इटहरी । नासा सेक्युरिटिज ब्रोकर नम्बर ५८ ले लगानीकर्ताहरूका लागि अत्याधुनिक प्रविधि सहितको नयाँ सुविधा ‘आफ्टर मार्केट अर्डर’ शुरु गरेको जनाएको छ ।कम्पनीले आफ्नो नासा एक्स टिएमएस प्लेटफर्म मार्फत यो सेवा बैशाख ११ गते शुक्रबारदेखि कार्यान्वयनमा ल्याएको जनाएको छ । अब लगानीकर्ताहरू नियमित कारोबार समयको सीमाभित्र मात्र नरही बजार नखुलेको समयमा पनि शेयर किनबेचका लागि अर्डर गर्न मिल्ने भएको जनाइएको छ ।खरीद वा बिक्री आदेश दिँदा उक्त दिनको अन्तिम कारोबार मूल्यको १५ प्रतिशत तल वा माथिको सीमा भित्र बसेर दिन मिल्ने र बजार खुलेपछि कार्यान्वयन नभएमा (म्याचिङ नभएमा) सो आदेश स्वतः खारेज हुने बताइएको छ ।यो
इटहरी । गत साता नेप्से परिसूचक करिब २ प्रतिशत घटेर बन्द भएको छ । अघिल्लो साता २८३८.४० विन्दुमा बन्द भएको नेप्से गत साता १.७५ प्रतिशत अर्थात् ४९.७० अङ्क घटेर २७८८.७० विन्दुमा बन्द भएको छ ।गत साता पाँच कारोबार दिनका लागि बजार खुल्दा चार कारोबार दिन नेप्से घटेको थियो । नेप्सेसँगै गत साता कारोबार रकम पनि घटेको छ । अघिल्लो साता दैनिक औसतमा ८ अर्ब ९९ करोड रुपैयाँको शेयर खरिदबिक्री भएको बजारमा गत साता दैनिक औसतमा ५ अर्ब ८७ करोड रुपैयाँको मात्र शेयर किनबेच भएको थियो ।गत साता नेप्सेको कुल बजार पूँजीकरण पनि करिब २ प्रतिशत घटेको छ । अघिल्लो साताको अन्तिम कारोबार दिन ४८ खर्ब ४१ अर्ब रुपैयाँ रहे
इटहरी । आज सुन र चाँदी दुवैको भाउ बढेको छ । सुनको भाउ तोलामा २ हजार ७०० रुपैयाँ र चाँदीको भाउ तोलामा ५० रुपैयाँ बढेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला २ लाख ९९ हजार २०० रुपैयाँ निर्धारण भएको छ ।चाँदीको भाउ आज प्रति तोला ४ हजार ९९५ रुपैयाँ कायम भएको छ ।
इटहरी । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ५० पैसा र बिक्रीदर १५१ रुपैयाँ १० पैसा छ ।युरोपियन युरो एकको खरिददर १७६ रुपैयाँ ३६ पैसा र बिक्रीदर १७७ रुपैयाँ ७ पैसा छ ।युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०३ रुपैयाँ २३ पैसा र बिक्रीदर २०४ रुपैयाँ ४ पैसा तथा स्वीस फ्रयाङ्क एकको खरिददर १९१ रुपैयाँ ६३ पैसा र बिक्रीदर १९२ रुपैयाँ ४० पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर १०७ रुपैयाँ ६३ पैसा र बिक्रीदर १०८ रुपैयाँ ६ पैसा छ । क्यानेडियन डलर एकको खरिददर १०९ रुपैयाँ ९५ पैसा र बिक्रीदर ११० रुपैयाँ ३९ पैसा तोकिएक
इटहरी । मेन्छ्याम हाइड्रोपावर लिमिटेडको ४३ लाख कित्ता शेयरको लकइन अवधि आज बैशाख १२ गते सकिएको छ ।सो कम्पनीको ४३ लाख ७ हजार २८३ कित्ता शेयरको लकइन अवधि बैशाख १२ गते सकिएको हो । जसमा संस्थापक शेयर ३७ लाख ९८ हजार ८३ कित्ता, स्थानीय बासिन्दाहरुको शेयर ५ लाख ५ हजार ७८० कित्ता र कर्मचारीहरुको शेयर ३ हजार २४० कित्ता रहेको छ ।सञ्चालक तथा कम्पनीको व्यवस्थापकीय पदमा कार्यरत कर्मचारीहरुको हकमा नियमअनुसार शेयर रोक्का नै रहने कम्पनीले जनाएको छ ।४३ लाख कित्ता शेयर एकै पटक थपिँदा बजारमा सो कम्पनीको शेयरको बिक्री चाप पर्न सक्छ ।
