्थित डिग्री क्याम्पसको मैदानमा आयोजना गरिएको एक्स्पो माघ २० गतेसम्म चल्नेछ। संघीय सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले एक्स्पोको उद्घाटन गर्दै यसले देशको अर्थतन्त्र चलायमान बनाउने विश्वास व्यक्त गरे।उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरानाले पूर्वमा दक्ष जनशक्तिको अभाव र उच्च राजस्व दरका कारण विदेशी लगानी रोकिएको र उद्योगहरू प्रतिस्पर्धामा पछि परेको बताए। नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले बढी आयात हुने वस्तुहरूमा भन्सार दर वृद्धि गरि स्वदेशी उद्योगला