भद्रपुर । विर्तामोडस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ५० हजार क्विन्टल धान खरिद गर्ने भएको छ । कम्पनीका कार्यालय प्रमुख चुलमाया लोवाका अनुसार पहिलो चरणमा १५ हजार क्विन्टल सोनामन्सुली र पाँच हजार क्विन्टल रञ्जितमन्सुली धान खरिद गर्न लागिएको हो ।“कम्पनीले धानको समर्थन मूल्य प्रति क्विन्टल रु तीन हजार पँच सय ८० दशमलव ६२ तोकेको छ”, उहाँले भन्नुभयो, “कम्पनीले तोकेको मूल्य बजार भाउभन्दा माथि रहेकाले किसानले धान बिक्री गर्नेछन् ।”तीन लाख ८५ हजार मेट्रिक टन धान उत्पादनझापामा यो वर्ष तीन लाख ८५ हजार एक सय ९६ दशमलव पाँच मेट्रिक टन धान उत्पादन भएको छ । धान लगाइएको क्षेत्रफल घटे पनि उत्पादन
इटहरी । आज सुनचाँदीकै मूल्य बढेको छ। बिहीबार घटेको सुनचाँदीकै मूल्य आज बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।बिहीबार प्रतितोला तीनसय रुपैयाँले घटेको सुनको मूल्य आज प्रतितोला एक हजार ६ सय रुपैयाँले बढेको हो।आज सुनको मूल्य तोलाको एक लाख ५० हजार नौसय रुपैयाँ निर्धारण भएको छ। हिजो सुनको मूल्य तोलाको एक लाख ४९ हजार तीनसय रुपैयाँ थियो। गएको सोमबार एकैदिन सुनको मूल्य तोलामा १५ हजार नौसय र मंगलबार दुई हजार ६ सय रुपैयाँ घटेको थियो।आज चाँदीको मूल्य पनि प्रतितोला ४५ रुपैयाँ बढेको छ। आज चाँदीको मूल्य प्रतितोला एक हजार आठसय ४५ रुपैयाँ निर्धारण भएको छ। हिजो चाँदी तोलाको एक हजार आठसय रुपैयाँ थ
इटहरी । नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठलाई सेयरबजारले स्वागत गरेको छ।११ महिनापछि नियामक निकायले अध्यक्ष पाएपछिको पहिलो कारोबार दिनमा नेप्से सूचक दोहोरो अंकले बढेर बजार हरियाली बनेको हो। मंगलबार नेप्से ३३.४१ अंकले बढे २७१६.६६ अंकमा बन्द भएको हो। यो दिन सबै समूहको उपसूचकहरु बढेर बजारमा हरियाली छाएको छ। कारोबार सुरु भएसँगै बढ्न थालेको बजारले दिनभर सम्हालिँदो उतारचढाव देखाएको थियो। फलत: कारोबारमा आएका ३१२ वटा धितोपत्रमध्ये २१० वटा धितोपत्रको मूल्य बढेको छ। बाँकी ३३ वटा धितोपत्रको भने आज मूल्य घट्न पुगेको छ।बढ्नेमा सपोर्ट माइक्रोफाइनान्स, युनाइटेड आईडीआई
इटहरी । सुनको मूल्यमा आज उच्च गिरावट आएको छ। सोमबार एकैदिन तोलामा १५ हजार नौसय रुपैयाँले घटेको सुनको मूल्य आज पनि दुई हजार ६ सय रुपैयाँ घटेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य एक लाख ४८ हजार सातसय रुपैयाँ कायम भएको छ।हिजो सुनको मूल्य तोलाको एक लाख ५१ हजार तीनसय रुपैयाँ थियो। गएको आइतबार सुनको मूल्य एक लाख ६७ हजार दुईसय रुपैयाँ थियो। सरकारले सुनको भन्सारदर २० प्रतिशतबाट घटाएर १० प्रतिशतमा झारेपछि सुनको भाउ दुई दिनमै १८ हजार पाँचसय रुपैयाँ घटेको छ।चालु आर्थिक वर्षमा सुनको आयात घटेपछि चोरी पैठारीबाट सुन आउन थालेको अनुमान गरेर सरकारले भन्सारदर घटाएको हो। गत कात्तिक १५ गते स
इटहरी । सरकारले सुनको आयातमा लाग्ने भन्सार महसुल दर घटाएको छ । भारतमा सुनको भन्सार महसुल थोरै रहेका कारण नेपालमा चोरी तस्करी बढ्ने आशंकासहित भन्सार महसुल घटाइएको हो । नेपालमा भन्दा भारतमा सुनको मूल्य प्रतितोला २० हजार हाराहारी सस्तो पर्ने व्यवसायीहरुले बताएका छन् ।सरकारले सुनको भन्सार दर २० प्रतिशतबाट १० प्रतिशतमा झार्ने निर्णय गरेको हो । चाँदीको भन्सार महसुल दर १५ प्रतिशतबाट १० प्रतिशतमा झारिएको छ । योसँगै बजारमा सुन र चाँदीको मूल्य घट्ने छ । यसअघि सरकारले गत जेठको बजेटमार्फत सुनको भन्सार महसुल दर १५ प्रतिशतबाट २० प्रतिशत पुर्याएको थियो ।सुनको भन्सार दर २० प्रतिशतबाट १० प्रतिशतमा झार्ने मन्त