इटहरी । साताको अन्तिम कारोबार दिन हिजो नेपाली शेयरबजार मापक नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचक ०.०५ प्रतिशत अर्थात् १.५४ अंकले बढेर २ हजार ७८८.७० विन्दुमा अडिएको छ ।नेप्सेमा सूचीकृत ३५१ कम्पनीको७५ हजार २२९ पटकको कारोबारमा १ करोड २१ लाख ७४ हजार ५१६ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ५ अर्ब २७ करोड ३ लाख ९९ हजार ७२७ रुपैयाँको शेयर किनबेच भएको छ ।शुक्रबार कारोबारमा आएका १३ वटा समूहमध्ये ६ वटामा हरियाली छाउँदा ७ वटा राताम्य भएका थिए । उत्पादन तथा प्रशोधन समूह सर्वाधिक अर्थात् ०.६६ प्रतिशतले बढ्दा बैंकिङ समूह ०.२२, विकास बैंक ०.२२, होटल ०.३२, हाईड्रो ०.२५ र व्यापार समूह ०.५८ प्रत
विराटचोकः आज शनिबारका लागि राष्ट्र बैङ्कले निर्धारण गरेको विदेशी मुद्राको विनिमय दरअनुसार, अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ५० पैसा र बिक्रीदर १५१ रुपैयाँ १० पैसा तोकिएको छ ।युरोपियन युरो एकको खरिददर १७६ रुपैयाँ ३६ पैसा र बिक्रीदर १७७ रुपैयाँ ७ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०३ रुपैयाँ २३ पैसा र बिक्रीदर २०४ रुपैयाँ ४ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १९१ रुपैयाँ ६३ पैसा र बिक्रीदर १९२ रुपैयाँ ४० पैसा तोकिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर १०७ रुपैयाँ ६३ पैसा र बिक्रीदर १०८ रुपैयाँ ६ पैसा, क्यानेडियन डलर एकको खरिददर १०९ रुपैयाँ ९५ पैसा र बिक्रीदर ११० रुपैयाँ ३९ पैसा, सिङ्गापुर
इटहरी । बुक बिल्डिङ निर्देशिका बमोजिम शेयर निष्काशनका लागि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सँग सम्झौता भएका कम्पनीको संख्या ७ पुगेको छ ।नेप्सेले यसअघि ५ कम्पनीको सूची सार्वजनिक गरेकोमा पुनः २ कम्पनी थपेर सूचना जारी गरेको हो । पछि थपिएकामा यति ब्रुअरी लिमिटेड र नेपाल चिया विकास निगम लिमिटेड रहेका छन् ।यसअघि जारी सूचीमा नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेज लिमिटेड, जगदम्बा स्पिनिङ्ग मिल्स लिमिटेड, टाइम फर्मास्युटिकल्स लिमिटेड, लक्ष्मी स्टील्स लिमिटेड र पूर्वाञ्चल ल्युब आयल लिमिटेड थिए ।यी कम्पनीहरूले बुक बिल्डिङ्ग विधिमार्फत योग्य संस्थागत लगानीकर्ताका लागि छुट्याइएको शेयरको सिलबन
इटहरी । आज दुई घण्टामा शेयर बजारमा २ अर्ब १४ करोड रुपैयाँको शेयर किनबेच भएको छ । बजार खुल्नासाथ हरियो देखिए पनि त्यसपछि राताम्य हुँदै २४ अंकसम्म झरेको बजार अहिले सम्हालिने क्रममा छ ।दिउँसो १ बजेसम्ममा नेप्से परिसूचक २८०० बिन्दुको आसपासमा रहेर कारोबार भइरहेको छ । पाल्पा सिमेण्ट र शिखर पावर डेभलपमेन्टको शेयरमूल्य १५ प्रतिशत बढेको छ । सूर्यकुण्ड हाइड्रोपावर र माईखोला हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक अर्थात् ६ प्रतिशत हाराहारी घटेको छ ।रिलायन्स स्पिनिङ मिल्स, होटल फरेस्ट इन, सूर्यकुण्ड हाइड्रो, सोलु हाइड्रो र आँखुखोला जलविद्युतको उच्च कारोबार भएको छ ।
इटहरी । आज सुन र चाँदी दुवैको मूल्य घटेको छ । सुनको भाउ तोलामा १ हजार ८०० रुपैयाँ र चाँदीको भाउ तोलामा ११० रुपैयाँ घटेको हो ।नेपला सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रति तोला २ लाख ९८ हजार ७०० रुपैयाँ तोकिएको छ ।चाँदीको भाउ प्रति तोला ५ हजार २० रुपैयाँ निर्धारण भएको छ ।