विराटनगर -आन्तरिक राजस्व कार्यालय विराटनगरले १३औं राष्ट्रिय कर दिवस एवं कर सप्ताहको समापन समारोह भव्य रूपमा सम्पन्न गरेको छ। कर दिवसको अवसरमा आयोजित कार्यक्रममा **एम.ए.डब्लु हायर पर्चेज प्रा.लि.**लाई उत्कृष्ट करदाता सम्मान प्रदान गरिएको छ। विराटनगर र काठमाडौंमा कार्यालय रहेको यस कम्पनीले आर्थिक वर्ष २०७९/०८० मा २ करोड ४६ लाख ९३ हजार ६ सय ६६ रुपैयाँ कर तिरेको थियो। नेपाल राष्ट्र बैंकद्वारा वित्तीय हायर पर्चेज कारोबारका लागि मान्यता प्राप्त यो कम्पनीलाई आन्तरिक राजस्व कार्यालय विराटनगरका प्रमुख कर अधिकृत भुपालराज शाक्य र प्रमुख अतिथि मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले प्रमाण–पत्र
विराटनगर, मोरङ – मोरङ चेम्बर अफ कमर्सको आयोजनामा श्रम, रोजगार, र उद्यम प्रवर्द्धनसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। रोजगार सूचना केन्द्र, सामाजिक विकास मन्त्रालय, र कोशी प्रदेश सरकारको संयोजनमा आयोजित यस कार्यक्रमको उद्देश्य "श्रम संसार वेब पोर्टल" को प्रवर्द्धन गर्दै रोजगारी र उद्यमशीलता क्षेत्रलाई एकीकृत गर्ने रहेको थियो।कार्यक्रमको अध्यक्षता मोरङ चेम्बर अफ कमर्सका अध्यक्ष यादव पोखरेलले गरेका थिए। महासचिव कृष्णप्रसाद दाहाल, सदस्यहरू घनश्याम काभरा, उर्मिला थापा, र सामुदायिक प्रहरी सेवाका कोषाध्यक्ष सन्तोष वायहेतीलगायतको उपस्थिति रहेको कार्यक्रममा रोजगार तथा उद्यमशीलताका अवसरहरूबार
झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) ले ११ करोड ४३ लाख ६१ हजार बराबरको चिया भारत निर्यात गरेको छ । संस्थाले तीन लाख ६४ हजार ४४ केजी तयारी चिया निर्यातबाट उक्त रकम आर्जन गरेको हो ।‘गुणस्तरीय चिया उत्पादनमा जोड दिइरहेका छौँ । चियाखेती गर्ने किसान हाम्रो सहकारीका सदस्य हुनुहुन्छ । चियाखेती किसानहरूले गर्नुहुन्छ, हामी पत्ती किनेर तयारी चिया उत्पादन गर्छौं’, संस्थाका व्यवसाय प्रमुख रवीन्द्र पाण्डेले भने ।इलामको सूर्योदय–१, माइजोगमाई–१ र झापाको मेचीनगर–५ मा संस्थाले तीनवटा चिया प्रशोधन कारखाना सञ्चालनमा ल्याएको छ ।इलाममा उत्पादित चियालाई उपभोक्ताले रुचाएकाले त्यहाँ उत्पादित हरियोपत
इटहरी । नेपाली बजारमा सुनको भाउ फेरि निरन्तर उकालो लागिरहेको छ । आज (बिहीबार) एक हजार रुपैयाँले बढेर प्रतितोला सुनको मूल्य एक लाख ६४ हजार रुपैयाँ पुगेको छ । अघिल्लो दिन बुधबार प्रतितोलामा ९०० रुपैयाँले बढेको थियो । त्यसअघि मंगलबार तोलामा १ हजार १०० रुपैयाँले बढेको थियो ।नेपाल सुन– चाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुन १ लाख ६४ हजार रुपैयाँमा कारोबार भइरहेको छ । महासंघका अनुसार आज चाँदीको भाउ भने सामान्य घटेको छ । चाँदी ५ रुपैयाँले घटेर प्रतितोला चाँदी १ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ । विवाहको सिजन सुरु भएसँगै नेपाली बजारमा सुनको भाउ पनि उकालो लाग्न थालेको छ।
झापा । नेपाल एभरेस्ट कार्डामम प्रोडक्सन एण्ड प्रोसेसिङ प्रालिले बिर्तामोड–४ मा अलैँची प्रशोधन उद्योग स्थापना गरेको छ । लामो समयदेखि अलैँची निर्यात व्यवसायमा संलग्न ओमकृष्ण बिमली र पार्वता बिमलीको लगानीमा उद्योगले एभरेस्ट ब्राण्डमा विभिन्न अलैँचीजन्य मसला उत्पादन गरी तेस्रो मुलुकसम्म निर्यात गर्ने लक्ष्य लिएको छ ।कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारीमन्त्री खगेनसिंह हाङगामले सोमबार उद्योगको उद्घाटन गर्दै नेपालको अलैँचीलाई प्रशोधन गरी नेपालकै ब्राण्डबाट विश्व बजारमा पुर्याउने कार्यमा प्रदेश सरकारले सहयोग पुर्याउने बताए ।उनले पूर्वी पहाडमा खोल्साको सुन भनेर परिचित अलैँचीको विश्व बजारमा उच्